Trending
Prev Story
Next Story

हिमपातका कारण ६ भारतीय पर्यटक डोल्पामा सम्पर्कविहीन

Ekantipur •
October 31, 2026 • 05:31 PM
3
3 reads 0 reactions

शे–फोक्सुन्डो गाउँपालिका क्षेत्रको नुमला पास र वागला पासमा उनीहरू सम्पर्कविहीन भएको स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका छन् ।

हिमपातका कारण ६ भारतीय पर्यटक डोल्पामा सम्पर्कविहीन

शे–फोक्सुन्डो गाउँपालिका क्षेत्रको नुमला पास र वागला पासमा उनीहरू सम्पर्कविहीन भएको स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका छन् ।

काठमाडौँ — डोल्पाको शे–फोक्सुन्डो ताल भ्रमणमा निस्किएका दुई महिला र चार पुरुषसहित ६ भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन भएका छन् । शे–फोक्सुन्डो गाउँपालिका क्षेत्रको नुमला पास र वागला पासमा उनीहरू सम्पर्कविहीन भएको स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका छन् ।

नेपाल भ्रमणमा आएका उनीहरू शे–फोक्सुन्डो गाउँपालिका–८, रिग्मोस्थित फोक्सुन्डो ताल जाने क्रममा सम्पर्कविहीन भएका हुन् ।

डोल्पाका उच्च हिमाली क्षेत्रमा शनिबार हिमपात भइरहेको छ । लगातारको हिमपात र प्रतिकूल मौसमका कारण जनजीवन तथा आवागमन प्रभावित भएको छ । प्रतिकूल मौसम र हिमपातका कारण पर्यटकको खोजी गर्न कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
2h ago
आज सामान्यतया सफा रहने, भोलिदेखि उच्च भूभागमा वर्षा, हिमपात र असिना पर्न सक्ने

आज सामान्यतया सफा रहने, भोलिदेखि उच्च भूभागमा वर्षा, हिमपात र असिना पर्न सक्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टा देशका केही हिमाली तथा पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । शनिबार मौसमसम्बन्धी जानकारी दिँदै मौसमविद् निष्ठा निरौलाले...

#हिमपात
Compare →

Related Stories

World News
Build #2612