Trending
Prev Story
Next Story

विज्ञानको सीमा र आध्यात्मिक दावी

Hamro Patro News •
October 31, 2026 • 03:15 PM
3
3 reads 0 reactions

अध्यात्मवादीहरू प्रायः भन्छन्, विज्ञानले हाम्रा पाँच ज्ञानेन्द्रियले देख्न, सुन्न, छुन, सुँघ्न वा स्वाद लिन सक्ने कुराहरू मात्र बुझ्न सक्छ । तर अध्यात्मले ध्यान, जप, तपस्या र साधनामार्फत इन्द्रियभन...

1 / 2
Swipe Photos

अध्यात्मवादीहरू प्रायः भन्छन्, विज्ञानले हाम्रा पाँच ज्ञानेन्द्रियले देख्न, सुन्न, छुन, सुँघ्न वा स्वाद लिन सक्ने कुराहरू मात्र बुझ्न सक्छ । तर अध्यात्मले ध्यान, जप, तपस्या र साधनामार्फत इन्द्रियभन्दा परका सत्यहरू पनि बुझ्न सक्छ । त्यसैले विज्ञान अपुरो छ र अध्यात्म विज्ञानभन्दा माथि छ भन्ने उनीहरूको तर्क हुन्छ । यसका साथै उनीहरू हाम्रा प्राचीन शास्त्रहरूले क्वान्टम फिजिक्सदेखि ब्रह्माण्डका रहस्यसम्मका कुरा हजारौं वर्षअघि नै बुझिसकेको दाबी पनि गर्छन् ।

तर यो तर्कको आधार नै कमजोर छ । विज्ञान पाँच ज्ञानेन्द्रियले प्रत्यक्ष अनुभव गर्न सक्ने कुरामा मात्र सीमित छैन । बरु, हाम्रा इन्द्रियहरूको सीमिततालाई पार गरेर प्रकृतिका अदृश्य र सूक्ष्म पक्षहरू बुझ्ने विधि नै विज्ञान हो । हामीले आँखाले देख्ने प्रकाशका तरंगहरू वास्तवमा विद्युत् चुम्बकीय तरंगहरूको एउटा सानो अंश मात्र हुन् । पराबैजनी किरण, अवरक्त किरण, एक्स-रे, गामा किरण र रेडियो तरंगहरू हाम्रा आँखाले देख्न सक्दैनन् । त्यस्तै, मानिसले सुन्न सक्ने ध्वनिको आवृत्तिभन्दा बाहिर पनि ध्वनि तरंगहरू हुन्छन् । तर विज्ञानले यस्ता तरंगहरूको अस्तित्व पत्ता लगाएको मात्र छैन, तिनलाई नाप्ने, उत्पादन गर्ने, नियन्त्रण गर्ने र उपयोग गर्ने प्रविधिसमेत विकास गरेको छ ।

Read full story at source ( nagariknews.nagariknetwork.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
1w ago
विज्ञानको सीमा र आध्यात्मिक दावी

विज्ञानको सीमा र आध्यात्मिक दावी

विज्ञानले थाहा नभएको कुरालाई थाहा छैन भन्न पनि सक्छ । यो कमजोरी होइन, वैज्ञानिक इमानदारी हो ।

#विज्ञान #हाम्रा #ज्ञानेन्द्रिय
Compare →
Onlinekhabar
1w ago
किन आवश्यक छ मौसम विज्ञानको सबलीकरण ?

किन आवश्यक छ मौसम विज्ञानको सबलीकरण ?

जलवायु परिवर्तनका कारण तीव्र बन्दै गएको हिमाली हिमनदीको क्षयीकरण, अत्यधिक वर्षा, आकस्मिक बाढी, पहिरो, खडेरी, तापक्रम वृद्धि तथा अन्य विषम मौसमी घटनाहरूले नेपालको जनजीवन, अर्थतन्त्र, जैविक विविधता र विकास पूर्वाधारमा गम्भीर चुनौती थपिरहेका छन्। यस्तो …

#विज्ञान
Compare →

Related Stories

Technology
Build #2612