Trending
Prev Story
Next Story

उखुबारीमा मृ`त भेटिइन् १३ वर्षीया बालिका

Nagarik News •
October 22, 2026 • 11:21 AM
2
2 reads 0 reactions

वडाध्यक्ष सचिन्द्र महतोले बालिका खेतमा गएको बखत उनको उखुबारीमा मृत अवस्थामा श`व फेला परेको बताए।

उखुबारीमा मृ`त भेटिइन् १३ वर्षीया बालिका

सर्लाहीमा एक बालिकाको विभत्स रूपमा हत्या भएको अवस्थामा शव बरामद भएको छ।

जिल्लाको गोडैता नगरपालिका वडा नम्बर ६, बगदहटोलमा घाँटी रेटिएको अवस्थामा एक १३ वर्षीया बालिकाको शव फेला परेको हो। दसैँका दिन बुधबार स्थानीय लालबाबु राउतकी छोरी मौसम कुमारी राउत आफ्नै उखुबारीमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रहरी प्रवक्ता इन्सपेक्टर किशोर केसीले बुधबार बिहान करिब १० बजे उखुको पात काट्न घरबाट खेततर्फ बालिका गएकी थिइन्। साँझ स्थानीयले उनलाई उखुबारीमा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरी निरीक्षक केसीका अनुसार बालिकाको घाँटीमा धारिलो हतियारले काटेको छ। घटनाको प्रकृति हेर्दा बालिकाको हत्या गरिएको छ।

गोडैता नगरपालिका-६ का वडाध्यक्ष सचिन्द्र महतोले बालिका खेतमा गएको बखत उनको उखुबारीमा मृत अवस्थामा शव फेला परेको बताए।

घटनाबारे अनुसन्धान भइरहेको तथा मृतक बालिकाको शव पोस्टमार्टमका लागि जिल्ला सदरमुकाम मलंगवामा राखिएको प्रहरीले जनाएको छ।

प्रकाशित: ५ कार्तिक २०८३ १७:०६ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1d ago
छुट्टाछुट्टै स्थानमा ४ जना मृत फेला

छुट्टाछुट्टै स्थानमा ४ जना मृत फेला

२७ कात्तिक, काठमाडौं । सुनसरी, मोरङ, सिन्धुली र तनहुँका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार सुनसरीको इनरूवा नगरपालिका-८ खोरिया टोलस्थित बाटोको नालामा पहिचान नखुलेका अन्दाजी ३२ वर्षीय पुरूष बिहीबार मृत …

#मृत #फेला #परे
Compare →
Hamro Patro News
2d ago
सवारी दुर्घटनामा सात वर्षीया बालिकाको मृत्यु, ५ जना घाइते

सवारी दुर्घटनामा सात वर्षीया बालिकाको मृत्यु, ५ जना घाइते

इनरुवा नगरपालिका–५ बलाहामा मोटरसाइकल, स्कुटर र साइकल एकआपसमा ठोक्किँदा सात वर्षीया बालिकाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। बुधबार साँझ पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १५ प २२५७ नम्ब...

#बालिका #वर्षीया
Compare →
Ekantipur
4d ago
हेटौंडामा प्रहरी हवल्दार मृत अवस्थामा भेटिए

हेटौंडामा प्रहरी हवल्दार मृत अवस्थामा भेटिए

हेटौंडा उपमहानगरपालिका–८ ओमनगरमा एक प्रहरी हवल्दार मृत फेला परेका छन्। मंगलबार बिहान करिब साढ ४ बजे ओमनगर गेट नजिकै प्रहरी सहायक हवल्दार अर्जुन गुरुङ झुन्डिएको अवस्थामा फेला परेका हुन्।

#फेला #परे
Compare →

Related Stories

World News
Build #2612