Trending
Prev Story
Next Story

रास्वपा महामन्त्री विपिन आचार्यको नेतृत्वमा प्रतिनिधिमण्डल चीन जाने

Nagarik News •
October 31, 2026 • 01:28 PM
4
4 reads 0 reactions

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन आचार्यको नेतृत्वमा एक प्रतिनिधिमण्डल जनवादी गणतन्त्र चीनको भ्रमणमा जाने भएको छ।

रास्वपा महामन्त्री विपिन आचार्यको नेतृत्वमा प्रतिनिधिमण्डल चीन जाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन आचार्यको नेतृत्वमा एक प्रतिनिधिमण्डल जनवादी गणतन्त्र चीनको भ्रमणमा जाने भएको छ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा उक्त प्रतिनिधिमण्डल छिट्टै चीन प्रस्थान गर्न लागेको हो। पार्टी केन्द्रीय कार्यालयमा शनिबार बसेको सचिवालय बैठकमा सो भ्रमणबारे छलफल भएको प्रवक्ता जगदीश खरेलले जानकारी दिए।

यसैबिच, बैठकमा मधेस प्रदेश र केही जिल्लाहरूमा देखिएका साङ्गठनिक समस्या तथा ‘मधेस अडिट’ का सम्बन्धमा सह-महामन्त्री हरि ढकाल नेतृत्वको कार्यदलले तयार पारेको प्रतिवेदन पेस भएको छ।

उक्त प्रतिवेदनमाथि विस्तृत अध्ययन गरेपछि पार्टीले आवश्यक आगामी कदम चाल्ने निर्णय सचिवालय बैठकले गरेको प्रवक्ता खरेलले बताए।

प्रकाशित: १४ कार्तिक २०८३ १९:१३ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
महामन्त्रीकाे नेतृत्वमा रास्वपाका २० नेता किन जाँदैछन् चीन ?

महामन्त्रीकाे नेतृत्वमा रास्वपाका २० नेता किन जाँदैछन् चीन ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन कुमार आचार्यको नेतृत्वमा पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल चीन जाने भएको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त...

#नेतृत्व #चीन #रास्वपा
Compare →
Ekantipur
1d ago
रास्वपाका २० नेता चीन जाँदै, नेपालका कुरा निर्धक्क राख्न प्रधानमन्त्रीकाे सुझाव

रास्वपाका २० नेता चीन जाँदै, नेपालका कुरा निर्धक्क राख्न प्रधानमन्त्रीकाे सुझाव

रास्वपा महामन्त्री नेतृत्वमा चीन जान लागेको २० सदस्यीय संसदीय टाेलीसँग छलफल गर्दै प्रधानमन्त्री शाहले भ्रमणलाई घुमघाममा मात्रै सीमित नराखी नेपालको राष्ट्रिय हित र दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन केन्द्रित गर्न पनि निर्देशन दिएका छन् ।

#महामन्त्री #नेतृत्व #चीन
Compare →
Onlinekhabar
6h ago
चीन भ्रमणमा जानुअघि रास्वपा टोलीले भेट्यो सभापति लामिछानेलाई

चीन भ्रमणमा जानुअघि रास्वपा टोलीले भेट्यो सभापति लामिछानेलाई

२८ कात्तिक, काठमाडौं । चीन भ्रमणमा जान लागेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डलले पार्टी सभापति रवि लामिछानेसँग भेट गरेको छ । महामन्त्री विपिनकुमार आचार्य नेतृत्वको प्रतिनिधिमण्डलले शनिबार लामिछानेसँग भेट गरी चीन भ्रमणबारे छलफल …

#प्रतिनिधिमण्डल #चीन #रास्वपा
Compare →

Related Stories

Politics & Governance
Build #2612