Trending
Prev Story
Next Story

नौ लाख किसानलाई बजारसँग जोड्ने श्रीलङ्काको कृषि कार्यक्रम सुरु

Ekantipur •
October 31, 2026 • 12:32 PM
2
2 reads 0 reactions

विश्व बैंक समूह र अन्तर्राष्ट्रिय कृषि विकास कोष (आईएफएडी) को आर्थिक सहयोगमा सञ्चालन हुने ‘श्रीलङ्का एग्रीकनेक्ट’ कार्यक्रमले सन् २०३० सम्ममा नौ लाख किसानलाई कृषि उत्पादन तथा बजारको मूल्य शृङ्खलासँग जोड्ने लक्ष्य राखेको छ

नौ लाख किसानलाई बजारसँग जोड्ने श्रीलङ्काको कृषि कार्यक्रम सुरु

विश्व बैंक समूह र अन्तर्राष्ट्रिय कृषि विकास कोष (आईएफएडी) को आर्थिक सहयोगमा सञ्चालन हुने ‘श्रीलङ्का एग्रीकनेक्ट’ कार्यक्रमले सन् २०३० सम्ममा नौ लाख किसानलाई कृषि उत्पादन तथा बजारको मूल्य शृङ्खलासँग जोड्ने लक्ष्य राखेको छ

कोलम्बो — श्रीलङ्काले कृषि क्षेत्रको आधुनिकीकरण र राष्ट्रिय अर्थतन्त्रमा यसको योगदान बढाउने उद्देश्यले शुक्रबार ६६ करोड ५० लाख अमेरिकी डलरको कृषि विकास कार्यक्रम सुरु गरेको छ ।

विश्व बैंक समूह र अन्तर्राष्ट्रिय कृषि विकास कोष (आईएफएडी) को आर्थिक सहयोगमा सञ्चालन हुने ‘श्रीलङ्का एग्रीकनेक्ट’ कार्यक्रमले सन् २०३० सम्ममा नौ लाख किसानलाई कृषि उत्पादन तथा बजारको मूल्य शृङ्खलासँग जोड्ने लक्ष्य राखेको छ ।

कार्यक्रमअन्तर्गत विश्व बैंक समूहले ५५ करोड अमेरिकी डलर र आईएफएडीले ११ करोड ५० लाख अमेरिकी डलर उपलब्ध गराउनेछन् । यसका अतिरिक्त आगामी पाँच वर्षमा निजी क्षेत्रबाट थप १७ करोड अमेरिकी डलरसम्म लगानी भित्र्याउने लक्ष्य राखिएको छ ।

अधिकारीहरूका अनुसार कार्यक्रमले डिजिटल प्रविधिको प्रयोग र अन्य आधुनिकीकरणका उपायमार्फत कृषि तथा खाद्य क्षेत्रलाई जलवायु परिवर्तनका असर थेग्न सक्ने र बजारमुखी उद्योगका रूपमा विकास गर्ने लक्ष्य लिएको छ ।

कार्यक्रम शुभारम्भका अवसरमा सार्वजनिक विवरणअनुसार श्रीलङ्काको कुल गार्हस्थ उत्पादनमा कृषि तथा खाद्य क्षेत्रको योगदान करिब १५ प्रतिशत छ । त्यस्तै, वस्तु निर्यातमा यस क्षेत्रको हिस्सा ३० प्रतिशत र कुल रोजगारीमा करिब एक तिहाइ रहेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3h ago
किसानको बाहुल्यता रहे पनि विकास प्रक्रिया ढिलो भयो : नारायणमान बिजुक्छे

किसानको बाहुल्यता रहे पनि विकास प्रक्रिया ढिलो भयो : नारायणमान बिजुक्छे

काठमाडौँ- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नयाँ पुस्तालाई इतिहास, अग्रजहरूले गरेका संघर्ष र योगदानबारे जानकारी गराउनुपर्ने आवश्यकता औँल्याएका छन्। नेपाल कर्मचारी समाज इन्जिन...

#किसान #विकास
Compare →
Onlinekhabar
2d ago
पीएचडी गरेका कमलको कृषि र पर्यटनलाई जोड्ने बन्दीपुर फार्म हाउस

पीएचडी गरेका कमलको कृषि र पर्यटनलाई जोड्ने बन्दीपुर फार्म हाउस

२६ कात्तिक, तनहुँ । सहरको सुविधासम्पन्न जीवन, आफ्नै पाँचतले घर र दुई दशकभन्दा लामो जागिरे जीवन छाडेर गाउँ फर्किनु धेरैका लागि सहज निर्णय होइन। तर डा. कमल पण्डितका लागि भने सहरको भीडभाड र कोलाहलभन्दा गाउँको …

#कृषि #जोड्ने
Compare →
Nagarik News
4d ago
किसानलाई धान भण्डारणको चटारो

किसानलाई धान भण्डारणको चटारो

धानबाली भित्र्याउने चटारो बढेसँगै भोजपुरका किसानलाई यस वर्ष तिहारको रौनकभन्दा खेतीपातीको कामले बढी व्यस्त बनाएको छ।

#किसान
Compare →

Related Stories

Business & Economy
Build #2612