Trending
Prev Story
Next Story

कांग्रेसले बोलायो आकस्मिक बैठक

Ekantipur •
October 31, 2026 • 12:01 PM
3
3 reads 0 reactions

उपसभापति मधु आचार्यका अनुसार बैठकमा विशेषगरी सञ्चारगृहभित्रै प्रवेश गरेर पत्रकारलाई पक्राउ गरिएको घटनाबारे विस्तृत छलफल हुनेछ।

कांग्रेसले बोलायो आकस्मिक बैठक

उपसभापति मधु आचार्यका अनुसार बैठकमा विशेषगरी सञ्चारगृहभित्रै प्रवेश गरेर पत्रकारलाई पक्राउ गरिएको घटनाबारे विस्तृत छलफल हुनेछ।

काठमाडौँ — नेपाली कांग्रेसले आइतबारका लागि आकस्मिक केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनादेखि पार्टीको आन्तरिक कार्यविभाजन र पूर्वसभापति शेरबहादुर देउवा पक्षले गर्न लागेको समानान्तर महाधिवेशनसम्मका विषयमा बैठकमा छलफल हुने भएको छ।

उपसभापति मधु आचार्यका अनुसार बैठकमा विशेषगरी सञ्चारगृहभित्रै प्रवेश गरेर पत्रकारलाई पक्राउ गरिएको घटनाबारे विस्तृत छलफल हुनेछ। समाचार संकलन तथा प्रकाशनकै विषयलाई लिएर प्रहरीले सञ्चारगृहमा प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिएको घटनालाई कांग्रेसले गम्भीर रूपमा लिएको उनले बताए।

पत्रकार पक्राउ परेको घटनामा सरकारको भूमिका, प्रहरी परिचालनको आधार र सञ्चारगृहभित्रै प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिनुपर्ने अवस्थाबारे बैठकमा छलफल हुने आचार्यले जानकारी दिए। पक्राउ परेका पत्रकार जनदबाबपछि रिहा भए पनि पक्राउ गर्ने निर्णय कसको निर्देशनमा भयो, त्यसको जिम्मेवारी कसले लिने र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सरकारले के गर्छ भन्ने प्रश्न महत्वपूर्ण रहेको कांग्रेस नेताहरूको भनाइ छ।

बैठकमा पार्टीको केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको कार्यविभाजनका विषयमा पनि छलफल हुनेछ। १५औं महाधिवेशनबाट सभापति गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित भएपछि पार्टीका पदाधिकारीहरूको कार्यविभाजन   गर्ने तयारी छ ।

कुलचन्द्र कान्तिपुर मिडिया ग्रुपका राजनीतिक संवाददाता हुन् । उनी राजनीतिक दल, संसदीय मामिलासँग सम्बन्धित बिषयमा रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
4d ago
६ महिनामै सरकारको पारदर्शीतामाथि प्रश्न उठ्यो : कांग्रेस उपसभापति आचार्य

६ महिनामै सरकारको पारदर्शीतामाथि प्रश्न उठ्यो : कांग्रेस उपसभापति आचार्य

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति मधु आचार्यले वर्तमान सरकार प्रतिशोध, क्रोध, भय र भ्रमबाट सञ्चालन भइरहेको आरोप लगाएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा आचार्यले सरकार गठन भएको ६ महिना नपु...

#उपसभापति #मधु #कांग्रेस
Compare →
Nagarik News
6d ago
‘कांग्रेस सभापति तपाईं हो कि गगन ?’ भन्दा पत्रकारमाथि जंगिए देउवा

‘कांग्रेस सभापति तपाईं हो कि गगन ?’ भन्दा पत्रकारमाथि जंगिए देउवा

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पत्रकारको प्रश्न सुनेर आक्रोशित बनेका छन्।

#पत्रकार #कांग्रेस
Compare →

Related Stories

Politics & Governance
Build #2612