Trending
Prev Story
Next Story

सुख्खा पहिरोको त्रासमा डोटीको भारिकोटबासी

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

१४ कात्तिक, डोटी । एक महिनाभन्दा बढी भइसक्यो सुख्खा पहिरो जान थालेको । पहिलो जान थालेदेखि नै डोटीको आदर्श गाउँपालिका–२ भारिकोटका महादेव थापाको मनमा चैन हराएको छ । ‘अब त आँगनसम्मै पुगिसक्यो । हिजोबाट पानी पनि …

सुख्खा पहिरोको त्रासमा डोटीको भारिकोटबासी

१४ कात्तिक, डोटी । एक महिनाभन्दा बढी भइसक्यो सुख्खा पहिरो जान थालेको । पहिलो जान थालेदेखि नै डोटीको आदर्श गाउँपालिका–२ भारिकोटका महादेव थापाको मनमा चैन हराएको छ ।

‘अब त आँगनसम्मै पुगिसक्यो । हिजोबाट पानी पनि पर्दैछ, दिउँसो त यताउता गएर बितिहाल्छ,’ उनी भन्छन्, ‘राति कसरी बिताउने भन्ने चिन्ता बढेको छ ।’

गत असोज ९ गते भएको वर्षा रोकिएलगत्तै भारिकोटमा सुख्खा पहिरो जान सुरु भएको उनी बताउँछन् । निरन्तर पहिरो खस्दै घरको आँगनसम्मै पुगेपछि चिन्ता बढेको उनको भनाइ छ ।

‘सुरुमा थोरथोरै माटो खस्न थालेका थियोे । बिस्तारै जमिनमा चिरा पर्दै भासिँदै गयो । माथिमाथि हुँदै आँगनसम्मै पुगेको छ’, महादेव भन्छन् ।

पहिरो रोकथामका लागि आदर्श गाउँपालिका, जिल्ला प्रशासन कार्यालय र भू तथा जलाधार कार्यालयलाई समेत अनुरोध गरेको उनी बताउँछन् । ‘तर अहिलेसम्म कतैबाट पनि कुनै पहल भएको छैन,’ उनी भन्छन्, ‘१५० घरधुरी भएको गाउँ पहिरोको जोखिममा पर्दा पनि कोही गम्भीर देखिएन ।’ उनका अनुसार करिब २५ परिवार तत्कालै सार्नुपर्ने अवस्था छ ।

पहिरोका कारण गाउँमा रुवाबासी भइरहेको आदर्श गाउँपालिका– २ की वडा सदस्य गंगादेवी भूल बताउँछिन् । ‘पहिरो जाँदा पूरा घर हल्लिन्छन्, घरभित्र वृद्धवृद्धाहरू छन्, बालबालिका छन् । बिरामी मान्छे छन्,’ उनी भन्छिन्, ‘दिनदिनै पहिरो माथिमाथि सरिरहेको छ । जति माथि सर्दैछ, त्रास उत्ति बढिरहेको छ ।’

शुक्रबारदेखि वर्षा सुरु भएपछि गाउँभरि थप चिन्ता बढेको भूलले बताइन् । ‘डरले २०/२२ परिवारले अलिअलि रासन र केही लुगाफाटो लिएर गाउँकै कालिका आधारभूत विद्यालयमा सरिसकेका छन्,’ उनी भन्छिन् ।

असोज १३/१४ गतेतिर नै गाउँपालिकालाई पहिरोको विषयमा जानकारी गराएको स्थानीय ममता थापा बताउँछिन् ।

सञ्चारमाध्यममा कात्तिक १२, १३ र १४ गते भारी वर्षा हुने समाचार सुनेपछि स्थानीयबासीहरूले सम्बन्धित निकाय गुहारेका थिए । ‘चिरा परेको जमिनमाथि प्लास्टिक राखेर पानी भित्र छिर्न नदिए पहिरोको जोखिम कम हुनसक्थ्यो भनेका थियौं,’ ममता भन्छिन्, ‘गाउँपालिकाले हामी पठाइदिन्छौं पनि भन्नु भएको हो । तर आएन ।’

स्थानीयबासीको आग्रहमा प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ नेतृत्वको टोली अनुगमनमा पनि पुगेको थियो । तर, टोलीले प्लास्टिक र भेल निकासका लागि बाटो बनाउन डोजर पठाउन दिएको आश्वासन कार्यान्वयन नभएको स्थानीयको गुनासो छ ।

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्ल पनि अनुगमनमा पुगेका थिए । उनले पनि स्थानीयको मागअनुरुपको पहल नगरिदिएको स्थानीयबासी बताउँछन् ।

‘पहिरोले घरै पुरेपछि, दुई/चार जना मरेपछि मात्रै सरकारले सुन्ने होला । तर, सहजै सुनेन,’ एक स्थानीयले भने ।

स्थानीयबासीले पहिलो रोक्न माग गर्दै सामूहिक रूपमा देउताको पूजा गरेको बताउँछन् । ‘पहिले यसरी पहिरो जाँदैनथ्यो, कतै देउता रिसाएर हो कि भनेर स्थानीय तिव देवताको पूजा गर्‍यौं । तर, त्यति गर्दा पनि पहिरो रोकिएन,’ स्थानीय महादेव थापाले भने ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
39m ago
गोरखाको यारूवगरमा भीषण सुख्खा पहिरो

गोरखाको यारूवगरमा भीषण सुख्खा पहिरो

गोरखाको धार्चे गाउँपालिका–१ स्थित यारूवगरमा शनिबार बिहान भीषण सुख्खा पहिरो खसेको छ।

#पहिरो #सुख्खा
Compare →
Hamro Patro News
5d ago
घोप्टेभीरमा फेरि सुख्खा पहिरो खस्यो, पृथ्वी राजमार्ग अवरुद्ध

घोप्टेभीरमा फेरि सुख्खा पहिरो खस्यो, पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभीरमा सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । आज बिहान करिब ५ बजे सडक माथिबाट सुख्खा पहिरो खसेपछि राजमार्गको दुवैतर्फ यातायात आवा...

#पहिरो #सुख्खा
Compare →
Ekantipur
4d ago
घोप्टेभिरमा फेरि पहिरो, पृथ्वी राजमार्ग अवरूद्ध

घोप्टेभिरमा फेरि पहिरो, पृथ्वी राजमार्ग अवरूद्ध

पृथ्वी राजमार्गको ईच्छाकामना गाउँपालिका-४ घोप्टेभिरमा गएराति फेरि पहिरो सुख्खा खसेर काठमाडौं जाने आउने बाटो ठप्प छ ।

#पहिरो #सुख्खा
Compare →
Bizshala
21h ago
तिहारपछि सुन–चाँदीको मूल्यमा पहिरो, कतिमा हुँदैछ कारोबार ?

तिहारपछि सुन–चाँदीको मूल्यमा पहिरो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । तिहारपछि नेपाली बजारमा सुन–चाँदीको मूल्यमा पहिरो गएको छ । आज सुनको मूल्य प्रतितोला १२ हजार ६०० रुपैयाँ र...

#पहिरो
Compare →
Arthasansar
4d ago
घोप्टेभीरको पहिरो पन्छाइयो, मलेखु–मुग्लिङ सडकखण्ड खुल्यो

घोप्टेभीरको पहिरो पन्छाइयो, मलेखु–मुग्लिङ सडकखण्ड खुल्यो

पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्डको घोप्टेभीरमा गएराति खसेको सुक्खा पहिरो हटाइएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार, गएराति ११ बजेतिर...

#पहिरो
Compare →

Related Stories

National (Nepal)
Build #2612