Trending
Prev Story
Next Story

हेटौंडाबाट काठमाडौं जोड्ने दुई सडक अवरुद्ध

Ekantipur •
October 31, 2026 • 07:01 AM
3
3 reads 0 reactions

कान्ति लोकपथका दुई स्थानमा पहिरो र भीमफेदी–कुलेखानी–सिस्नेरी सडकमा लेदो खसेपछि शनिबार बिहानदेखि यातायात प्रभावित भएको छ।

हेटौंडाबाट काठमाडौं जोड्ने दुई सडक अवरुद्ध

कान्ति लोकपथका दुई स्थानमा पहिरो र भीमफेदी–कुलेखानी–सिस्नेरी सडकमा लेदो खसेपछि शनिबार बिहानदेखि यातायात प्रभावित भएको छ।

हेटौंडा — लगातारको वर्षाका कारण पहिरो र लेदो खसेपछि हेटौंडाबाट काठमाडौं जोड्ने दुईवटा सडकमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ ।

कान्ति लोकपथमा पहिरो र भीमफेदी–कुलेखानी–सिस्नेरी सडकमा लेदो खसेपछि सवारी सञ्चालनमा समस्या भएको हो । हेटौंडा—भीमफेदी—सिस्नेरी सडक खण्डको ईन्द्रसरोवर गाउँपालिका—३ मा माथिबाट लेदो खसेर शनिबार बिहान ११ बजेदेखि बाटो अवरुद्ध भएको छ ।

सडकमा खसेको लेदो हटाउने प्रयत्न भइरहेको सडक विभागले जनाएको छ । वैकल्पिक मार्गका रूपमा फाखेल सडक र त्रिभुवन राजपथमा भने सवारी आवागमन भइरहेको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिका—८ गंगटे र ललितपुरको बागमती गाउँपालिका—४ पाङदुरेमा शनिबार बिहान गएको पहिरोले कान्ति लोकपथ अवरुद्ध भएको छ ।

कान्ति लोकपथको मकवानपुर र ललितपुर क्षेत्रको दुई स्थानमा पहिरो गएकाले बिहान ५ बजेदेखि  सडक अवरुद्ध भएको हो । शुक्रबारदेखि झरी परिरहेकाले माथिबाट पहिरो खसेर सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय ठिंगनले जनाएको छ । मकवानपुरतर्फको पहिरो पानी रोक्ने बितिक्कै हटाउन सकिने इलाका प्रहरी ठिगंनका निरीक्षक सुशान्त मिश्रले बताए । ललितपुरतर्फ ठ्लूो पहिरो खसेको उनले बताए । दुवै स्थानको पहिरो हटाउनका कान्ति लोकपथ सडक आयोजनाले समन्वय गरिरहेको छ ।

पहिरो गएकाले हेटौंडाबाट कान्ति लोकपथ भएर काठमाडौं गइरहेका सवारी साधन ठिगनमा रोकिएका छन् भने काठमाडौंबाट हिँडेका सवारी साधन छैमलेतर्फ रोकिएका छन् । झरी परिरहेको अवस्थामा कान्ति लोकपथ जोखिमयुक्त भएकाले मकवानपुरको प्रशासनले कान्तिलोकपथमा शुक्रबार र शनिबार राति सवारी साधन आउजाउ गर्न रोक लगाएको छ ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
भीमफेदी दुर्घटना : हेटौंडा अस्पतालमा शव व्यवस्थापनको समस्या

भीमफेदी दुर्घटना : हेटौंडा अस्पतालमा शव व्यवस्थापनको समस्या

भीमफेदी दुर्घटना : हेटौंडा अस्पतालमा शव व्यवस्थापनको समस्या हेटौंडा अस्पतालमा एकपटकमा चारवटा शव राख्न सक्ने क्षमता छ ।दुर्घटनामा मृत्यु भएका १४ जनाको शव एकैपटक अस्पतालमा रहँदा व्यवस्थापनमा कठिनाइ ...

#हेटौंडा #भीमफेदी
Compare →
Onlinekhabar
2d ago
अनिँदो र थकानमा थिए चालक, प्रहरी चेकपोस्टमा थिएन इन्ट्री

अनिँदो र थकानमा थिए चालक, प्रहरी चेकपोस्टमा थिएन इन्ट्री

२६ कात्तिक, हेटौंडा । भीमफेदी गाउँपालिकाको देउराली सडक खण्डअन्तर्गत चिसापानी गढी नजिक भिरबाट एउटा यात्रुबहाक भ्यान दुर्घटना भएको छ । जसमा परी ११ जनाको घटनास्थलमै मृत्यु भृको छ भने ६ जना घाइते छन् । मधेश प्रदेश …

#हेटौंडा #भीमफेदी
Compare →
Nagarik News
1d ago
हेटौंडामा ६० हजार भक्तजनलाई लक्षित गर्दै छठको तयारी

हेटौंडामा ६० हजार भक्तजनलाई लक्षित गर्दै छठको तयारी

तिहार सकिएलगत्तै मकवानपुरको हेटौंडामा छठ पर्वको तयारी तीव्र पारिएको छ। हेटौंडास्थित राप्ती नदी किनारको दायाँतर्फ करिब ६० हजार भक्तजन सहभागी हुनसक्ने गरी पूजास्थल तथा आवश्यक संरचना निर्माण भइरहेको छ।

#हेटौंडा
Compare →

Related Stories

National (Nepal)
Build #2612