घण्टाघर– समय बताउने घडी । वीरगन्जमा यो चोक सामाजिक नेटवर्किङको पारम्परिक केन्द्र हो । यहाँ सम्बन्ध बन्छ, भाँचिन्छ र फेरि जोडिन्छ ।
भानु चोक केवल एउटा चौराहा मात्र होइन । यो धरानको धड्कन हो । जहाँ समय चल्छ, मानिस बग्छन् र कथा जन्मिन्छन् । यही चोकको बीचमा उभिएको छ घण्टाघर, जो धरानको पहिचान बोकेको एक सशक्त प्रतीक हो ।
यी दुई चोकमा छाप्रो बनाएर ल्हासाको सुन र नुनदेखि पहाडको घिउ र जडीबुटीको व्यापार हुन्थ्यो । पाल्पा, स्याङ्जा, गुल्मी, पर्वतबाट आउनेहरू नुवाकोटको डाँडो हुँदै कदम चोक झर्थे ।
दसैंबारे कैयन गीत बनेका छन् । ति लोकभाकादेखि आधुनिक र पप गीतसम्म छन् । यस्ता गीतामा दसैँको महिमा मात्र होइन, दसैँ मनाउन नपाएकाहरूको कथा पनि समेटिएको छ ।
झन्डै सात दशकदेखि नारायणगढको पुतलीबजारमा दसैँ नियालिरहेका ऋद्धिचरण श्रेष्ठका स्मृतिमा पुरानो दसैँको रौनक अझै ताजा छ । ड्रमको मञ्च, पेट्रोम्याक्सको उज्यालो, सांस्कृतिक कार्यक्रम र पिङले भरिने बजारमा अहिले पनि भीड त लाग्छ, तर पहिलेको जस्तो सामूहिक उत्साह भने हराउँदै गएको छ ।
भोटेकोशीको बाढीले जन्मथलो, घर र आफन्त बगाएपछि स्वयम्भुको गुम्बामा शरण लिइरहेका रसुवा टिमुरेका १ सय ११ परिवारको दसैँ व्यथा । न गाउँ फर्कने बाटो छ, न आडैमा सरकार ।
मन्दिरभित्र प्रवेश गर्न नपाए पनि भक्तजनको आस्था भने ढोकाबाहिरै प्रकट भइरहेको थियो । त्यो दृश्यले मनमा एउटा प्रश्न उब्जायो आखिर यो कस्तो मन्दिर हो, जहाँ वर्षको अधिकांश समय ढोका बन्द रहन्छ, तर भक्तजनको श्रद्धा भने निरन्तर कायम रहन्छ ?
दसैँ मनाउन सहरबाट गाउँ फर्किएका बालबालिका र युवायुवती पिङ खेल्न जुटेका छन्। गाउँका चौर, डाँडा र खुला ठाउँमा ठड्याइएका पिङमा मच्चिँदै रमाउनेहरूको हाँसोले गाउँबस्तीमा चहलपहल बढाएको छ।
नाम्खा गाउँपालिकाको नारा लेक क्षेत्रमा कतिपय ठाउँमा पाँच मिटरसम्म हिउँ जमेकाले सडक खुलाउन समस्या भएको हो ।
कृष्णलीलाका गीत, मादलको ताल र गोलो घेरामा नाच्ने युवायुवतीको उत्साहले सखिया नाचलाई थारू समुदायको सांस्कृतिक पहिचान बनाएको छ । पुस्तौंदेखि चलिआएको यो परम्परामा दसैंको खुसी मात्रै होइन, पुर्खाको विरासत, सामाजिक सद्भाव र सामूहिक जीवनको लय पनि भेटिन्छ ।
बढ्दो तापक्रम र वर्षासँगै मुस्ताङको खेतीपाती बदलिएको छ । तर यो परिवर्तनसँगै बढेका रोग, पानीको संकट र पशुपालनका चुनौतीसँग जुध्न किसान र सरकारको तयारी त्यही गतिमा अघि बढेको छैन ।
उनीहरूका आफ्नै शब्दमा, दसैं कसरी मनाउँदै छन् र यो चाड उनीहरूका लागि के अर्थ राख्छ ?
बाढी र पहिरोले जलविद्युत् आयोजनाका कमजोरी उजागर गरिरहेका बेला सन् २०३५ सम्म ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने नेपालको लक्ष्यले सुरक्षा, दिगोपन र देशका नदीबाट आखिर कसले लाभ पाइरहेको छ भन्नेबारे गम्भीर प्रश्न उठाएको छ ।
बान्धवगढ बाघ आरक्षकी डोटीको भरखरै मृत्यु भयो तर गुमनाम होइन । उनको अवसान भए पनि उनले हुर्काएको पुस्ता र आहार शृंखलाको सन्तुलन कायम राख्न बाघको भूमिका बान्धवगढको जंगलमा निरन्तर रहिरहनेछ ।
व्यवसायीहरू सामाजिक सञ्जालबाट ग्राहक तान्दैछन्, उपभोक्ता सहजता खोज्दैछन्, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग भने ठगी रोक्न सबै अनलाइन विक्रेतालाई सूचीकरण गराउँदैछ ।
दूरदेशबाट आएका वाङ सिउ एनगान र क्याटरिना स्भेइनोहोभाले भोटेकोशी बाढीपीडितका बस्तीमा पुगेर राहतसँगै स्नेह र आशा बाँडे ।
नेपालकै सबैभन्दा गतिशील र विश्वव्यापी चरित्रको विश्वविद्यालयका संस्थापक शर्माले अतुलनीय नैतिक प्रभाव छाडे।
बाढीले सर्वस्व बगाएका त्रिशूली नदी किनारका बासिन्दा अहिले लेदोमुनि पुरिएका पारिवारिक पुराना तस्बिर, पुर्ख्यौली चिनो, पसलका सरसामानलगायत खोज्दै पुनर्जीवनको संघर्षमा जुटेका छन्।
बाढीपछिको अभाव, शोक र सरकारी सास्तीबीच नुवाकोट र रसुवाका अस्थायी शिविरमा निराशाको दृश्य मात्र भेटिँदैन, त्यहाँ फेरि मजदुरी गरेर जीवन धान्ने स्वाभिमान, बालबच्चा पढाउने संकल्प, स्थायी शिक्षक बन्ने सपना, श्रमप्रतिको अगाध विश्वास, मातृत्व र ऋण तिर्ने साहस पनि भेटिन्छ ।
अमेरिका–इजरायल र इरानबीचको युद्धपछि नयाा श्रम स्वीकृति लिएर खाडी जानेको संख्या आधाभन्दा बढीले घटेको छ ।बेतलबी बिदामा फर्किएका र विदेश जान नसकेका युवालाई थेग्ने क्षमता स्वदेशी श्रम बजारसँग छैन ।
हप्तौँयताको ग्यास संकटले नेपालीहरूको जनजीवन नराम्ररी प्रभावित भएको छ । यसको प्रभाव नागरिकको जीवनदेखि होटल/रेस्टुरेन्टको मेन्युसम्ममा परिरहेको छ । हामीले १२ जिल्लाका ३७ जनासँग ग्यास संकटले उनीहरूको जीवनशैली कसरी प्रभावित भएको छ भनेर बुझेका छौँ ।
भोटेकोशी बाढीपछि बेपत्ता भएका पत्रकार टेकराज थामीको अवस्था अझै अज्ञात छ । अब फर्केर आउने सम्भावना कमजोर हुँदै गएपछि परिवारले अन्त्येष्टिको तयारी थालेको छ ।
हालै सार्वजनिक विश्वव्यापी प्रतिवेदनले ९ मध्ये १ आप्रवासी चरा प्रजाति लोप हुने जोखिममा रहेको तथ्य उजागर गरेको छ । प्रदूषण, बढ्दो सिकार, साँघुरिँदो सिमसार, बासस्थान खण्डीकरण र विश्वव्यापी तापक्रम वृद्धि चराका चुनौतीका रूपमा देखिएका छन् ।
कृष्णभीरको जामबाट चर्चामा आएका मिलन लामाले तीन सयभन्दा बढी गीतमार्फत लोकजीवनका सुख-दुःख र समसामयिक कथा गाए । २४ वर्षपछि फेरि कृष्णभीरमा पहिरो दोहोरिँदा उनी भन्छन्- अब गीतमा होइन, कृष्णभीरमा स्थायी समाधान देख्न चाहन्छु ।
प्रविधिको विकाससँगै गाउँ–सहरका छोरीचेली भेला हुने थातथलोमा चहलपहल कम छ, बरु सामाजिक सञ्जालतिरै पो तीजको रमझम व्यापक देखिन्छ ।
दार्जिलिङकी विवेचना क्षेत्रीले परम्परागत पहिरनलाई आधुनिक फेसनसँग जोड्दै सांस्कृतिक सीमासमेत पार गर्ने नयाँ शैली विकास गरिरहेकी छन् ।
विपद्का बेला अपांगता भएका व्यक्तिको उद्धारदेखि राहत, आश्रय र पुनःस्थापनासम्मका व्यवस्था पहुँचयुक्त छैनन् । बाढीमा उनीहरूले जसोतसो ज्यान जोगाए पनि त्यसपछिका दिन झन् कठिन बनेका छन् ।
कान्तिपुरले जेन–जी आन्दोलनका चार घाइतेहरूसँग उनीहरुको अहिलेको अवस्था कस्तो छ र यो बीचमा उनीहरू कस्तो परिस्थितिबाट गुज्रिए भनेर कुराकानी गरेको छ ।
गलकोटका हटिया, हरिचौर, चरौंदी फाँट र मल्मको आँगखेत बजार बनिसके । बुटवल पुगेर घिउ बेचेर नुन किन्ने गलकोटे अहिले भारतको तेल ल्याएर जीवन निर्वाह गर्दै ।
सयौं गर्भवती नियमित गर्भजाँचबाट वञ्चित, बाढी प्रभावित क्षेत्रमा घरमै सुत्केरी हुने हुँदा जोखिम बढाउने चिकित्सकहरूको चिन्ता