Trending
Prev Story
Next Story

शरद् ऋतुमा हिमाल आरोहणबाट ३२ करोड बढी राजस्व सङ्कलन

Nagarik News •
October 31, 2026 • 03:04 AM
3
3 reads 0 reactions

शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहण अनुमति प्रदान गरेबापत सरकारले रु ३२ करोड ३७ लाख ८८ हजार ९९० राजस्व सङ्कलन गरेको छ।

शरद् ऋतुमा हिमाल आरोहणबाट ३२ करोड बढी राजस्व सङ्कलन

शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहण अनुमति प्रदान गरेबापत सरकारले रु ३२ करोड ३७ लाख ८८ हजार ९९० राजस्व सङ्कलन गरेको छ।

पर्यटन विभागले दिएको जानकारीअनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका ४६ हिमाल आरोहणका लागि अनुमति प्रदान गरेबापत रु ३२ करोड ३७ लाख ८८ हजार ९९० सङ्कलन गरेको हो।

विभागका शाखा अधिकृत सुधा रेग्मीले १७१ टोलीका एक हजार ४९३ आरोहीलाई आरोहण अनुमति प्रदान गरेबापत उक्त राजस्व सङ्कलन भएको जानकारी दिइन्। हिमाल आरोहणका लागि एक हजार १३७ पुरुष र ३५६ महिलाले आरोहण अनुमति लिएका छन्। सबैभन्दा बढी मनास्लु आरोहणका लागि ४३ टोलीका ५०० जना आरोहीले अनुमति लिएका उनले जानकारी दिइन्।

विभागका अनुसार धवलागिरि–१ आरोहणका लागि छ टोलीका ३७ जनाले आरोहण अनुमति लिएका छन्। उनीहरूबाट विभागले रु ८४ लाख ७३ हजार ६५० राजश्व सङ्कलन भएको विभागका शाखा अधिकृत रेग्मीले उल्लेख गरिन्। उनका अनुसार मकालु हिमाल आरोहणका लागि एक टोलीका तीन जनाले अनुमति लिएकामा रु छ लाख ८८ हजार ५० राजस्व सङ्कलन भएको हो।

यसैगरी, हिम्लुङ हिमालका लागि १३ टोलीका १३० आरोही, आमादब्लम हिमाल आरोहणका लागि ३४ टोलीका ४१२ जनाले आरोहण अनुमति लिएका हुन्। साथै पुथा हिउँचुली, डाङ्गा हिउँचुली, बरुणत्से हिमाल, मकालु, गङ्गापूर्णा पश्चिम (लाङचेनेल), थोरोङ पिक, नोर्बु खाङ, अन्नपूर्ण–४, चाम्लाङ, लमजुङ हिमाल, पुमोरी, सारिबुङ, थापा पिक (धाम्पुस), पोखर खाङ, अर्दाङ, जुगल, पेरीलगायत हिमालका लागि अनुमति प्रदान गरिएको विभागले जनाएको छ।

उक्त हिमाल आरोहण गर्नका लागि ७६ देशका एक हजार ४९३ आरोहीले आरोहण अनुमति लिएका छन्। आरोहण अनुमति लिनेमा सबैभन्दा बढी चीनका १४२ जना रहेका उनले जानकारी दिइन्। यसबाहेक रसिया, फ्रान्स, अमेरिका, बेलायत, पोल्यान्ड, नेपाल, स्वीजरल्यान्ड, स्पेन, भारत, इटली, जापानलगायत देशका आरोहीले अनुमति लिएका छन्।

प्रकाशित: १४ कार्तिक २०८३ ०८:४९ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
2h ago
हिमालको ज्वरो

हिमालको ज्वरो

ज्वरो निधारमा थियो व्यथा टाउकाको थिएन आँसु आँखाबाट खसिरह्यो तर समस्या आँखाको मात्र थिएन। ज्वरो आयो अनुहार रातोपिरो भयो गहबाट आँसुको भल बगिरह्यो अनुहारको सोह्र सिङ्गार पखालियो। कुरा यत्ति हो तर यत्ति नठान्नु ! ज्वरो आउनु सङ्केत मात्र हो यो त लक्षण हुन सक्छ कुनै महारोगको कुनै …

#हिमाल
Compare →
Hamro Patro News
6h ago
फोहोर सङ्कलन अवरोध विवाद : अत्यावश्यक सेवा रोक्न मिल्दैन

फोहोर सङ्कलन अवरोध विवाद : अत्यावश्यक सेवा रोक्न मिल्दैन

राजनीतिक मतभेद र अधिकार क्षेत्रको विवादमा सरसफाइ सेवा अवरुद्ध गर्नु संविधानविपरीत कार्य हुने सर्वोच्च अदालतले व्याख्या गरेको छ । शीतलनिवास, प्रधानमन्त्री निवास र सिंहदरबारको फोहोर सङ्कलन नगर्ने काठ...

#सङ्कलन
Compare →

Related Stories

Business & Economy
Build #2612