Trending
Prev Story
Next Story

के शरीर दुखिरहनु मांसपेशीको बाथ हो ? ६ प्रश्नोत्तरमा बुझ्नुहोस्

Ekantipur •
October 22, 2026 • 06:39 AM
3
3 reads 0 reactions

फाइब्रोमायल्जिया अर्थात् मांसपेशीको बाथमा शरीरका विभिन्न भागमा लामो समयसम्म दुखाइ हुनुका साथै थकान, निद्राको समस्या र एकाग्रतामा कठिनाइ हुन्छ । यो रोग किन लाग्छ, महिलामा यसको अवस्था कस्तो हुन्छ र लक्षण नियन्त्रणका लागि कस्ता उपचार र सावधानी अपनाउन सकिन्छ ? आउनुस् यसबारे बुझौं।

के शरीर दुखिरहनु मांसपेशीको बाथ हो ? ६ प्रश्नोत्तरमा बुझ्नुहोस्

फाइब्रोमायल्जिया अर्थात् मांसपेशीको बाथमा शरीरका विभिन्न भागमा लामो समयसम्म दुखाइ हुनुका साथै थकान, निद्राको समस्या र एकाग्रतामा कठिनाइ हुन्छ । यो रोग किन लाग्छ, महिलामा यसको अवस्था कस्तो हुन्छ र लक्षण नियन्त्रणका लागि कस्ता उपचार र सावधानी अपनाउन सकिन्छ ? आउनुस् यसबारे बुझौं।

काठमाडौँ — शरीर दुख्ने, बिहान उठ्दा शरीर भारी हुने, थकानले दैनिक कामकाजमै असर पार्ने समस्या धेरैले भोगिरहेका हुन्छन् । यस्ता लक्षणलाई सामान्य ठानेर बेवास्ता गर्दा समस्या झन् कष्टकर बन्न सक्छ । रगत परीक्षण वा एक्स–रे गर्दा पनि समस्या पत्ता लाग्दैन भने यस्तो अवस्थामा फाइब्रोमायल्जिया अर्थात् मांसपेशीको बाथ एउटा कारण हुन सक्छ । यो रोग किन लाग्छ, यसका लक्षण के हुन् र कसरी नियन्त्रण गर्न सकिन्छ ? ५ प्रश्नोत्तरमा बुझौं ।

मांसपेशीको बाथ शरीरका विभिन्न भागमा लामो समयसम्म दुखाइ, थकान, निद्राको समस्या र शरीर दुखाइप्रति अत्यधिक संवेदनशील हुने दीर्घकालीन अवस्था हो। यसमा मांसपेशी वा जोर्नी बिग्रिएको भन्दा पनि मस्तिष्क र स्नायु प्रणालीले दुखाइका संकेतलाई सामान्यभन्दा बढी संवेदनशील रूपमा महसुस गर्ने समस्या मुख्य हुन्छ। त्यसैले धेरैजसो रगत परीक्षण वा एक्स–रे सामान्य आए पनि बिरामीले महसुस गर्ने दुखाइ वास्तविक हुन्छ।

मांसपेशीको बाथ संक्रामक रोग होइन। एक व्यक्तिबाट अर्को व्यक्तिमा पनि सर्दैन। यसमा स्नायु प्रणालीको दुखाइ नियन्त्रण गर्ने प्रक्रिया बढी संवेदनशील हुन्छ, जसलाई सेन्ट्रल सेन्सिटाइजेसन भनिन्छ। फलस्वरूप सामान्य स्पर्श, काम वा सामान्य शारीरिक तनावले पनि धेरै दुखाइ महसुस हुन सक्छ।

यसको एउटै निश्चित कारण भने पत्ता लागेको छैन। विभिन्न कारणले यसको सुरुवात गराउन वा लक्षण बढाउन सक्छन् । जस्तै: लामो समयको शारीरिक वा मानसिक तनाव, निद्राको दीर्घ समस्या, गम्भीर चोट, शल्यक्रिया वा संक्रमणपछि, अन्य दीर्घकालीन दुखाइ वा र्‍युम्याटिक रोग, पारिवारिक वा आनुवंशिक प्रवृत्ति तथा केही व्यक्तिमा हर्मोनल र मानसिक–सामाजिक कारण। तर तनाव वा चिन्ता मात्र मांसपेशीको बाथ रोगको कारण हो भन्ने बुझाइ भने सही होइन।

यसका मुख्य लक्षणमा शरीरका धेरै भागमा लगातार वा बारम्बार दुखाइ, अत्यधिक थकान, बिहान उठ्दा शरीर भारी वा कडा हुनु, पूरा निद्रा सुते पनि ताजगी महसुस नहुनु, टाउको दुख्नु, हातखुट्टा झमझमाउनु, ध्यान केन्द्रित गर्न वा कुरा सम्झन कठिन हुनु (फाइब्रो फग), प्रकाश, आवाज, स्पर्श वा तापक्रमप्रति बढी संवेदनशील हुनु, पेट फुल्ने वा आइबीएसजस्ता समस्या, साथै चिन्ता वा मन उदास हुने समस्या आदि पर्न सक्छन्।

यो महिलामा पुरुषभन्दा बढी देखिन्छ। महिलामा दुखाइ, थकान, निद्राको समस्या तथा दैनिक काममा पर्ने असर पनि उल्लेख्य हुन सक्छ। महिनावारी, मेनोपज, निद्राको कमी, काम र परिवारको दोहोरो जिम्मेवारी तथा दीर्घ तनावले केही महिलामा लक्षण बढाउन सक्छ। महत्त्वपूर्ण कुरा, शरीर दुख्ने सबै महिला मांसपेशीको बाथ रोगका बिरामी हुँदैनन्। थाइराइडको समस्या, रगतको कमी, भिटामिनको कमी, अटोइम्युन तथा अन्य ह्युमेटिक डिजिजजस्ता कारण छुट्याउन चिकित्सकीय मूल्यांकन आवश्यक हुन्छ।

फाइब्रोमायल्जियाको उपचारको मुख्य उद्देश्य दुखाइ घटाउने, निद्रा सुधार्ने, थकान कम गर्ने र दैनिक जीवन सामान्य बनाउने हो। यसका लागि नियमित हल्का एरोबिक एक्सरसाइज, हिँडाइ, स्ट्रेचिङ, स्वीमिङ, नियमित र गुणस्तरीय निद्रा, तनाव व्यवस्थापन तथा रिल्याक्सेसन, आवश्यकताअनुसार फिजियोथेरापी र सीबीटी, स्वस्थ तौल र सन्तुलित आहार तथा चिकित्सकको सल्लाहमा औषधि सेवन गर्नुपर्ने हुन सक्छ। सामान्य पेनकिलर मात्र खाएर दीर्घकालीन रूपमा नियन्त्रण गर्ने प्रयास भने गर्नुहुँदैन। यो रोग जीवनलाई खतरा हुने रोग होइन। रोगको सही निदान, नियमित व्यायाम, राम्रो निद्रा र आवश्यक उपचारबाट धेरै बिरामीले लक्षण देखिएपछि नै राम्रोसँग नियन्त्रण गरेर सामान्य र सक्रिय जीवन बिताउन सक्छन्।

— (नेसनल बाथरोग सेन्टरकी कन्सल्टेन्ट फिजिसियन डा. मनीषा भोछिभोयसँग कान्तिपुरले गरेको कुराकानीमा आधारित)

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
2w ago
चिसोसँगै बल्झिँदै बाथ

चिसोसँगै बल्झिँदै बाथ

जाडोमा श्वासप्रश्वास र बाथका रोगीमा समस्या बढ्छ। विशेष गरी हातखुट्टाको जोर्नी दुख्ने समस्या लिएर अस्पताल पुग्नेको संख्या बढी हुन्छ।

#समस्या #बाथ
Compare →
Hamro Patro News
3d ago
छेपारोले कसरी बदल्छ आफ्नो शरीरको रङ? यसको पछाडि लुकेको विज्ञान निकै रोचक छ!

छेपारोले कसरी बदल्छ आफ्नो शरीरको रङ? यसको पछाडि लुकेको विज्ञान निकै रोचक छ!

काठमाडौं। छेपारोले आफ्नो शरीरको रङ परिवर्तन गर्न सक्छ भन्ने कुरा धेरैले देखेका छन्। तर यसले किन र कसरी यस्तो गर्छ भन्ने कुरा भने धेरैका लागि जिज्ञासाको विषय हुन सक्छ। छेपारोका केही प्रजातिमा छालाभ...

#शरीर
Compare →

Related Stories

National (Nepal)
Build #2612