Trending
Prev Story
Next Story

पक्राउ परेका सबै पत्रकार रिहा भए : सञ्चारमन्त्री

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

१३ कात्तिक, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आज पक्राउ परेका सबै पत्रकार रिहा भएको बताएका छन् । शुक्रबार साँझ फेसबुकमार्फत मन्त्री तिमिल्सिनाले सबै पत्रकार रिहा भएको जानकारी दिएका हुन् । ‘पक्राउ परेका सबै …

पक्राउ परेका सबै पत्रकार रिहा भए : सञ्चारमन्त्री

१३ कात्तिक, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आज पक्राउ परेका सबै पत्रकार रिहा भएको बताएका छन् । शुक्रबार साँझ फेसबुकमार्फत मन्त्री तिमिल्सिनाले सबै पत्रकार रिहा भएको जानकारी दिएका हुन् ।

‘पक्राउ परेका सबै पत्रकारहरू रिहा भएका छन्,’ मन्त्री तिमिल्सिनाले लेखेका छन्, ‘सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ । प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ हुन् ।’

प्रहरीले आज सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर धमाधम पत्रकारहरूलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले नेपालप्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदी, डीएनखबरका पत्रकार धीरज बस्नेत, मोटिभेट न्युजका पत्रकार शोभराज बराललाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

यस्तै, नयाँ पत्रिकामा कार्यरत पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन सादा पोशाकमा खटिएका प्रहरीहरू पत्रिकाको कार्यालयमै प्रवेश गरेका थिए । उनीहरूले मैनालीलाई नलगी नजाने भन्दै दुई घण्टाभन्दा बढी समय त्यहाँ बसेका थिए ।

नयाँ पत्रिकाको कार्यालयबाट साँझ मात्रै पत्रकार मैनाली र सम्पादक खगेन्द्र पन्तलाई भोलि साइबर ब्युरोमा हाजिर हुन उर्दी दिँदै प्रहरी टोली त्यहाँबाट निस्किएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
डिजिटल विभाजन अन्त्य गर्न आईटीयूको भूमिका महत्वपूर्ण : सञ्चारमन्त्री

डिजिटल विभाजन अन्त्य गर्न आईटीयूको भूमिका महत्वपूर्ण : सञ्चारमन्त्री

काठमाडौं- सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू)को महासम्मेलनमा सहभागी भएर एक सातापछि आज (शुक्रबार) स्वदेश फर्किएका छन्। स्वदेश फर्किएपछि त्रिभुवन अन्...

#तिमिल्सिना #सञ्चारमन्त्री
Compare →
Nagarik News
4d ago
सञ्चारमन्त्री डा. तिमिल्सिना आइटियू सम्मेलनमा सहभागी

सञ्चारमन्त्री डा. तिमिल्सिना आइटियू सम्मेलनमा सहभागी

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियू) महासम्मेलन २०२६ (आइटियु पिपी–२६) को उद्घाटन समारोहमा सहभागिता जनाएका छन्।

#तिमिल्सिना #सञ्चारमन्त्री
Compare →
Bizshala
2d ago
ज्येष्ठ नागरिकको सुविधा पाएपछि पूर्वउपप्रधानमन्त्री रायमाझी रिहा

ज्येष्ठ नागरिकको सुविधा पाएपछि पूर्वउपप्रधानमन्त्री रायमाझी रिहा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भोगिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी बिहीबार रिहा...

#रिहा
Compare →
Ekantipur
2d ago
नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझी कारागारबाट रिहा

नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझी कारागारबाट रिहा

६५ वर्ष उमेर पूरा भएपछि कैद छुटको सुविधा पाएका रायमाझी बिहीबार बिहान डिल्लीबजार कारागारबाट मुक्त

#रिहा
Compare →

Related Stories

Politics & Governance
Build #2612