Trending
Prev Story
Next Story

काठमाडौंमा शुक्रबार दिनभर वर्षा, शनिबारको खेल हुने सम्भावना कम

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions 4 comments

१३ कात्तिक, काठमाडौं । काठमाडौंमा शुक्रबार दिनभर वर्षा भएपछि नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार हुने दुवै खेल प्रभावित हुने सम्भावना बढेको छ। मौसमविद्ले शनिबार पनि साँझसम्म हल्का वर्षा जारी रहने पूर्वानुमान गरेका छन्। शनिबार एनपीएलमा …

काठमाडौंमा शुक्रबार दिनभर वर्षा, शनिबारको खेल हुने सम्भावना कम

१३ कात्तिक, काठमाडौं । काठमाडौंमा शुक्रबार दिनभर वर्षा भएपछि नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार हुने दुवै खेल प्रभावित हुने सम्भावना बढेको छ। मौसमविद्ले शनिबार पनि साँझसम्म हल्का वर्षा जारी रहने पूर्वानुमान गरेका छन्।

शनिबार एनपीएलमा दुई खेल हुँदैछन्। पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोज तथा दोस्रो खेलमा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।

मौसमविद् उज्ज्वल उपाध्यायले शनिबार साँझसम्म नै सिमसिम पानी परिरहने सम्भावना रहेको बताए। उनका अनुसार बिहीबारको खेलमा मौसमले साथ दिए पनि शनिबार खेल सञ्चालन हुने सम्भावना कम छ।

‘बिहीबार एनपीएल लक्की रह्यो। शनिबार भने साँझसम्मै सिमसिम पानी परिरहने देखिएको छ। भोलिको खेल हुने सम्भावना कम छ’ उपाध्यायले भने।

काठमाडौंमा बिहीबार अबेर रातिदेखि वर्षा भइरहेको छ। शुक्रबार दिनभर पनि वर्षा रोकिएको छैन। बिहीबार विराटनगर किङ्स र कर्णाली याक्सबीचको दोस्रो खेल भने सिमसिम पानी परिरहेकै अवस्थामा सम्पन्न भएको थियो। खेल सकिने बेलादेखि वर्षा सुरु भएपछि मैदानलाई कभरले ढाकिएको छ।

एनपीएलमा कुनै पनि खेलका लागि रिजर्भ डे राखिएको छैन। त्यसैले शनिबार वर्षाका कारण खेल हुन नसके दुवै खेलको नतिजा प्रभावित हुन सक्छ।

खेलको रद्द वा नतिजाविहीन भएमा टोलीहरूले १-१ अंक बाँड्ने छन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
16m ago
एनपीएलमा  आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा

एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज साविक विजेता लुम्बिनी लायन्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुँदै छ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बेलुका ५ बजे सुरु हुनेछ।

#एनपीएल #प्रिमियर-लिग #काठमाडौं
Compare →
Arthasansar
13h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#एनपीएल #प्रिमियर-लिग #सम्भावना
Compare →
Nagarik News
3h ago
छठको दिन पश्चिम नेपालमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

छठको दिन पश्चिम नेपालमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

छठ पर्वको दिन नेपालको पश्चिमी आधा भागमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।

#वर्षा #सम्भावना
Compare →
Bizshala
15h ago
आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

काठमाण्डौ । तिहारको भाइटीकाका दिन वर्षा भएपछि चिसो बढेको देशका विभिन्न भागमा आइतबारदेखि फेरि मौसम बदली हुने सम्भावना...

#वर्षा #सम्भावना
Compare →

Related Stories

National (Nepal)
Build #2612