Trending
Prev Story
Next Story

अर्णव चक्रवातको प्रभाव : काठमाडौं उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित

Ekantipur •
October 30, 2026 • 11:31 AM
2
2 reads 0 reactions

निरन्तरको वर्षाले सडक तथा बजार क्षेत्र जलमग्न हुँदा पैदलयात्रु, सवारीसाधन चालक तथा सर्वसाधारणलाई आवतजावतमा कठिनाइ भएको छ ।

अर्णव चक्रवातको प्रभाव : काठमाडौं उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित

निरन्तरको वर्षाले सडक तथा बजार क्षेत्र जलमग्न हुँदा पैदलयात्रु, सवारीसाधन चालक तथा सर्वसाधारणलाई आवतजावतमा कठिनाइ भएको छ ।

काठमाडौँ — बंगालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातको प्रभावले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । चक्रवातको प्रभावका कारण उपत्यकामा दिनभरजसो भारी वर्षा हुँदा जनजीवन प्रभावित भएको हो । शुक्रबार बिहानैदेखि बदली भएको मौसममा समय–समयमा वर्षा भइरहेको छ । निरन्तरको वर्षाले सडक तथा बजार क्षेत्र जलमग्न हुँदा पैदलयात्रु, सवारीसाधन चालक तथा सर्वसाधारणलाई आवतजावतमा कठिनाइ भएको छ ।

मुख्य सडक तथा भित्री सडकमा सवारीसाधनको आवागमन प्रभावित भएको छ । सडकमा पानी जम्दा सवारीसाधन सञ्चालनमा समेत समस्या देखिएको छ भने दैनिक कामकाजका लागि घरबाहिर निस्किएका सर्वसाधारण प्रभावित भएका छन् ।

चक्रवातको अप्रत्यक्ष प्रभावका कारण नेपालमा मौसम बदली भई वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान गरिएको छ । मौसममा आएको परिवर्तनसँगै चिसोसमेत बढेको छ । लगातारको वर्षालाई ध्यानमा राख्दै नदी तथा खोलानालाको जलस्तर बढ्न सक्ने भएकाले सतर्कता अपनाउन र आवश्यक कामबाहेक जोखिमपूर्ण स्थानमा नजान सर्वसाधारणलाई आग्रह गरिएको छ ।

नेपाल यो नेपालका फोटो पत्रकारहरुले सञ्चालनमा ल्याएको फोटो एजेन्सी हो।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
17h ago
हायस दुर्घटनापछि काठमाडौं–हेटौँडा सडकमा कडाइ, राति ८ बजेभित्र फर्पिङ पुग्नुपर्ने

हायस दुर्घटनापछि काठमाडौं–हेटौँडा सडकमा कडाइ, राति ८ बजेभित्र फर्पिङ पुग्नुपर्ने

काठमाडौं प्रशासनले काठमाडौं–हेटौँडा सडकखण्डमा यात्रुवाहक सवारीसाधन सञ्चालनमा कडाइ गरेको छ।

#सवारीसाधन #काठमाडौं
Compare →
Arthasansar
17h ago
बल्खु–हेटौँडा रुटमा नयाँ नियम : बिहान ५ बजेपछि चल्ने र राति ८ बजेसम्म फर्पिङ पुग्नैपर्ने

बल्खु–हेटौँडा रुटमा नयाँ नियम : बिहान ५ बजेपछि चल्ने र राति ८ बजेसम्म फर्पिङ पुग्नैपर्ने

काठमाडौँको बल्खु–दक्षिणकाली हुँदै हेटौँडा जाने यात्रुवाहक सवारीसाधन सञ्चालनका लागि नयाँ समयसीमा तोकिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज सूचना जारी...

#सवारीसाधन #काठमाडौं
Compare →
Hamro Patro News
1h ago
आज सामान्यतया सफा रहने, भोलिदेखि उच्च भूभागमा वर्षा, हिमपात र असिना पर्न सक्ने

आज सामान्यतया सफा रहने, भोलिदेखि उच्च भूभागमा वर्षा, हिमपात र असिना पर्न सक्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टा देशका केही हिमाली तथा पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । शनिबार मौसमसम्बन्धी जानकारी दिँदै मौसमविद् निष्ठा निरौलाले...

#वर्षा
Compare →
Bizshala
19h ago
आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

काठमाण्डौ । तिहारको भाइटीकाका दिन वर्षा भएपछि चिसो बढेको देशका विभिन्न भागमा आइतबारदेखि फेरि मौसम बदली हुने सम्भावना...

#वर्षा
Compare →

Related Stories

National (Nepal)
Build #2612