Trending
Prev Story
Next Story

फोहरमैला व्यवस्थापन विधेयकमा २१२ वटा संशोधन प्रस्ताव दर्ता

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

१३ कात्तिक, काठमाडौं । फोहरमैला व्यवस्थापन विधेयकमा २१ जना सांसदले २१२ वटा संशोधन प्रस्ताव दर्ता गरेका छन् । यो विधेयक पूर्वाधारमन्त्री सुनिल लम्सालले २०८३ असोज १ गते प्रतिनिधिसभामा दर्ता गरेका थिए । जसमाथि सांसदहरूले संशोधन प्रस्ताव …

फोहरमैला व्यवस्थापन विधेयकमा २१२ वटा संशोधन प्रस्ताव दर्ता

१३ कात्तिक, काठमाडौं । फोहरमैला व्यवस्थापन विधेयकमा २१ जना सांसदले २१२ वटा संशोधन प्रस्ताव दर्ता गरेका छन् ।

यो विधेयक पूर्वाधारमन्त्री सुनिल लम्सालले २०८३ असोज १ गते प्रतिनिधिसभामा दर्ता गरेका थिए । जसमाथि सांसदहरूले संशोधन प्रस्ताव राखेका हुन् ।

फोहोरमैला व्यवस्थापन विधेयकमा फोहोरलाई अन्तिम विसर्जन गर्नुपर्ने बोझका रुपमा नभइ पुन:प्रयोग गर्न सकिने स्रोतका रूपमा व्याख्या गरिएको छ ।

जैविक फोहोरबाट मल, फोहोरबाट ऊर्जा वा इन्धन, पुन:प्रयोग र पुनर्चक्रणका लागि बजार, फोहोर बैंक तथा निजी क्षेत्रको सहभागिताजस्ता व्यवस्था समेटिएका छन् ।

यसलाई थप समृद्ध बनाउन भन्दै सांसदहरूले संशोधन प्रस्ताव राखेका हुन् ।

संशोधन  प्रस्ताव राख्ने सांसदहरूमा बलावती शर्मा, परशुराम तामाङ, डा. राम लामा, डा. ओजश्वी शेरचन, भरत प्रसाद पराजुली, गुरु प्रसाद बराल, ऐन बहादुर महर, रन्जु न्यौपाने, गणेश बहादुर विश्वकर्मा, लिमा अधिकारी (आचार्य) रहेका छन् ।

सांसदहरू क्रान्तिशिखा धिताल, डा. तोसिमा कार्की, कुसुम महर्जन, मनिष झा, निशा डाँगी, नितिमा भण्डारी (कार्की), सुशील खड्का आशिष गजुरेल, धर्मराज के.सी., बोध नारायण श्रेष्ठ, कमल सुबेदी र रुविना आचार्यको पनि संशोधन छ ।

प्रस्तावित विधेयकको दफा २ को ‘च’ मा ‘चक्रीय अर्थतन्त्र’ को परिभाषा छ । जहाँ भनिएको चक्रीय अर्थतन्त्र भन्नाले स्रोत र सामग्रीलाई लामो समयसम्म प्रयोग, पुन:प्रयोग, पुन:उत्पादन तथा मर्मत गरी फोहोर र अवयवलाई न्यूनतम उत्सर्जन हुने अवस्था निर्माण गर्ने आर्थिक प्रणाली सम्झनुपर्छ ।’

‘चक्रीय प्रयोग’ भन्नाले ‘संकलित फोहोरमैलालाई कुनै प्रविधि प्रयोग गरी कच्चा पदार्थमा र उपयोगी वस्तुको रूपमा विकास गरी पुन:प्रयोगमा ल्याउने कार्य सम्झनुपर्छ’ भन्ने अर्को परिभाषा छ ।

यसले फोहोरलाई कच्चा पदार्थ/वस्तुमा परिणत गर्ने आधार दिएको छ ।

डम्पिङ होइन, स्रोतका रूपमा फोहोरलाई प्रयोग गर्ने उद्देश्यसहित विधेयकमा फोहोर प्रशोधनबाट मल, ग्यास, ऊर्जा वा अन्य वस्तु उत्पादन गर्ने योजना समेटिएको छ ।

यी लगायतका विषयलाई थप समृद्ध बनाउन भन्दै सांसदहरूले संशोधन प्रस्ताव राखेका छन् ।

मन्त्री लम्सालका अनुसार फोहोरमैलाको उत्सर्जन, संकलन, बिसर्जन र समग्र व्यवस्थापनमा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहको भूमिका र जिम्मेवारी स्पष्ट गर्न विधेयक ल्याइएको हो ।

यी निकायहरूबीच प्रभावकारी समन्वय कायम गर्न, फोहोरमैलाको समुचित तथा प्रभावकारी व्यवस्थापनद्वारा स्वच्छ तथा स्वस्थ बातावरण कायम गर्ने उद्देश्य रहेको छ ।

पूर्वाधार विकास मन्त्री लम्सालले विधेयकमै लेखेका छन्, ‘मानव स्वास्थ्य तथा वातावरणमा पर्न सक्ने प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्न र चक्रीय अर्थतन्त्रको अवधारणाअनुरूप फोहोरमैला प्रशोधन गरी स्रोत सामग्रीको रूपमा उपयोग गर्नेसमेत व्यवस्थाको लागि बाञ्छनीय भएकोले संघीय संसद्मा यो विधेयक प्रस्तुत गरेको छु ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
6d ago
तिहारमा दुई दिन काठमाडौंको फोहोर व्यवस्थापन प्रभावित हुने

तिहारमा दुई दिन काठमाडौंको फोहोर व्यवस्थापन प्रभावित हुने

कात्तिक २४ र २५ गते सडक तथा सार्वजनिकस्थलमा जथाभाबी फोहोर नफाली आफैले व्यवस्थापन गर्न महानगरले आग्रह गरेको छ ।

#व्यवस्थापन #फोहोर
Compare →
Hamro Patro News
1h ago
गान्धी परिवारबारे आपत्तिजनक पोस्ट गरेपछि कंगनाविरुद्ध एफआईआर दर्ता

गान्धी परिवारबारे आपत्तिजनक पोस्ट गरेपछि कंगनाविरुद्ध एफआईआर दर्ता

गान्धी परिवारबारे सामाजिक सञ्जालमा आपत्तिजनक र भड्काउ टिप्पणी गरेको आरोपमा भारतीय जनता पार्टी (भाजपा) सांसद तथा अभिनेत्री कंगना रनौतमाथि एफआईआर दर्ता भएको छ। हिमाचल प्रदेशको शिमलामा क्याप्टेन अतुल...

#दर्ता
Compare →
Bizshala
2d ago
नेतान्याहुलाई  प्रधानमन्त्री बन्नबाट रोक्ने तयारी, संसद्‌मा विधेयक पेस

नेतान्याहुलाई प्रधानमन्त्री बन्नबाट रोक्ने तयारी, संसद्‌मा विधेयक पेस

काठमाण्डौ । इजरायलमा नयाँ सरकार गठनको रस्साकस्सीबीच बेन्जामिन नेतान्याहुको अर्को कार्यकाल रोक्न सक्ने कानुनी...

#विधेयक
Compare →
Nagarik News
6d ago
जापानको नेपाल हाउस प्रकरण: दर्ता नै छैन ४७ प्रतिशत जग्गा, कसरी अघि बढ्यो करोडौंको परियोजना

जापानको नेपाल हाउस प्रकरण: दर्ता नै छैन ४७ प्रतिशत जग्गा, कसरी अघि बढ्यो करोडौंको परियोजना

जुन जग्गाको ठूलो हिस्सा दर्ता भएको स्पष्ट छैन, त्यसैलाई आधार बनाएर करोडौँ येनको परियोजना कसरी अघि बढाइयो भन्ने प्रश्नले परियोजनाको भविष्यलाई नै अन्यौल बनाएको छ ।

#दर्ता
Compare →

Related Stories

Business & Economy
Build #2612