Trending
Prev Story
Next Story

रुग्ण आयोजना सम्पन्न गर्न मन्त्री रोकाको निर्देशन

Ekantipur •
October 30, 2026 • 10:32 AM
3
3 reads 0 reactions

कर्णाली प्रदेशकी भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मिलन खड्का रोकाले आयोजनाको समस्या समाधान गरी निर्माण कार्यलाई तीव्रता दिन निर्माण व्यवसायी र मातहतका कार्यालय प्रमुखलाई निर्देशन दिएकी छन् ।

रुग्ण आयोजना सम्पन्न गर्न मन्त्री रोकाको निर्देशन

कर्णाली प्रदेशकी भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मिलन खड्का रोकाले आयोजनाको समस्या समाधान गरी निर्माण कार्यलाई तीव्रता दिन निर्माण व्यवसायी र मातहतका कार्यालय प्रमुखलाई निर्देशन दिएकी छन् ।

वीरेन्द्रनगर — कर्णाली प्रदेशकी भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मिलन खड्का रोकाले रुग्ण आयोजनाको सम्पन्न गर्न निर्देशन दिएकी छन् । आयोजनाको समस्या समाधान गरी निर्माण कार्यलाई तीव्रता दिन निर्माण व्यवसायी र मातहतका कार्यालय प्रमुखलाई निर्देशन दिइन् ।

मन्त्रालयमा शुक्रबार आयोजित रुग्ण आयोजना समीक्षा, समस्या समाधान तथा आयोजना सम्पन्नतासम्बन्धी छलफलमा मन्त्री रोकाले विकास निर्माणका काममा देखिएका समस्या पहिचान गरी समाधानका उपाय खोज्नुपर्ने बताइन् । निर्माण व्यवसायीका वास्तविक समस्या समाधान गर्न मन्त्रालय तयार रहेको उल्लेख गर्दै काम सम्पन्न गर्न देखिएका अवरोधबारे सम्बन्धित जिल्ला कार्यालय र मन्त्रालयमा आएर स्पष्ट छलफल गर्नुपर्ने उनको भनाइ थियो ।

समस्यालाई थप जटिल बनाउनुको सट्टा त्यसको गाँठो फुकाएर विकास निर्माणका कामलाई अगाडि बढाउनुपर्ने उनको भनाइ छ । मन्त्री रोकाले निर्माण व्यवसायीले काम गर्ने प्रतिबद्धता जनाउने तर कार्यप्रगति नदेखाउने प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पारिन् । आवश्यक सहजीकरण गर्दा पनि जिम्मेवारी पूरा नगर्ने र काम अगाडि नबढाउने प्रवृत्तिलाई निरन्तर छुट दिन नसकिने बताइन् ।

रोकिएका आयोजना, बहुवर्षीय आयोजना तथा विभिन्न कारणले ढिलाइ भएका निर्माण कार्यको अवस्था समीक्षा गर्दै समस्या समाधानका लागि आवश्यक पहल गर्ने विषयमा छलफल भएको थियो ।

प्रदेश सचिव अर्जनकुमार बमले पटकपटक म्याद थप गर्दापनि प्रगति नदेखिएका योजनालाई कानुनबमोजिम अगाडि बढ्ने स्पष्ट पारे । जिम्मेवारी पुरा नगर्ने कार्यालय प्रमुखलाई पनि मन्त्रालयले गम्भीर रुपमा लिएको उनको भनाइ थियो ।

हाल कर्णालीका ८ वटा जिल्लामा १९ वटा रुग्ण आयोजना छन् । केहीको प्रगति शून्य छ भने केहीको प्रगति थोरै मात्रामा भएको मन्त्रालयले जनाएको छ । कार्यक्रममा निर्माण व्यवसायी तथा मन्त्रालय मातहतका कार्यालय प्रमुखहरूको सहभागिता रहेको थियो ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
करोडौँको लगानीमा खानेपानी आयोजना, गाउँमा अझै पानीको हाहाकार

करोडौँको लगानीमा खानेपानी आयोजना, गाउँमा अझै पानीको हाहाकार

। मुगुका ग्रामीण बस्तीमा करोडौँ रुपियाँ खर्चेर खानेपानी आयोजना निर्माण भइरहे पनि स्थानीय बासिन्दा अझै खानेपानीको समस्याबाट मुक्त हुन सकेका छैनन् । निर्माणमा ढिलाइ हुँदा सोरु गाउँपालिकाका बासिन्दाले...

#आयोजना #समस्या
Compare →
Onlinekhabar
5d ago
रैथाने उत्पादनको प्रवर्द्धन गर्न देशभरका ठूला शहरमा मेला आयोजना गर्नुपर्छ : सभामुख अर्याल

रैथाने उत्पादनको प्रवर्द्धन गर्न देशभरका ठूला शहरमा मेला आयोजना गर्नुपर्छ : सभामुख अर्याल

२३ कात्तिक, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले रैथाने कृषि उत्पादनको प्रवद्र्धन तथा बजारीकरणका लागि सरकारले देशभरका ठूला शहरमा रैथाने मेला तथा प्रदर्शनी नियमित रूपमा आयोजना गर्नुपर्ने बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार …

#आयोजना
Compare →
Nagarik News
6d ago
कर्णाली सरकारको सय दिन : ठूला आयोजना सुस्त, सेवा प्रवाहमा सीमित उपलब्धि

कर्णाली सरकारको सय दिन : ठूला आयोजना सुस्त, सेवा प्रवाहमा सीमित उपलब्धि

ठूला पूर्वाधार आयोजना सम्पन्न गर्ने, रुग्ण आयोजनालाई गति दिने, प्रशासनिक सुधारलाई प्रभावकारी बनाउने तथा विकास बजेट कार्यान्वयनमा भने उल्लेख्य उपलब्धि देखिएको छैन।

#आयोजना
Compare →
Bizshala
6d ago
अरुण–३ को प्रगति ७७ प्रतिशत नाघ्यो र तीन जलविद्युत् आयोजनाको लगानी स्वीकृत

अरुण–३ को प्रगति ७७ प्रतिशत नाघ्यो र तीन जलविद्युत् आयोजनाको लगानी स्वीकृत

काठमाण्डौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको दशैँयताको कार्यसम्पादन विवरणमा अरुण–३...

#आयोजना
Compare →

Related Stories

Politics & Governance
Build #2612