Trending
Prev Story
Next Story

सोमपालले ‘प्लेयर अफ द म्याच’को पुरस्कार रकम सडक जनावरको हेरचाह गर्दै आएकी सिर्जनालाई दिने

Nagarik News •
October 30, 2026 • 08:00 AM
2
2 reads 0 reactions

उनले पुरस्कारस्वरूप पाएको शतप्रतिशत रकम सडकमा रहेका जनावरको हेरचाह र सुरक्षाका लागि काम गर्दै आएकी सिर्जना ठकुरीलाई दिने बताएका हुन्।

सोमपालले ‘प्लेयर अफ द म्याच’को पुरस्कार रकम सडक जनावरको हेरचाह गर्दै आएकी सिर्जनालाई  दिने

नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सविरुद्धको खेलमा जित निकालेपछि कर्णाली याक्सका कप्तान सोमपाल कामीले ‘प्लेयर अफ द म्याच’ बापत पाएको पुरस्कार रकम दान गर्ने घोषणा गरेका छन्।

शुक्रबार उनले पुरस्कारस्वरूप पाएको शतप्रतिशत रकम सडकमा रहेका जनावरको हेरचाह र सुरक्षाका लागि काम गर्दै आएकी सिर्जना ठकुरीलाई दिने बताएका हुन्।

कप्तान कामीले सामाजिक सञ्जालमार्फत व्यक्तिगत उपलब्धिभन्दा कर्णाली याक्सलाई जित दिलाउन योगदान गर्न पाउनु ठुलो कुरा भएको बताएका छन्। कठिन समयमा आफूलाई साथ दिने र विश्वास गर्ने सबैप्रति उनले आभार व्यक्त गरेका छन्।

‘यो जर्सी लगाएर यस फ्रेन्चाइजका लागि खेल्नु र संघर्ष गर्नु मेरो लागि ठुलो सम्मानको कुरा हो। तर महानता बाँड्दा अझ बढ्छ,’ उनले लेखेका छन्।

कामीले पुरस्कारको रकम जनावरको संरक्षणमा सहयोग गर्न पाउँदा खुसी लागेको बताएका छन्। ‘हरेक सानो पाइला (वा पन्जा) को महत्त्व हुन्छ,’ उनले लेखेका छन्।

बिहीबार भएको खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई ४ विकेटले हराएको थियो। विराटनगरले दिएको १८६ रनको लक्ष्य कर्णालीले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो।

कर्णालीको जितमा सोमपालले अलराउन्ड प्रदर्शन गरेका थिए। उनले बलिङमा ४ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिएका थिए भने ब्याटिङमा ३२ बलमा अविजित ६२ रन बनाएका थिए।

कर्णालीले ५७ रनमा ५ विकेट गुमाएर कठिन अवस्थामा पुगेका बेला सोमपालले टोलीलाई जितसम्म पुर्‍याएका थिए।

प्रकाशित: १३ कार्तिक २०८३ १३:४५ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
5d ago
इरानको आणविक स्थलबारे सुचना दिनेलाई अमेरिकाले २ करोड डलर पुरस्कार दिने

इरानको आणविक स्थलबारे सुचना दिनेलाई अमेरिकाले २ करोड डलर पुरस्कार दिने

इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण ऊर्जा प्रयोजनका लागि मात्रै प्रयोग हुने बताउँदै आएको छ । तर, अमेरिकाले इरानमाथि आणविक हतियार बनाएको आरोप लगाएर २८ फेब्रुअरीमा युद्ध सुरु गरेको थियो । उक्त युद्ध अहिलेसम्म पनि जारी छ

#दिने #पुरस्कार
Compare →
Hamro Patro News
6d ago
इरानको आणविक कार्यक्रमबारे सुराकी दिनेलाई २ करोड डलर पुरस्कार दिने अमेरिकाको घोषणा

इरानको आणविक कार्यक्रमबारे सुराकी दिनेलाई २ करोड डलर पुरस्कार दिने अमेरिकाको घोषणा

वाशिङ्गटन । संयुक्त राज्य अमेरिकाले इरानको आणविक कार्यक्रमका बारेमा महत्त्वपूर्ण जानकारी दिने व्यक्तिलाई २ करोड अमेरिकी डलरसम्मको पुरस्कार दिने घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्रालयको ‘रिवार्ड्स ...

#दिने #पुरस्कार
Compare →
Onlinekhabar
6d ago
इरानको आणविक कार्यक्रमबारे सूचना दिनेलाई अमेरिकाले २ करोड डलरसम्म पुरस्कार दिने

इरानको आणविक कार्यक्रमबारे सूचना दिनेलाई अमेरिकाले २ करोड डलरसम्म पुरस्कार दिने

२१ कात्तिक, काठमाडौं । अमेरिकाले इरानको आणविक कार्यक्रमसँग सम्बन्धित व्यक्ति, स्थान, प्रविधि तथा उपकरणबारे सूचना दिनेलाई २ करोड अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ । अमेरिकी विदेश मन्त्रालयको ‘रिवाड्र्स फर जस्टिस’ कार्यक्रमले सामाजिक सञ्जाल एक्समार्फत …

#दिने #पुरस्कार
Compare →

Related Stories

Sports
Build #2612