Trending
Prev Story
Next Story

अलपत्र आयोजनामा काम गर्ने आधार देखिए मात्रै म्याद थप हुन्छ : मुख्यमन्त्री शाही

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
3
3 reads 0 reactions

१४ कात्तिक, सुर्खेत।  कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले लामो समयदेखि अलपत्र रहेका १९ वटा विकास आयोजनाको काम सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले निर्माण व्यवसायीलाई काम सम्पन्न गर्न आवश्यक सहजीकरण गर्ने तर …

अलपत्र आयोजनामा काम गर्ने आधार देखिए मात्रै म्याद थप हुन्छ : मुख्यमन्त्री शाही

१४ कात्तिक, सुर्खेत।  कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले लामो समयदेखि अलपत्र रहेका १९ वटा विकास आयोजनाको काम सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले निर्माण व्यवसायीलाई काम सम्पन्न गर्न आवश्यक सहजीकरण गर्ने तर काम गर्ने आधारबिना ठेक्काको म्याद थप नगर्ने स्पष्ट पारेका छन् ।

शुक्रबार बिहान ११ बजे भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको आयोजनामा भएको छलफलमा मुख्यमन्त्री शाहीले सरकारको उद्देश्य निर्माण व्यवसायीसँग ठेक्का तोड्नु नभई उनीहरूबाटै आयोजना सम्पन्न गराउनु रहेको बताए ।

उनले निर्माण व्यवसायीका समस्या सुन्न र समाधानका लागि सरकार तयार रहेको उल्लेख गर्दै आयोजनास्थलमा देखिएका प्रशासनिक, प्रक्रियागत तथा अन्य अवरोध हटाउन मन्त्रालय र सम्बन्धित कार्यालयले सहयोग गर्ने बताए ।

“सरकारको उद्देश्य ठेक्का तोड्ने होइन, व्यवसायीबाटै काम सम्पन्न गराउने हो । काम गर्न के समस्या छ भन्नुस्, समाधानका लागि सरकार तयार छ,” उनले भने, “तर काम सम्पन्न हुने आधारबिना म्याद थप गर्ने पक्षमा सरकार छैन ।”

मुख्यमन्त्री शाहीले विगतमा सहज रूपमा ठेक्काको म्याद थप्ने अभ्यास भए पनि अब त्यसरी निर्णय नहुने बताए । आयोजनाको भौतिक प्रगति, बाँकी काम सम्पन्न गर्न सकिने अवस्था र निर्माण व्यवसायीको प्रतिबद्धताका आधारमा मात्रै म्याद थपलगायतका विषयमा निर्णय गरिने उनको भनाइ थियो ।

उनले काम गर्न नसक्ने र आयोजना अलपत्र पार्ने निर्माण व्यवसायीको ठेक्का तोड्न सरकारलाई कानुनी कठिनाइ नरहेको पनि बताए । तर काम सम्पन्न गर्न सक्ने अवस्था भएका आयोजनामा आवश्यक सहजीकरण गरेर निर्माणलाई निरन्तरता दिने सरकारको प्राथमिकता रहेको उनले स्पष्ट पारे ।

मुख्यमन्त्री शाहीले निर्माण व्यवसायीलाई काम सम्पन्न गर्न सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै जिम्मेवारी पूरा नगर्ने व्यवसायीमाथि कानुनी प्रक्रिया अघि बढाइने बताए । उनका अनुसार आयोजनामा देखिएका समस्या समाधानका लागि सम्बन्धित कार्यालय, मन्त्रालय र प्रशासनसँग समन्वय गर्न सरकार तयार छ । खानेपानी, विद्युत्, जग्गा प्राप्ति वा अन्य प्रक्रियागत समस्या भए निर्माण व्यवसायीले स्पष्ट रूपमा राख्नुपर्ने उनले बताए ।

“हामीले तपाईंहरूलाई काम गर्न हात दिएका छौँ । अब काम गर्ने जिम्मेवारी तपाईंहरूको हो । तपाईंहरूबाटै काम गराउने सरकारको अपेक्षा छ,” मुख्यमन्त्री शाहीले भने ।

उनले आयोजना सम्पन्न गर्न निर्माण व्यवसायी, मन्त्रालयका अधिकारी र कार्यालय प्रमुख सबै जिम्मेवार हुनुपर्नेमा जोड दिए । काम गर्न सक्ने अवस्था हुँदाहुँदै निर्माणमा ढिलाइ गर्ने व्यवसायीलाई भने सरकारले छुट दिन नसक्ने उनको भनाइ थियो ।

छलफलमा निर्माण व्यवसायी, आयोजना कार्यान्वयन गर्ने कार्यालयका प्रमुख, मन्त्रालयका अधिकारी तथा मुख्यमन्त्रीको सहभागिता थियो । बैठकमा लामो समयदेखि निर्माण रोकिएका सडक तथा पुल आयोजनाको वर्तमान अवस्था, निर्माणमा देखिएका समस्या, म्याद थपको अवस्था र काम सम्पन्न गर्ने उपायबारे छलफल भएको थियो ।

कर्णाली प्रदेशका आठ जिल्लामा १९ वटा सडक तथा पुल आयोजना वर्षौंदेखि निर्माण सम्पन्न हुन सकेका छैनन् । केही आयोजनाको भौतिक प्रगति न्यून छ भने केहीको निर्माण कार्य सुरु हुनसमेत सकेको छैन ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
6h ago
मधेसका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

मधेसका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

शनिबार दिउँसो १ बजे आव्हान गरिएको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिने सूची रहेको छ।

#रहे #मुख्यमन्त्री
Compare →
Hamro Patro News
2d ago
टोपबहादुर रायमाझी जेलमुक्त भएपछि ज्ञानेन्द्र शाहीको सरकारमाथि कडा प्रश्न: भ्रष्टाचारीलाई कारबाही गर्ने भाषण मात्रै हो कि नयाँ अनुसन्धान पनि हुन्छ?

टोपबहादुर रायमाझी जेलमुक्त भएपछि ज्ञानेन्द्र शाहीको सरकारमाथि कडा प्रश्न: भ्रष्टाचारीलाई कारबाही गर्ने भाषण मात्रै हो कि नयाँ अनुसन्धान पनि हुन्छ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी जेलमुक्त भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा सांसद ज्ञानेन्द्र शाहीले सरकारमाथि ...

#शाही #मात्रै
Compare →
Nagarik News
2h ago
मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले दिए राजीनामा

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले दिए राजीनामा

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन् । विश्वासको मत लिन बोलाइएको प्रदेशसभामा सम्बोधन गर्दै मुख्यमन्त्री यादवले पदबाट राजीनामा दिएका हुन् ।

#मुख्यमन्त्री
Compare →
Bizshala
1d ago
मन्त्री निवासदेखि ग्रामीण सडकसम्मका आठ आयोजनाको ठेक्का तोड्ने तयारी

मन्त्री निवासदेखि ग्रामीण सडकसम्मका आठ आयोजनाको ठेक्का तोड्ने तयारी

काठमाण्डौ । वर्षौँदेखि निर्माण अघि नबढेका तथा कामको प्रगति सन्तोषजनक नभएका आठ आयोजनाको ठेक्का अन्त्य गर्ने प्रक्रिया...

#आयोजना
Compare →

Related Stories

Politics & Governance
Build #2612