Trending
Prev Story
Next Story

पूर्वी र पश्चिम नवलपरासीमा वर्षा, धान खेतीमा असर

Ekantipur •
October 30, 2026 • 06:02 AM
3
3 reads 0 reactions

काट्न ठिक्क परेको धान दुई तीन दिन सम्म वर्षा भएमा पछि सुक्न समयम लाग्ने र काट्न ढिलो हुँदा खेतमा नै ढल्ने समस्या हुने किसानको गुनासो छ ।

पूर्वी र पश्चिम नवलपरासीमा वर्षा, धान खेतीमा असर

काट्न ठिक्क परेको धान दुई तीन दिन सम्म वर्षा भएमा पछि सुक्न समयम लाग्ने र काट्न ढिलो हुँदा खेतमा नै ढल्ने समस्या हुने किसानको गुनासो छ ।

नवलपुर — चक्रवातको प्रभावको कारण पूर्वी र पश्चिम नवलपरासीमा वर्षा भएको छ । पूर्वी नवलपरासीको त्रिवेणीमा पछिल्लो २४ घण्टामा ६ दशमलव २ मिलिमिटर र दुम्किबासमा ४ दशमलव २ मिलिमिटर वर्षा  मापन भएको छ । यसले गर्दा काट्न ठिक्क पारेको धान लाई असर पुर्‍याएको छ । बिहीबार रातिदेखि परेको वर्षा शुक्रबारसम्म पनि जारी छ ।

वर्षा हुने भएपछि किसानले हतार हतार खेती भित्राएको भए पनि अझै पनि ४० प्रतिशत किसानले धान काटेका छैनन् । काट्न ठिक्क परेको धान दुई तीन दिन सम्म वर्षा भएमा पछि सुक्न समयम लाग्ने र काट्न ढिलो हुँदा खेतमा नै ढल्ने समस्या हुने किसानको गुनासो छ ।

देवचुली–१६ का गोविन्द प्रसाद गैरेको धान काट्ने समय भएको छ । दसैं मनाएर धान काट्ने सोच बनाएका उनले पानी पर्ने सूचना समाजिक सञ्जालमा देखे । अहिले केही दिनदेखि कात्तिक १२ देखि १४ गतेसम्म पानी पर्न सक्ने सूचना आएको छ । यस पटक जिल्ला प्रशासन कार्यालय, मुख्य सञ्चार माध्यममा पनि मौसम खराब हुने सूचना आएको छ ।

‘बिहीबार दिउँसो पनि आकासमा बादल देखेपछि धान काटिएन । तर, धान खेतमा नै झर्ने समय हुन लागिसेकेको छ,’ गैरेले भने, ‘ग्रामीण भेगमा छौं । फेसबुक, टिकटकमा आउने सूचना र समाचारको भर पर्नुपर्ने अवस्था छ । अब यो चक्रवात आँधीको प्रभाव सकिएपछि धान काट्नुपर्ला । ठूलै पानी पर्ने होकी भन्ने चिन्ता छ । ’

दशैं मनाएर फुर्सदमा रहेका किसानले धान थन्काउने तयारी गरे पनि मौसममा आएको बदलीको कारण अधिकांशले काटेका छैनन् । आकाशको बादल र सञ्चार माध्यममा आउने मौसम सम्बन्धी समाचारको भर पर्नुपर्ने अवस्था छ । अधिकांशले मेसिन प्रयोग गरेर एकै दिन काट्ने र खेत भित्र्याउने गर्दछन् । तर , मेसिन नलगाउने र आफैंले अर्मपर्म गरेर खेती भित्र्याउनेलाई भने धान भिज्ने पिरलो छ ।

वर्षभरी खाने धान भिज्यो भने चामल किनेर खानुपर्ने पिरलो एकातिर छ भने पानी र हावाहुरीले पाकिसकेको धान ढलाउने होकी भन्ने चिन्ता लागेको मध्यबिन्दु ४ का रेबती तिवारीले गुनासो गरिन् । ‘पानीसहित हावाहुरी चल्ने भनेको छ । खेतमा धान पाकेको छ । अब पानीले खेतमा नै धान ढलेर भिज्यो भने वर्षभरी चामल किन्नु पर्दछ । मेहनत र लगानी दुबै खेर जान्छ,’ उनले भनिन्, ‘मौसम सम्बन्धी सूचना किसान लाई समयमा नै थाहा दिने प्रणालीको विकास गर्नुपर्‍यो । मौसमको भर नै नहुने भयो ।’

दसैंमा पनि पानी पर्ने भनेर सामाजिक सञ्जालमा देखिएको थियो । तर , पानी परेन् । पानी पर्ने सम्भावित स्थानको क्षेत्रमा अझ भनौ यस्ता चक्रवात आउने सम्भावना भएको क्षेत्रका स्थानीय लाई समयमा नै जानकारी गराउन आवश्यक रहेको कावासोतीका माधव सुवेदीले बताए ।

‘जलवायु परिवर्तनको कारण मौसमको आकलन गर्न पनि असहज छ । बिहान भरी घाम लागेको भए पनि दिउासो पानी पर्ने, हुस्सु लाग्ने अवस्था छ ।’ यसको प्रतक्ष्य असर किसानले भोगिरहेका छन् ।’

चक्रवातले असर गर्ने भन्दै किसानलाई कात्तिक १२, १३ र १४ गतेसम्म धान नकाट्न र काटिसेको भए तत्कालै व्यवस्थापन गर्न केही दिन अगाडि सूचना प्रवाह गरेको कृषि ज्ञान केन्द्र, नवलपुरका सूचना अधिकार विश्वास ढकालले बताए । तर, ग्रामीण भेगका किसानसम्म सूचना प्रभावकारी ढंगले पुग्न नसक्दा बिहीबार पनि किसानले धान काटिरहेका थिए । बिहीबार काटेको धानलाई रातीको पानीले असर पुर्‍याएको छ । यस अगाडि गरिएको मौसम पूर्वानुमान नमिलेको र सामाजिक सञ्जालको बढ्दो प्रयोग सँगै गलत सूचना प्रवाहको कारण पनि किसान समस्यामा पर्दै आएका छन् । पूर्वी नवलपरासीमा १८ हजार आठ सय १६ हेक्टर क्षेत्रफलमा वर्षे धान लगाइएको छ । बिहीबार सम्म ५० प्रतिशतभन्दा बढीले धान खेती भित्र्याइसकेका छन् ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
7h ago
छठको दिन पश्चिम नेपालमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

छठको दिन पश्चिम नेपालमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

छठ पर्वको दिन नेपालको पश्चिमी आधा भागमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।

#वर्षा #पश्चिम
Compare →
Hamro Patro News
2h ago
आज सामान्यतया सफा रहने, भोलिदेखि उच्च भूभागमा वर्षा, हिमपात र असिना पर्न सक्ने

आज सामान्यतया सफा रहने, भोलिदेखि उच्च भूभागमा वर्षा, हिमपात र असिना पर्न सक्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टा देशका केही हिमाली तथा पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । शनिबार मौसमसम्बन्धी जानकारी दिँदै मौसमविद् निष्ठा निरौलाले...

#वर्षा
Compare →
Onlinekhabar
7h ago
बाँकेमा धान खरिददेखि प्रशोधनसम्म सहकारीको साथ, किसानलाई राहत

बाँकेमा धान खरिददेखि प्रशोधनसम्म सहकारीको साथ, किसानलाई राहत

२८ कात्तिक, नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित साकार कृषि सहकारी संस्था लिमिटेडले यस वर्ष किसानबाट १० हजार क्विन्टल धान खरिद गर्न सुरु गरेको छ । सहकारीले गाउँमै किसानको उत्पादन खरिद गर्न थालेपछि स्थानीय किसानलाई धान बिक्री …

#धान
Compare →
Bizshala
19h ago
आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

काठमाण्डौ । तिहारको भाइटीकाका दिन वर्षा भएपछि चिसो बढेको देशका विभिन्न भागमा आइतबारदेखि फेरि मौसम बदली हुने सम्भावना...

#वर्षा
Compare →

Related Stories

Business & Economy
Build #2612