Trending
Prev Story
Next Story

वीरगन्जका अव्यवस्थित तरकारी तथा फलफूल बजार हटाउन महानगरको अल्टिमेटम

Ekantipur •
October 30, 2026 • 05:31 AM
3
3 reads 0 reactions

विभिन्न स्थानमा छरिएर थोक कारोबार गरिरहेका सबै व्यवसायीलाई छपकैयामा निर्माण गरिएको व्यवस्थित थोक बजारमा मंसिर २ गतेभित्र स्थानान्तरण भइसक्न महानगरपालिकाले निर्देशन दिएको छ ।

वीरगन्जका अव्यवस्थित तरकारी तथा फलफूल बजार हटाउन महानगरको अल्टिमेटम

विभिन्न स्थानमा छरिएर थोक कारोबार गरिरहेका सबै व्यवसायीलाई छपकैयामा निर्माण गरिएको व्यवस्थित थोक बजारमा मंसिर २ गतेभित्र स्थानान्तरण भइसक्न महानगरपालिकाले निर्देशन दिएको छ ।

काठमाडौँ — वीरगन्ज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा अव्यवस्थित रूपमा सञ्चालन भइरहेका तरकारी तथा फलफूलको थोक बजार हटाउन व्यवसायीलाई २१ दिनको समयसीमा दिएको छ। महानगरपालिकाले वडा नम्बर २ छपकैयामा निर्माण गरिएको व्यवस्थित थोक बजारमा आगामी मंसिर २ गतेभित्र स्थानान्तरण भइसक्न व्यवसायीलाई निर्देशन दिएको हो।

महानगरपालिकाले बिहीबार सार्वजनिक सूचना जारी गर्दै महानगर क्षेत्रभित्र विभिन्न स्थानमा छरिएर थोक कारोबार गरिरहेका सबै व्यवसायीलाई तोकिएको स्थानमा सर्न भनेको हो। निर्धारित स्थानबाहेक अन्यत्र जथाभावी थोक बजार सन्चालन गर्न तथा बजार लगाउनसमेत रोक लगाइएको सूचनामा उल्लेख छ।

विभिन्न सडक तथा सार्वजनिक स्थानमा अव्यवस्थित रूपमा तरकारी र फलफूलको थोक कारोबार हुँदा बजार व्यवस्थापन, यातायात सन्चालन तथा उपभोक्ताको सहज पहुँचमा समस्या उत्पन्न हुन सक्ने महानगरपालिकाको भनाइ छ। यस्ता समस्या न्यूनीकरण गर्न थोक कारोबारलाई एकै स्थानमा केन्द्रित गर्न लागिएको महानगरले जनाएको छ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहराद्वारा हस्ताक्षरित सूचनामा निर्धारित समयभित्र बजार स्थानान्तरण नगर्ने व्यवसायीमाथि प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ। तोकिएको समयसीमाभित्र बजार नसार्दा उत्पन्न हुने क्षतिको जिम्मेवारीसमेत सम्बन्धित व्यवसायीले नै लिनुपर्ने सूचनामा उल्लेख छ।

महानगरपालिकाले वीरगन्जलाई स्वच्छ, सुन्दर र व्यवस्थित सहर बनाउने अभियानअन्तर्गत सार्वजनिक स्थानको अतिक्रमण नियन्त्रण, बजार व्यवस्थापन तथा यातायात आवागमन सहज बनाउने उद्देश्यले यस्तो निर्णय गरेको जनाएको छ। व्यवसायीलाई निर्धारित स्थानमै कारोबार सञ्चालन गरी महानगरको बजार व्यवस्थापन अभियानमा सहयोग गर्न समेत आग्रह गरेको छ ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
6d ago
प्लास्टिकका फूलमाला बेच्ने पसलमा महानगरको अनुगमन

प्लास्टिकका फूलमाला बेच्ने पसलमा महानगरको अनुगमन

पोखरा महानगरपालिकाले तिहारमा प्लास्टिकका कृत्रिम फूलमालाको प्रयोग निरुत्साहित गर्दै स्थानीय उत्पादनका प्राकृतिक फूलमालालाई प्रोत्साहन गर्न बजार अनुगमन तीव्र बनाएको छ।

#महानगरपालिका #महानगर
Compare →
Onlinekhabar
19h ago
हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभियान चलाउने

हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभियान चलाउने

२८ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले चोरी भएर विदेशका विभिन्न सङ्ग्रहालय तथा स्थानमा पुगेका नेपाली धार्मिक तथा सांस्कृतिक सम्पदा पहिचान गरी स्वदेश फिर्ता ल्याउने अभियानलाई थप व्यवस्थित बनाउने भएको छ । यसका लागि महानगरले सम्पदाको अभिलेखीकरण, …

#महानगरपालिका #महानगर
Compare →
Hamro Patro News
2h ago
कति छ तरकारी र फलफूलको मूल्य ?

कति छ तरकारी र फलफूलको मूल्य ?

काठमाडौं - कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९शनिबार० का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, भारतीय ठूलो गोल...

#तरकारी #फलफूल
Compare →

Related Stories

Business & Economy
Build #2612