काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले ६ निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई एकदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखेको छ । विभिन्न सार्वजनिक निकायबाट प्राप्त सिफारिसका आधारमा कार्यालयले उनीहरूलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो ।
कार्यालयले सस्पेन्सन बृज डिभिजन, ललितपुरको सिफारिसमा काठमाडौंस्थित निलगिरी निर्माण सेवा प्रालि र सडक पूर्वाधार विकास कार्यालय, गुलरिया, बर्दियाको सिफारिसमा बुटवलस्थित लुम्बिनी इन्जिनियरिङ वक्र्स प्रालिलाई तीन वर्षका लागि कालोसूचीमा राखेको छ । यी कम्पनीका मुख्य व्यक्ति क्रमशः युवराज डाँगी र राजनकुमार पोखरेल हुन् ।
Read full story at source ( corporatenepal.com )