काठमाडौं – इजरायलको निर्वाचन प्रक्रियामा कतारले गैरकानुनी रूपमा हस्तक्षेप गरेको हुन सक्ने आशंकापछि त्यहाँको आन्तरिक सुरक्षा निकाय ‘शिन बेट’ले अनुसन्धान सुरु गरेको छ । केन्द्रीय निर्वाचन समितिका अध्यक्ष तथा सर्वोच्च अदालतका न्यायाधीश नोआम सोहलबर्गले शिन बेटका प्रमुख डेभिड जिनीलाई निर्वाचनमा सम्भावित धाँधलीबारे अनुसन्धान गर्न निर्देशन दिएका हुन् ।
सोहलबर्गले शिन बेटलाई उपलब्ध अधिकार प्रयोग गरी उठेका आशंकाको पुष्टि वा खण्डन गर्ने प्रमाण जुटाउन निर्देशन दिएका छन् । निर्वाचन प्रक्रियाप्रति जनविश्वास कायम राख्न र लोकतान्त्रिक प्रणालीको विश्वसनीयता सुनिश्चित गर्न अनुसन्धान आवश्यक रहेको उनको भनाइ छ । उनले एक साताभित्र अनुसन्धानको निष्कर्ष पेस गर्नसमेत निर्देशन दिएका छन् ।
Read full story at source ( bishowkhabar.com )