Trending
Prev Story
Next Story

सडक यात्रामा सचेतना अपनाउन महासंघ आह्वान

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

१२ कात्तिक, काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सडक यात्राका बेला सतर्कता अपनाउन आह्वान गरेको छ । १२ कात्तिक रातिदेखि १३ र १४ कात्तिकसम्म कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावनाबारे सचेत गराउँदै …

सडक यात्रामा सचेतना अपनाउन महासंघ आह्वान

१२ कात्तिक, काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सडक यात्राका बेला सतर्कता अपनाउन आह्वान गरेको छ ।

१२ कात्तिक रातिदेखि १३ र १४ कात्तिकसम्म कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावनाबारे सचेत गराउँदै महासंघले यस्तो आह्वान गरेको हो ।

कर्णाली र सुदूरपश्चिममा भने हावाहुरी, मध्यम वर्षाको अनुमान गरिएको छ । साथै, माथिल्लो भेगमा हिमपात प्रक्षेपण गरिएको छ ।

महासंघले आफ्ना सदस्य यातायात व्यवसायीलाई लामो तथा छोटो दुरीको यात्रामा सचेत हुन भनेको छ । पर्यटकलाई उच्च पहाडी र हिमाली क्षेत्रको यात्रामा नजान भनिएको छ । गइसकेका पर्यटकलाई सुरक्षित स्थानमा रहन आह्वान गरिएको छ ।

आवश्यक परे सवारी आवागमन बन्द गराउन र त्यस पूर्व सर्वसाधारणमा जानकारी गराउन समेत महासंघले आह्वान गरेको छ । संकट अवधिमा अत्यावश्यक नपरी यात्रा नगर्न र सरकारी निकायसँग समन्वय गर्न भनिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
2d ago
मधेस प्रदेशसभाको बैठक कात्तिक २८ गते आह्वान

मधेस प्रदेशसभाको बैठक कात्तिक २८ गते आह्वान

मधेस प्रदेशसभाको बैठक कात्तिक २८ गते आह्वान

#आह्वान #कात्तिक
Compare →
Ekantipur
1d ago
कोप-३१ : ग्रिन हाइड्रोजनमा आधारित रासायनिक मल कारखाना स्थापनाका लागि लगानी आह्वान

कोप-३१ : ग्रिन हाइड्रोजनमा आधारित रासायनिक मल कारखाना स्थापनाका लागि लगानी आह्वान

पाँच वर्षभित्र स्वदेशमै ग्रिन मल उत्पादन गरी नेपाली बजारमा पुर्‍याउने लक्ष्यसहित नेपालले स्वदेशी तथा विदेशी लगानीकर्ता, वित्तीय संस्था, विकास साझेदार र प्रविधि प्रदायकलाई परियोजनामा सहभागी हुन आह्वान गरेको छ ।

#आह्वान
Compare →

Related Stories

World News
Build #2612