Trending
Prev Story
Next Story

विराटनगर भन्सारको राजस्व असुली लक्ष्यभन्दा बढी, आयात–निर्यात दुवै बढे

Nagarik News •
October 29, 2026 • 12:34 PM
2
2 reads 0 reactions

असोज महिनाका लागि ३ अर्ब ९५ करोड ३३ लाख रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य राखिएकोमा ३ अर्ब ९८ करोड ८० लाख रुपैयाँ सङ्कलन भएको छ।

विराटनगर भन्सारको राजस्व असुली लक्ष्यभन्दा बढी, आयात–निर्यात दुवै बढे

विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको असोज महिनामा निर्धारित लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ। विराटनगर भन्सार कार्यालयले असोज महिनामा १००.२६ प्रतिशत राजस्व सङ्कलन गरेको हो।

विराटनगर भन्सार कार्यालयको तथ्याङ्कअनुसार असोज महिनाका लागि ३ अर्ब ९५ करोड ३३ लाख रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य राखिएकोमा ३ अर्ब ९८ करोड ८० लाख रुपैयाँ सङ्कलन भएको छ।

गत आर्थिक वर्षको असोज महिनामा विराटनगर भन्सार कार्यालयले ३ अर्ब ४९ करोड ८४ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा २ अर्ब ८८ करोड ६४ लाख रुपैयाँ मात्रै सङ्कलन भएको थियो। गत आर्थिक वर्षको असोज महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही महिनामा ३८.१५ प्रतिशत बढी राजस्व सङ्कलन भएको छ।

चालु आर्थिक वर्षको साउन, भदौ र असोज गरी तीन महिनाको समग्र राजस्व असुली निर्धारित लक्ष्यको ९५.८६ प्रतिशत पुगेको छ। यस अवधिमा १० अर्ब १५ करोड ६८ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ। चालु आर्थिक वर्षको तीन महिनाका लागि राजस्व सङ्कलनको लक्ष्य १० अर्ब ५९ करोड ५३ लाख रुपैयाँ रहेको थियो।

तीन महिनाको अवधिमा विराटनगर नाकाबाट ९८ अर्ब २६ करोड २६ लाख ८० हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने २९ अर्ब ३५ करोड ७४ लाख २ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ।

गत आर्थिक वर्षको यही अवधिमा ५८ अर्ब ७६ करोड ३९ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो भने २१ अर्ब ६६ करोड २२ लाख ९५ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो।

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा विराटनगर भन्सारबाट हुने आयात ६७ प्रतिशतले बढेको छ भने निर्यात ३६ प्रतिशतले बढेको छ।

प्रकाशित: १२ कार्तिक २०८३ १८:१९ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
पोखरामा लक्ष्यभन्दा बढी राजस्व संकलन

पोखरामा लक्ष्यभन्दा बढी राजस्व संकलन

आन्तरिक राजस्व कार्यालय पोखरामा लक्ष्यभन्दा १३ प्रतिशत बढी रकम सङ्कलन भएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म कार्यालयले एक अर्ब ५१ करोड २७ लाख ७६ हजार रुपैयाँ राजस्व जम्मा गर्ने लक्ष्य थियो ।...

#सङ्कलन #राजस्व #लक्ष्यभन्दा
Compare →
Arthasansar
1d ago
एनपीएल क्रिकेट : पोखरा प्लेअफ होडबाट बाहिरियो, सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित

एनपीएल क्रिकेट : पोखरा प्लेअफ होडबाट बाहिरियो, सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित

कप्तान सन्दीप लामिछानेले ह्याट्रिक सहित ६ विकेट लिँदा नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगरले बिहीबार पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित...

#विराटनगर
Compare →
Ekantipur
1d ago
पोखरामाथिको जितले विराटनगरको प्लेअफ आशा जीवितै

पोखरामाथिको जितले विराटनगरको प्लेअफ आशा जीवितै

यस जितसँगै विराटनगरले प्लेअफमा पुग्ने आशालाई कायमै राखेको छ । विराटनगरको ६ खेलमा ३ जित र ३ हारसँगै ६ अंकका साथ चौथो स्थानमा उक्लेको छ । ८ टोली बीच राउन्ड रोबिनमा प्रतिस्पर्धा गरेपछि शीर्ष चार टोली प्लेअफमा पुग्ने प्रावधान छ ।

#विराटनगर
Compare →
Onlinekhabar
1d ago
सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित, पोखरा प्लेअफ होडबाट बाहिरियो

सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित, पोखरा प्लेअफ होडबाट बाहिरियो

२६ कात्तिक, काठमाडौं । कप्तान सन्दीप लामिछानेले ह्याट्रिक सहित ६ विकेट लिँदा नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगरले बिहीबार पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित गरेको छ । पोखराले दिएको १३३ रनको लक्ष्य विराटनगरले १९.२ ओभरमा ६ …

#विराटनगर
Compare →

Related Stories

Business & Economy
Build #2612