Trending
Prev Story
Next Story

इनमसँग खुल्दै एकपछि अर्को हाईप्रोफाइल कनेक्सन, अनुसन्धान गर्न छुट्टै समिति गठन

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

१२ कात्तिक, काठमाडौं । विवादित छविका इनम सापकोटासँग थुप्रै हाईप्रोफाइल व्यक्तिहरूको कनेक्सन खुल्न थालेपछि छुट्टै समिति गठन गरेर अनुसन्धान अघि बढाइएको छ । सापकोटामाथि अनुसन्धान गर्न अहिले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी उपरीक्षक(एसपी) नरहरी …

इनमसँग खुल्दै एकपछि अर्को हाईप्रोफाइल कनेक्सन, अनुसन्धान गर्न छुट्टै समिति गठन

१२ कात्तिक, काठमाडौं । विवादित छविका इनम सापकोटासँग थुप्रै हाईप्रोफाइल व्यक्तिहरूको कनेक्सन खुल्न थालेपछि छुट्टै समिति गठन गरेर अनुसन्धान अघि बढाइएको छ ।

सापकोटामाथि अनुसन्धान गर्न अहिले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी उपरीक्षक(एसपी) नरहरी रेग्मीको नेतृत्वमा समिति गठन गरिएको छ । रेग्मीको टोलीले जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका सापकोटामाथि अनुसन्धान सुरु गरेको एक अधिकारीले बताए ।

परिसरको टोलीलाई समेत गाइड गर्नेगरी एसपी रेग्मीको टोलीले अनुसन्धानमा सहयोग गरेको ती अधिकारीको भनाइ छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग कनेक्सन देखिएको र अदालतमा सेटिङ गर्ने गरेको सूचना पाएपछि पक्राउ परेका सापकोटामाथि अनुसन्धान गर्दा एकपछि अर्को भीआईपी कनेक्सन खुल्दै गएका छन् ।

अहिले प्रधानन्यायाधीशदेखि, न्यायाधीशहरू, प्रहरीका उच्च अधिकारीहरू, सशस्त्र प्रहरीका अधिकारीहरू, व्यवसायीहरू, कर्मचारीहरूदेखि सांसदसहरूसम्म इनमको कनेक्सन देखिन थालेको छ ।

दिल्ली जान लागेका बेला त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका इनमविरुद्ध सुरुमा अभद्रको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको थियो । अहिले भने सम्पत्ति शुद्धीकरणको कसुरमा सापकोटामाथि अनुसन्धान भइरहेको छ ।

उनको मोबाइलको फरेन्सिक जाँच गर्दा भीआईपी कनेक्सनको जालो खुल्दै गएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
30m ago
इनम सापकोटाको सम्पर्क जताबाट हेरेपनि सरकारसँग जोडिएको छ : ओली

इनम सापकोटाको सम्पर्क जताबाट हेरेपनि सरकारसँग जोडिएको छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले बिचौलिया इनम सापकोटा सरकारका नजिक भनिएकाहरूसँगै जोडिएको दाबी गरेका छन्। बागमती प्रदेश सङ्गठन कमिटीको बैठकलाई सम्बोधन गर्दै सरकारले नै इनम सापकोटालाई प्र...

#काठमाडौं #इनम
Compare →

Related Stories

Business & Economy
Build #2612