Trending
Prev Story
Next Story

कांग्रेसका नवनिर्वाचित ४ केन्द्रीय सदस्यको शपथ रोकिने

Nagarik News •
October 29, 2026 • 07:50 AM
3
3 reads 0 reactions

नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट निर्वाचित चार केन्द्रीय सदस्यको शपथ रोक्ने भएको छ।

कांग्रेसका नवनिर्वाचित ४ केन्द्रीय सदस्यको शपथ रोकिने

नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट निर्वाचित चार केन्द्रीय सदस्यको शपथ रोक्ने भएको छ।

अदालतमा मुद्दा विचाराधीन रहेकाले सन्तोष चालिसे, विनीता खड्का, मोहन बस्नेत र उमेशचन्द्र यादवलाई तत्काल शपथ नगराउने तयारी गरिएको हो।

कांग्रेसका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथग्रहण कार्यक्रम आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुँदैछ।

निर्वाचनबाट केन्द्रीय सदस्यमा विजयी भएकी विनीता खड्कालाई भने निर्वाचन समितिले निर्वाचित भएको औपचारिक घोषणा गरेको छैन।

अदालतमा मुद्दा विचाराधीन रहेकाले चारै जनाको शपथ तत्कालका लागि नहुने बताइएको छ। अदालतबाट सफाइ पाएपछि उनीहरूले जिम्मेवारी पाउने बताइएको छ।

३५ वर्षमुनिको उमेर विवादमा भट्ट : कांग्रेस केन्द्रीय सदस्यको शपथ रोक्न माग

प्रकाशित: १२ कार्तिक २०८३ १३:३५ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
5d ago
‘बालेन सरकार फेसबुकमा छ, विकास निर्माणका काममा छैन’ : कांग्रेस नेता पोखरेल

‘बालेन सरकार फेसबुकमा छ, विकास निर्माणका काममा छैन’ : कांग्रेस नेता पोखरेल

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य लेखनाथ पोखरेलले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार सामाजिक सञ्जालमा मात्र सीमित रहेको तर काम र नीति निर्माणमा शून्य देखिएको आरोप लगाएका छन् । रिपो...

#केन्द्रीय #कांग्रेस
Compare →
Onlinekhabar
6d ago
कांग्रेस महामन्त्री पौडेलले भने- गिरफ्तारीको हल्लाले प्रश्न दबिँदैन, पहिले कुमार बेनले जवाफ दिनुपर्छ

कांग्रेस महामन्त्री पौडेलले भने- गिरफ्तारीको हल्लाले प्रश्न दबिँदैन, पहिले कुमार बेनले जवाफ दिनुपर्छ

२२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सभापति गगन थापालाई गिरफ्तार गर्ने तयारी भइरहेको भन्ने चर्चाप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनमाथि नै अनुसन्धान हुनुपर्ने बताएका छन्। आइतबार सामाजिक सञ्जाल …

#कांग्रेस
Compare →
Ekantipur
23h ago
भीमफेदी दुर्घटनामा मृतकका परिवारलाई उचित राहत र घाइतेको निःशुल्क उपचार गर्न कांग्रेसको माग

भीमफेदी दुर्घटनामा मृतकका परिवारलाई उचित राहत र घाइतेको निःशुल्क उपचार गर्न कांग्रेसको माग

पछिल्लो समय देशभर सडक दुर्घटनाका घटना बढ्दै जानु गम्भीर चिन्ताको विषय भन्दै कांग्रेसले सरकारले तत्काल उच्चस्तरीय कार्यदल गठन गरी यस्ता दुर्घटनाका कारणको गहन अध्ययन गर्न पनि आग्रह गरेको छ ।

#कांग्रेस
Compare →

Related Stories

Politics & Governance
Build #2612