Trending
Prev Story
Next Story

एनपीएल क्रिकेट : सुदूरपश्चिम र पोखराको खेलमा डीआरएस नभएको भए .....

Arthasansar •
October 29, 2026 • 08:04 AM
3
3 reads 0 reactions

तेस्रो संस्करणको नेपाल प्रिमियर लिगमा अघिल्ला दुई सिजनमा नभएको डीआरएस सिस्टम प्रयोग गरियो । अघिल्ला सिजनमा अम्पाएरका केही गलत डिसिजन...

एनपीएल क्रिकेट : सुदूरपश्चिम र पोखराको खेलमा डीआरएस नभएको भए .....

तेस्रो संस्करणको नेपाल प्रिमियर लिगमा अघिल्ला दुई सिजनमा नभएको डीआरएस सिस्टम प्रयोग गरियो । अघिल्ला सिजनमा अम्पाएरका केही गलत डिसिजन पछि डिआरएस ल्याउनु पर्ने माग भएको थियो । त्यो कुरालाई आत्मसाथ गरेर आयोगजक नेपाल क्रिकेट संघ (क्यान) ले यो पटक देखि डिआरएस पनि प्रयोग गरो ।

यसको उपयोगिता बुधबार भएको खेलमा निकै धेरै देखियो । बुधबार भएको खेलमा पहिलो ओभरको दोस्रो बलमै तीव्र गतिका बलर हेमन्त धामीले पोखरा एभेन्जर्सका ओपनर महेदी हसनविरुद्ध एलबीडब्लूको अपिल गरे । बलर एन्डमा रहेका बंगलादेशी अम्पायर मसुदुर रहमानले औँला उठाउँदै पहिलो बलको सामना गरेका हसनलाई आउट दिए । तर, हसनले अम्पायरको निर्णयमा चित्त बुभाएनन् । उनले नेपालमा पहिलोपटक प्रयोगमा ल्याइएको डिसिजन रिभ्यू सिस्टम (डीआरएस) को सहारा लिए । डीआरएस अम्पायरको निर्णय चित्त नबुझेमा खेलाडीले फेरि पुनः चेकका लागि अपिल गर्न मिल्ने प्रविधि हो ।

रिभ्यूमा बलले विकेट मिस गरेको देखिएपछि अम्पायर रहमानको निर्णय उल्टियो र हसन आउट हुनबाट जोगिए । डीआरएसबाट जोगिएका उनले पोखराका लागि २१ बलमा ३२ रन बनाए । यदि डीआरएस नभएको भए उनी शून्यमा नै आउट हुने थिए ।  त्यो खेलमा अर्को पनि रिभ्यु प्रयोग भयो । खेलको तेस्रो ओभरको दोस्रो बलमा सुदूरपश्चिम रोयल्सका बलर हेमन्तले नै फालेको बलमा पोखराका ब्याटर दिनेश खरेलको ब्याटमा लागेर बल विकेटकिपर विनोद भण्डारीको हातमा पुग्यो । हेमन्त, विनोदसहित सुदूरपश्चिमका खेलाडीले आउटको अपिल गरे । तर, अम्पायर रहमानले आउट दिएनन् । त्यसपछि सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले डीआरएस लिए । रिभ्यूपछि बल ब्याटको एजमा लागेर विकेटकिपरको हातमा पुगेको देखियो । यहाँ पनि अम्पायर रहमानको निर्णय उल्टियो । दिनेश ४ रनमा आउट भए ।

त्यसको अर्काे बलमा हेमन्तले पोखराका कप्तान कुशल भुर्तेललाई बलिङ गरे । बल कुशलको खुट्टामा लागेपछि हेमन्तसहित सुदूरपश्चिमका खेलाडीले जोडदार रूपमा एलबीडब्लूको अपिल गरे । अम्पायर रहमानले औँला उठाउँदै कुशललाई आउट दिए । तर, कुशलले अम्पायरको निर्णयमा चित्त बुझाएनन् र डीआरएस लिए । डीआरएस रिभ्यूमार्फत बलले विकेट मिस गर्ने देखिएपछि अम्पायरको निर्णय उल्टियो । यससँगै कुशल गोल्डेन डकआउट हुनबाट जोगिए । त्यसपछि उनले पोखराका लागि १७ बलमा २१ रनको योगदान दिए ।

दोस्रो इनिङको पाँचौँ ओभरको चौथो बलमा सुदूरपश्चिमका ब्रान्डन म्याकमलेनविरुद्ध पोखराका शाकिब अल हसनले एलबीडब्लूको अपिल गरे । तर, अम्पायर रहमानले त्यसलाई स्वीकार गरेनन् । पोखराका कप्तान कुशलले डीआरएस लिए । डीआरएस रिभ्यूले ब्रान्डन म्याकमलेन एलबीडब्लू आउट भएको देखिएपछि अम्पायर रहमानको निर्णय उल्टियो । यससँगै ब्रान्डन शाकिब अल हसनको बलमा एलबीडब्लू आउट भए । नेपालमा पहिलोपटक भित्रिएको डीआरएस प्रविधिले बुधबार एउटै खेलमा अम्पायरका चार निर्णयलाई उल्टाइदियो । जसले खेलको निष्पक्षतालाई समेत बढवा दियो । उक्त खेलमा अम्पायरका केही निर्णयलाई डीआरएस प्रविधिले सदर पनि गरेको थियो ।

यदि डिआरएस नभएको भए यो खेलको नतिजामा नै फरक पार्ने थियो । डिआरएसले दुवै टोलि र खेलाडीलाई मद्दत गरेको देयिखे । यदि सुदूरपश्चिम र पोखराबीचको खेलमा डीआरएस प्रविधि नभएको भए हसन र कुशल गोल्डेन डकआउट हुन्थे । एज लागेर क्याच आउट भएका दिनेश तेस्रो ओभरको दोस्रो बलमा आउट हुने थिएनन् । डीआरएसमार्फत एलबीडब्लूको शिकार बनेका ब्रान्डन शाकिबको बलमा आउट नहुन पनि सक्थे । तर, डीआरएस प्रविधिको प्रयोगले खेललाई झनै रोचक, प्रतिस्पर्धात्मक र निष्कक्ष बनाउन सहयोग गरेको छ । तर, पहिलोपटक भित्रिएको डीआरएस प्रविधि प्रयोगमा भने अम्पायरहरु अभ्यस्त नभएको प्रष्ट देख्न सकिन्थ्यो । सामान्यतया डीआरएसबाट निर्णय उल्टिएमा अम्पायरले दुवै हातलाई छातीअगाडि तेस्रो रूपमा एकअर्कामाथि क्रस गरेर ‘रिभर्सल’ को संकेत दिने गरिन्छ । तर, ती प्रक्रियाहरु कैयन पटक अम्पायरले बिर्सिएको देखियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
21h ago
अन्तिम ओभरमा १६ रन जोगाउँदै सुदूरपश्चिम प्लेअफमा, काठमाडौं स्तब्ध

अन्तिम ओभरमा १६ रन जोगाउँदै सुदूरपश्चिम प्लेअफमा, काठमाडौं स्तब्ध

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ मा सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै प्लेअफमा स्थान पक्का गरेको छ। अघिल्ला दुई सिजनको फाइनलमा पराजित भएको सुदूरपश्चिम लगातार तेस्रो सिज...

#एनपीएल #प्रिमियर-लिग #सिजन
Compare →
Onlinekhabar
21h ago
लो स्कोरिङ खेलमा काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

लो स्कोरिङ खेलमा काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

२७ कात्तिक, काठमाडौं । कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै प्लेअफमा स्थान पक्का गरेको छ । सुदूरपश्चिमले लिग चरणको आफ्नो अन्तिम खेलमा …

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Nagarik News
20h ago
सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको प्लेअफमा, सनसनीपूर्ण खेलमा काठमाडौं गोर्खाज पराजित

सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको प्लेअफमा, सनसनीपूर्ण खेलमा काठमाडौं गोर्खाज पराजित

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै सुदूरपश्चिमले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको हो।

#एनपीएल #सुदूरपश्चिम #खेलमा
Compare →
Ekantipur
6h ago
एनपीएल सिजन ३ : सुरुआती ६ ओभरको परीक्षा

एनपीएल सिजन ३ : सुरुआती ६ ओभरको परीक्षा

पहिलो र दोस्रो इनिङ्सको पावर प्ले औसत क्रमशः ४० र ४३ रनमा सीमित रहँदा तथा ४६ इनिङ्समध्ये चारमा मात्र ६० रनको आँकडा पार हुँदा टोलीहरूले सुरुआती ६ ओभरमा महत्त्वपूर्ण रन गुमाइरहेका छन्।

#एनपीएल #सिजन
Compare →

Related Stories

Sports
Build #2612