Trending
Prev Story
Next Story

लक्ष्मी सनराइज बैंकले प्रस्ताव गर्‍यो ५.२६ प्रतिशत लाभांश

Bizshala •
October 29, 2026 • 08:03 AM
2
2 reads 0 reactions

काठमाडौं। लक्ष्मी सनराइज बैंक लिमिटेडले सेयरधनीलाई ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।बैंकको बुधबार...

लक्ष्मी सनराइज बैंकले प्रस्ताव गर्‍यो ५.२६ प्रतिशत लाभांश

काठमाडौं। लक्ष्मी सनराइज बैंक लिमिटेडले सेयरधनीलाई ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकको बुधबार बसेको ३३१औँ सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि हाल कायम चुक्तापूँजीको आधारमा उक्त लाभांश प्रस्ताव गरेको हो।

बैंकले कुल ५.२६ प्रतिशत लाभांशमध्ये ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित बोनस सेयरको संख्या १ करोड ३३ लाख ९० हजार ५८१.७३ कित्ता रहेको छ।

त्यस्तै, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि बैंकले ०.२६ प्रतिशत अर्थात् ६ करोड ९६ लाख ३१ हजार २५ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनीले पाउनेछन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Arthasansar
1d ago
लाभांश पारित गर्न एनएमबि बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

लाभांश पारित गर्न एनएमबि बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

एनएमबि बैंक लिमिटेडले वार्षिक साभारणसभा आह्वान गरेको छ । बैंकले मंसिर २५ गतेका लागि ३१ औँ वार्षिक साधारणसभा आह्वान गरेको...

#लाभांश #बैंकले
Compare →
Ekantipur
1d ago
लाभांश घोषणाले सुपरमाइ हाइड्रोको सेयर मूल्य र कारोबार दुवै बढ्यो

लाभांश घोषणाले सुपरमाइ हाइड्रोको सेयर मूल्य र कारोबार दुवै बढ्यो

यो कम्पनी शुक्रबार सबैभन्दा धेरैले कारोबार हुने प्रमुख १० मध्ये नवौं स्थानमा छ ।

#लाभांश
Compare →

Related Stories

Business & Economy
Build #2612