Trending
Prev Story
Next Story

झापामा शिक्षकलाई लागुऔषध दुर्व्यसन पहिचान तालिम

Nagarik News •
October 29, 2026 • 06:49 AM
2
2 reads 0 reactions

विद्यालय तहबाटै लागुऔषध दुर्व्यसनको जोखिम पहिचान गरी रोकथामका प्रयास प्रभावकारी बनाउन झापाका २०० शिक्षकलाई विशेष तालिम प्रदान गरिँदैछ।

झापामा शिक्षकलाई लागुऔषध दुर्व्यसन पहिचान तालिम

विद्यालय तहबाटै लागुऔषध दुर्व्यसनको जोखिम पहिचान गरी रोकथामका प्रयास प्रभावकारी बनाउन झापाका २०० शिक्षकलाई विशेष तालिम प्रदान गरिँदैछ। विद्यार्थीमा देखिनसक्ने दुर्व्यसनका प्रारम्भिक लक्षण पहिचान, आधारभूत परामर्श तथा आवश्यक सहयोगका विषयमा तालिम दिन लागिएको हो।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको नेतृत्वमा बुधबार जिल्ला प्रशासन कार्यालयमा भएको सरोकारवालाको छलफलले पहिलो चरणमा २०० जना प्रतिनिधिमूलक शिक्षकलाई तालिम दिने निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी पोखरेलले विद्यालय तहबाटै लागुऔषध दुर्व्यसन न्यूनीकरणका लागि शिक्षकको भूमिका महत्वपूर्ण हुने बताए। 'विद्यार्थीमा देखिनसक्ने दुर्व्यसनका प्रारम्भिक लक्षण शिक्षकले समयमै पहिचान गर्नसके आवश्यक परामर्श र सहयोगका लागि सम्बन्धित निकायसँग समन्वय गर्न सहज हुन्छ', उनले भने।

जिल्ला प्रशासन कार्यालयले लागुऔषध दुर्व्यसन नियन्त्रण प्रशासन वा सुरक्षा निकायको प्रयासले मात्रै सम्भव नहुने उल्लेख गर्दै शिक्षक, स्थानीय तह, नगर प्रहरी, समुदाय तथा अन्य सरोकारवालाको सहकार्य आवश्यक रहेको जनाएको छ।

अभियानलाई क्रमशः विस्तार गर्दै पुनःस्थापना केन्द्र (रिहाब सेन्टर)लगायतका संस्थालाई तालिम तथा अभिमुखीकरण प्रदान गरिनेछ।

जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्काले लागुऔषध दुर्व्यसन न्यूनीकरणलाई साझा अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए। उनले शिक्षक, विद्यार्थी र समुदायका सबैपक्षको सक्रिय सहभागिताबाट मात्रै यसको रोकथाम प्रभावकारी हुने बताए।

प्रहरी र स्थानीय तहको सहकार्यमा विद्यालयमा लागुऔषध विरुद्धका पोस्टर टाँस्ने र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने काम निरन्तर भइरहेको जानकारी दिँदै उनले युवालाई लक्षित सचेतना कार्यक्रमलाई अघि बढाइने बताए।

छलफलमा शिक्षा विकास तथा समन्वय इकाइ, निजी तथा आवासीय विद्यालयका प्रतिनिधि तथा सुरक्षा निकायका प्रमुखलगायत सरोकारवालाको सहभागिता थियो।

प्रकाशित: १२ कार्तिक २०८३ १२:३४ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
6d ago
मोटरसाइकलमा लुकाएर ल्याइएको १२९ बोतल लागुऔषध कोरेक्स बरामद

मोटरसाइकलमा लुकाएर ल्याइएको १२९ बोतल लागुऔषध कोरेक्स बरामद

२१ कात्तिक, सर्लाही । सर्लाहीमा सशस्त्र प्रहरीले मोटरसाइकलको पेट्रोल ट्याङ्कीभित्र लुकाएर ल्याइएको १२९ बोतल प्रतिबन्धित लागुऔषध कोरेक्स बरामद गरेको छ । ब्रह्मपुरी गाउँपालिका–४ स्थित त्रिभुवननगरमा सहायक सीमा स्तम्भ नम्बर ३२४÷३ नजिक दशगजा क्षेत्रमा खटिएको सशस्त्र प्रहरीको …

#लागुऔषध
Compare →
Hamro Patro News
1w ago
नक्कली अध्यापन अनुमतिपत्र पेस गरेर शिक्षक बनेका शाहीविरुद्ध भ्रष्टाचार मुद्दा

नक्कली अध्यापन अनुमतिपत्र पेस गरेर शिक्षक बनेका शाहीविरुद्ध भ्रष्टाचार मुद्दा

सुर्खेत । नक्कली स्थायी अध्यापन अनुमतिपत्र पेस गरी शिक्षक पदमा नियुक्ति लिएको आरोपमा जुम्लाका एक शिक्षकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयो...

#शिक्षक
Compare →
Ekantipur
1d ago
भीमफेदी गाडी दुर्घटनामा ज्यान गुमाउने १३ जना, ११ जनाको पहिचान खुल्यो [नामसहित]

भीमफेदी गाडी दुर्घटनामा ज्यान गुमाउने १३ जना, ११ जनाको पहिचान खुल्यो [नामसहित]

माइक्रोबस दुर्घटनामा ज्यान गुमाउनेमा सर्लाहीको कबिलासी गाउँपालिका–८ का ३० वर्षीय चालक रविशंकर कुमार मण्डल र चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका १० जनाको पहिचान खुलेको छ ।

#पहिचान
Compare →

Related Stories

Education & Youth
Build #2612