Trending
Prev Story
Next Story

भारी वर्षाको जोखिम रहेकाले तीन दिन उच्च सतर्कता अपनाउन भक्तपुर प्रशासनको आग्रह

Ekantipur •
October 29, 2026 • 04:02 AM
2
2 reads 0 reactions

अर्नव चक्रवातका कारण मेघगर्जन, चट्याङ र हावाहुरीसहितको वर्षाले जनजीवन, कृषि तथा यातायात प्रभावित हुनसक्ने प्रशासनले जनाएको छ।

भारी वर्षाको जोखिम रहेकाले तीन दिन उच्च सतर्कता अपनाउन भक्तपुर प्रशासनको आग्रह

अर्नव चक्रवातका कारण मेघगर्जन, चट्याङ र हावाहुरीसहितको वर्षाले जनजीवन, कृषि तथा यातायात प्रभावित हुनसक्ने प्रशासनले जनाएको छ।

भक्तपुर — जिल्ला प्रशासन कार्यालय भक्तपुरले आजदेखि कात्तिक १४ गतेसम्म मौसम प्रतिकूल रहने सम्भावना रहेकाले कृषि कार्यदेखि यात्रासम्म सावधानी अपनाउन आग्रह गरेको छ ।

सम्भावित भारी वर्षा, बाढी, पहिरो तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । प्रशासनले नदी तथा खोलाको किनारमा बसोबास गर्ने नागरिक, पहिरोको जोखिममा रहेका बस्तीका बासिन्दा, किसान, यात्रु तथा सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी बिनोदकुमार खड्काले जानकारी दिए ।

मौसम विज्ञान विभागले कात्तिक ९ गते जारी गरेको विशेष मौसमी बुलेटिनका आधारमा कात्तिक १२ गतेदेखि १४ गते शनिबारसम्म देशका विभिन्न स्थानमा मौसम प्रतिकूल रहन सक्ने जनाएको छ ।

बंगालको खाडीमा बनेको अर्नव चक्रवातका कारण मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेकाले जनजीवन, कृषि क्षेत्र, सडक यातायात तथा भौतिक संरचनामा असर पर्न सक्ने भन्दै समयमै सतर्कता अपनाउनु आवश्यक रहेको जनाएको छ ।

भारी वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव तीव्र रूपमा बढ्न सक्ने र तटीय क्षेत्रमा आकस्मिक बाढी तथा डुबानको जोखिम रहन सक्ने प्रशासनले जनाएको छ ।

वर्षाका कारण खेतबारीमा पानी जम्ने, काटिएको धान भिज्ने तथा कृषि उपजमा क्षति पुग्ने सम्भावना रहेकाले किसानलाई मौसमको पूर्वानुमानलाई ध्यानमा राखेर कृषि कार्यको व्यवस्थापन गर्नसमेत आग्रह गरिएको छ ।

मौसम प्रतिकूल रहने सम्भावनालाई ध्यानमा राख्दै प्रशासनले पर्यटकलाई उच्च पहाडी तथा हिमाली क्षेत्रमा नयाँ पदयात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ ।

सुन्दर शिल्पकार कान्तिपुर मिडिया ग्रुपका भक्तपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
भाइटीकाकै दिन काठमाडौंमा असिनासहित भारी वर्षा, चिसियो मौसम

भाइटीकाकै दिन काठमाडौंमा असिनासहित भारी वर्षा, चिसियो मौसम

काठमाडौं- भाइटीकाको उल्लासमय वातावरणबीच बुधवार काठमाडौं उपत्यकामा असिनासहित भारी वर्षा भएको छ । दिउँसो अचानक परेको वर्षा र असिनाका कारण भाइटीका लगाउने तथा आफन्त र इष्टमित्रकहाँ टीका थाप्न जाने तया...

#वर्षा #भारी
Compare →
Nagarik News
3h ago
छठको दिन पश्चिम नेपालमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

छठको दिन पश्चिम नेपालमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

छठ पर्वको दिन नेपालको पश्चिमी आधा भागमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।

#वर्षा
Compare →
Bizshala
15h ago
आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

काठमाण्डौ । तिहारको भाइटीकाका दिन वर्षा भएपछि चिसो बढेको देशका विभिन्न भागमा आइतबारदेखि फेरि मौसम बदली हुने सम्भावना...

#वर्षा
Compare →
Onlinekhabar
1d ago
रोहिणी नदी कटानले शवदाहस्थल र पुल जोखिममा

रोहिणी नदी कटानले शवदाहस्थल र पुल जोखिममा

२७ कात्तिक, बुटवल । रुपन्देहीको तिलोत्तमा–११ स्थित रोहिणीघाटमा नदी कटानका कारण शवदाहस्थल र नजिकै रहेको रोहिणी पुल उच्च जोखिममा परेका छन् । हरेक वर्ष वर्षायाममा आउने बाढीले नदी किनारको जमिन कटान गर्दै लगेपछि दशकौंदेखि दाहसंस्कार हुँदै …

#जोखिम
Compare →

Related Stories

National (Nepal)
Build #2612