Trending
Prev Story
Next Story

कांग्रेस केन्द्रीय सदस्य निर्वाचित भट्टविरुद्ध निर्वाचन समितिमा उजुरी

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
3
3 reads 0 reactions

११ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित सुशील भट्टविरुद्ध निर्वाचन समितिमा उजुरी परेको छ । भट्ट १५औं महाधिवेशनमा ३५ वर्ष मुनिको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । तर, उनी निर्वाचित हुँदा ३५ वर्ष नाघिसकेको …

कांग्रेस केन्द्रीय सदस्य निर्वाचित भट्टविरुद्ध निर्वाचन समितिमा उजुरी

११ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित सुशील भट्टविरुद्ध निर्वाचन समितिमा उजुरी परेको छ ।

भट्ट १५औं महाधिवेशनमा ३५ वर्ष मुनिको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । तर, उनी निर्वाचित हुँदा ३५ वर्ष नाघिसकेको दाबी उजुरीमा छ ।

३५ वर्ष मुनिका युवा महाधिवेशन प्रतिनिधि क्लस्टरबाट उम्मेदवारी दिएका तथा निर्वाचित भएका सबै उम्मेदवारहरूको उमेरसम्बन्धी विवरण आधिकारिक नागरिकता तथा अन्य प्रामाणिक कागजातका आधारमा छानबिन गर्न उजुरीमा माग गरिएको छ ।

सोही क्लस्टरबाट उम्मेदवार बनेका सौगात थापाले निर्वाचन समितिमा उजुरी दिएका हुन् । निर्वाचन समितिले उजुरीबारे हालसम्म कुनै निर्णय गरिसकेको छैन ।

प्रत्येक उम्मेदवारको उमेर मनोनयन दर्ता गर्दाको मितिलाई आधार मानी विधानमा तोकिएको उमेरसम्बन्धी योग्यता पूरा भए–नभएको यकिन गर्नुपर्ने उजुरीमा उल्लेख छ ।

कांग्रेसका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ भोलि हुँदैछ ।

यस्तो छ निर्वाचन समितिमा पठाइएको उजुरी–

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
1d ago
मधेशका मुद्दा कांग्रेसको केन्द्रीय योजना बन्नुपर्छ : महामन्त्री पौडेल

मधेशका मुद्दा कांग्रेसको केन्द्रीय योजना बन्नुपर्छ : महामन्त्री पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मधेशका स्थानीय आवश्यकता र समस्यालाई पहिचान गरी तयार पारिएका एजेन्डालाई पार्टीको केन्द्रीय योजना बनाउनुपर्ने बताएका छन्।

#केन्द्रीय #कांग्रेस
Compare →
Hamro Patro News
55m ago
एन्फा निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय

एन्फा निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नियमित निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न कार्यसमिति बैठकले २०८३/२०८६ का लागि नयाँ नेतृत्व चयन गर्न निर्व...

#निर्वाचन
Compare →

Related Stories

Politics & Governance
Build #2612