Trending
Prev Story
Next Story

क्रिश्चियन मिशनका लागि स्वास्थ्य शिविर सञ्चालन गर्ने दश विदेशी पक्राउ

Nagarik News •
October 28, 2026 • 02:05 PM
3
3 reads 0 reactions

पर्यटक भिसामा आइ क्रिश्चियन मिशनका लागि स्वास्थ्य शिविर सञ्चालन गर्ने दश विदेशी नागरिक पक्राउ परेका छन्।

क्रिश्चियन मिशनका लागि स्वास्थ्य शिविर सञ्चालन गर्ने दश विदेशी पक्राउ

पर्यटक भिसामा आइ क्रिश्चियन मिशनका लागि स्वास्थ्य शिविर सञ्चालन गर्ने दश विदेशी नागरिक पक्राउ परेका छन्।

मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा क्रिश्चियन धार्मिक गतिविधि प्रचारमा संलग्न रहेको ‘मर्सी डेभलपमेन्ट’ नामक संस्थाले पर्यटक भिसामा आएका विदेशी चिकित्सकसहित स्वास्थ्य शिविर सञ्चालन गरेको कारण दश जना विदेशी नागरिकहरूको कागजात जफत गरी अध्यागमन विभाग पठाइएको गृहमन्त्रालयले जनाएको छ।

शिविरमा आवश्यक अनुमति नलिई पर्यटक भिसामा आएका विदेशी नागरिक संलग्न भएकाले विदेशी नागरिक अनुगमन जिल्ला समितिको निर्णयले उनीहरूको राहदानी आवश्यक कारबाहीका लागि बिभाग पठाइएको हो।

यही कात्तिक ८ गतेदेखि चार दिनसम्म सञ्चालन गर्ने गरी सुरु गरिएको शिविरमा १० जना विदेशी नागरिकसहित सेवा दिइरहेका थिए। शिविरको तयारी पास्टर पावेल दङ्गालले गरेका थिए।

स्थानीयस्तरमा अस्पताल निर्माण गर्ने उद्देश्यले प्रयोग गरिने भनिएको जग्गामा यसअघि पास्टर बाङदेलले क्रिश्चियन धार्मिक कक्षा सञ्चालन गर्दै आएका थिए।

मोरङको कानेपोखरी बरगाछीका किराना व्यवसायी नवराज श्रेष्ठले अस्पताल निर्माणका लागि भन्दै तीन कट्ठा जग्गामा छ वटा साना-ठूला भवन निर्माण गरेको र सोही भवनमा हाल धार्मिक गतिविधि तथा अन्य कार्यक्रमका लागि प्रयोग भइरहेको विवाद सुरु भएपश्चात् स्थानीयलाई खुसी पार्न किराना व्यवसायी नवराज श्रेष्ठले शिविरको आयोजना गरेका थिए।

हाल उक्त स्थानमा दुई जना पास्टर र केही सिलाइकटाइ प्रशिक्षक बस्दै आएको पाइएको छ। कार्यक्रममा ब्राजिल, क्यानडा र अमेरिकाका गरी १० जना विदेशी नागरिकको रहेका थिए।

उनीहरू सन् २०२६ अक्टोबर २२ र २३ मा नेपाल प्रवेश गरेको तथा उनीहरूको भिसाको म्याद नोभेम्बर ६ देखि २१ सम्म रहेको देखिन्छ। निम्न उल्लेखित विदेशी नागरिकमध्ये तीन जना ब्राजिलका, दुई जना क्यानडाका र पाँच जना अमेरिकी नागरिक रहेका छन्।

प्रकाशित: ११ कार्तिक २०८३ १९:५० बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
6d ago
अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल

अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल

२२ कात्तिक, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्गमा पर्यटकको चहलपहल बढेको छ । अनुकूल मौसम भएपछि दशैं, तिहारको बिदा मनाउनका लागि आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको …

#शिविर #पर्यटक
Compare →
Hamro Patro News
6d ago
अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढ्यो

अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढ्यो

अनुकूल मौसम र दसैँ–तिहारको बिदाका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्गमा पर्यटकको चहलपहल बढेको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम...

#शिविर #पर्यटक
Compare →
Ekantipur
4d ago
पर्यटकले भरिभराउ लुक्ला, दिनमै २ सय उडान

पर्यटकले भरिभराउ लुक्ला, दिनमै २ सय उडान

सगरमाथा आधार शिविर (एभरेस्ट बेस क्याम्प), नाम्चे बजार, गोक्यो ताललगायतका हिमाली गन्तव्यमा पुग्ने पर्यटकको आवागमन बढेसँगै लुक्लामा चहलपहल बढेको हो।

#शिविर #पर्यटक
Compare →

Related Stories

Health & Wellness
Build #2612