Trending
Prev Story
Next Story

नवजात शि’ शु ट्वाइलेटको च्याम्बरमा फा’ लेर फरार आमा पक्राउ

Nagarik News •
October 28, 2026 • 12:49 PM
3
3 reads 0 reactions

पोखराको लेकसाइडस्थित एक घरको ट्वाइलेटको च्याम्बरमा सालनालसहितको नवजात शिशु फालेर फरार भएकी आमालाई प्रहरीले पक्राउ गरेको छ।

नवजात शि’ शु ट्वाइलेटको च्याम्बरमा फा’ लेर फरार आमा पक्राउ

पोखराको लेकसाइडस्थित एक घरको ट्वाइलेटको च्याम्बरमा सालनालसहितको नवजात शिशु फालेर फरार भएकी आमालाई प्रहरीले पक्राउ गरेको छ।

मृत शिशु फेला परेपछि फरार रहेकी १९ वर्षीया महिलालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका-२१ कृष्टी माइती भई स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका-१ घर भएकी १९ वर्षीया निरुता नेपाली रहेकी छन्।

उनलाई कास्की जिल्ला अदालतबाट कर्तव्य ज्यान सम्बन्धी कसूरमा १० दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक बिरेन्द्र कुमार पासवानले जानकारी दिए।

प्रहरीका अनुसार कात्तिक ३ गते साँझ करिब ७:४० बजे पोखरा-६ लेकसाइडस्थित स्ट्रिट नम्बर ८ को भित्री गल्लीमा तोड बहादुर थापाको टिनले छाएको टहरामा रहेको ट्वाइलेट जाम भएको थियो।

पानी नबगेपछि घरधनीले ट्वाइलेट बाहिर रहेको च्याम्बर खोलेर हेर्दा भर्खरै जन्मिएको सालनालसहितको पुरुष नवजात शिशु मृत अवस्थामा फेला परेको थियो।

घटनाको जानकारी पाएलगत्तै वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले घटनास्थलको लासजाँच मुचुल्का गरी शिशुको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) पठाएको थियो।

अनुसन्धानका क्रममा सोही टहरामा कोठा भाडामा बस्दै आएकी निरुता शिशु फालेर फरार भएको खुलेको थियो। खोजतलासका क्रममा प्रहरीले उनलाई कात्तिक ४ गते दिउँसो करिब १:१५ बजे पोखरा महानगरपालिका-२१ लुकुन्स्वाराबाट पक्राउ गरेको हो।

पक्राउ गरेपछि उनको चिकित्सकद्वारा स्वास्थ्य परीक्षण गराइएको छ। निरुताको २०७८ सालमा स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका-१ का राजन सार्कीसँग सामाजिक परम्परा अनुसार विवाह भएको खुलेको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: ११ कार्तिक २०८३ १८:३४ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
मुस्ताङको होटेलबाट जेनजी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ

मुस्ताङको होटेलबाट जेनजी आन्दोलनमा फरार बलात्कारका दोषी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा कास्की कारागारबाट फरार भएका जबरजस्ती करणी मुद्दाका दोषी ४८ वर्षीय नारायण घिमिरे १५ महिनापछि मुस्ताङबाट पक्राउ परेका छन् । लमजुङको मस्र्याङ्दीमा होटल सञ्चालन गर्दा...

#फरार
Compare →
Ekantipur
1w ago
डोल्पा कारागारबाट सुरुङ खनेर ६ कैदी* फरार

डोल्पा कारागारबाट सुरुङ खनेर ६ कैदी* फरार

बिहान कैदीबन्दी गणना गर्दा संख्या नपुगेपछि घटना सार्वजनिक, सीसीटीभी फुटेज जाँच्दै प्रहरी

#फरार
Compare →
Onlinekhabar
1w ago
डोल्पा कारागारबाट भागेका थप दुई कैदी पक्राउ, अझै चार जना फरार

डोल्पा कारागारबाट भागेका थप दुई कैदी पक्राउ, अझै चार जना फरार

१८ कात्तिक, सुर्खेत । डोल्पा जिल्ला कारागारबाट फरार भएका आठ जनामध्ये अहिलेसम्म चार जना पक्राउ परेका छन् । मंगलबार रुकुम पश्चिमबाट दुई जना र बुधबार बिहान डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ बाट थप दुई जना पक्राउ परेसँगै …

#फरार
Compare →
Arthasansar
1w ago
सुरेन्द्र सिटौलको ‘पाठशाला’ र विशाल सिटौलाको ‘आमा’ लोकार्पण

सुरेन्द्र सिटौलको ‘पाठशाला’ र विशाल सिटौलाको ‘आमा’ लोकार्पण

डा. सुरेन्द्र सिटौलाको कृति ‘पाठशाला’ र डा. विशाल सिटौलाको कृति ‘आमा : एक युग एक दर्शन’ लोकार्पण गरिएको छ ।...

#आमा
Compare →

Related Stories

National (Nepal)
Build #2612