Trending
Prev Story
Next Story

'अर्नब' चक्रवातको प्रभाव - लुम्बिनीका ७ जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह

Arthasansar •
October 28, 2026 • 11:36 AM
4
4 reads 0 reactions

अर्नब चक्रवातको प्रभावले लुम्बिनी प्रदेशका सात जिल्ला बढी प्रभावित हुने पूर्वानुमान गरिएको छ । बङ्गालको खाडीबाट उत्पन्न भई भारतीय भूमि हुँदै...

'अर्नब' चक्रवातको प्रभाव - लुम्बिनीका ७ जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह

अर्नब चक्रवातको प्रभावले लुम्बिनी प्रदेशका सात जिल्ला बढी प्रभावित हुने पूर्वानुमान गरिएको छ ।

बङ्गालको खाडीबाट उत्पन्न भई भारतीय भूमि हुँदै आएको 'अर्नब' चक्रवातका कारण लुम्बिनी प्रदेशका अर्घाखाँची, पाल्पा, कपिलवस्तु, प्युठान, रुकुम पूर्व, रोल्पा र नवलपरासी पश्चिम बढी प्रभावित हुने प्रदेश सरकारले जनाएको छ । जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिनलाई आधार मान्दै प्रदेश सरकारको आन्तरिक मामिला, कानुन तथा यातायात मन्त्रालयले यही कात्तिक १३ र १४ गते यी जिल्लाहरूमा उच्च सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरेको छ।

यस अवधिमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षा हुने तथा नदीनालामा पानीको सतह बढेर सडक र हवाई यातायात समेत प्रभावित हुन सक्ने भन्दै मन्त्रालयले विशेष अपिल गरेको छ। सम्भावित क्षति न्यूनीकरणका लागि किसानहरूलाई कात्तिक १२ गतेभन्दा अगावै धानबाली काटिसक्न र भित्र्याउन, उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा नगर्न र अति आवश्यक पर्दाबाहेक घरबाहिर ननिस्कन अनुरोध गरिएको छ। साथै, नदी किनारका बासिन्दालाई सुरक्षित रहन, स्थानीय प्रशासन र सुरक्षा निकायलाई सम्भावित जोखिमयुक्त क्षेत्रका बासिन्दालाई समयमै सुरक्षित स्थानमा सार्न, उद्धारका लागि तयारी अवस्थामा बस्न र आवश्यकताअनुसार यातायात आवागमनमा रोक लगाउने व्यवस्था मिलाउन निर्देशन दिइएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
एनपीएलमा  आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा

एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज साविक विजेता लुम्बिनी लायन्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुँदै छ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बेलुका ५ बजे सुरु हुनेछ।

#लुम्बिनी
Compare →
Onlinekhabar
4h ago
एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

२८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज एउटा मात्रै खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे हुने खेलमा लुम्बिनी लाइन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । अंक …

#लुम्बिनी
Compare →
Ekantipur
19h ago
आध्यात्मिक गतिविधिले गुल्जार लुम्बिनी

आध्यात्मिक गतिविधिले गुल्जार लुम्बिनी

तीन ठूला अन्तर्राष्ट्रिय पूजा तथा प्रवचनमा विभिन्न देशका भिक्षु, भिक्षुणी र उपासक सहभागी हुँदा लुम्बिनीको पर्यटनसमेत चलायमान बनेको छ।

#लुम्बिनी
Compare →
Nagarik News
1d ago
कर्णालीलाई ४ विकेटले हराउँदै लुम्बिनी लायन्स प्लेअफमा

कर्णालीलाई ४ विकेटले हराउँदै लुम्बिनी लायन्स प्लेअफमा

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा प्रवेश गरेको छ।

#लुम्बिनी
Compare →

Related Stories

National (Nepal)
Build #2612