Trending
Prev Story
Next Story

व्यवसायी गुप्ता मृत फेला प्रकरण : तीन जना पक्राउ, यस्तो थियो घटना

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

११ कात्तिक, विराटनगर । विराटनगरमा ब्याट्री व्यवसाय गर्दै आएका ६९ वर्षीय लालजीप्रसाद गुप्ताको हत्या आरोपमा प्रहरीले एक जना हार्डवेयर व्यापारीसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–६ स्वागत चोक घर भई महावीर चोकमा …

व्यवसायी गुप्ता मृत फेला प्रकरण : तीन जना पक्राउ, यस्तो थियो घटना

११ कात्तिक, विराटनगर । विराटनगरमा ब्याट्री व्यवसाय गर्दै आएका ६९ वर्षीय लालजीप्रसाद गुप्ताको हत्या आरोपमा प्रहरीले एक जना हार्डवेयर व्यापारीसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–६ स्वागत चोक घर भई महावीर चोकमा हार्डवेयरको गोदाम सञ्चालन गर्दै आएका ३६ वर्षीय अफ्रोज आलम छन् । हत्यापछि शव व्यवस्थापनमा आलमलाई सघाएको आरोपमा १३ वर्षीय भारतीय बालक र १६ वर्षीय नेपाली किशोर पनि पक्राउ परेका छन् । उनीहरूलाई प्रहरीले मंगलबार राति पक्राउ गरेको हो ।

विराटनगर–६ धरान रोडमा ‘लाल ब्याट्री एन्ड सन्स ट्रेडर्स’ सञ्चालन गर्दै आएका गुप्ता गत कात्तिक ६ गते शुक्रबार दिउँसो करिब ३ बजेदेखि बेपत्ता थिए । त्यसको दुई दिनपछि सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केशलिया खोलाको किनारमा उनको शव बेवारिसे अवस्थामा फेला परेको थियो ।

शव फेला परेपछि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले प्राविधिक र स्थलगत अनुसन्धानका आधारमा मंगलबार साँझ उनीहरूलाई पक्राउ गरि बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार विराटनगर–६ स्थित ‘माता इलेक्ट्रिक वर्क्स’बाट केही दिनअघि पानी तान्ने मोटरको तार हराएको थियो । त्यसपछि गुप्ताले आलमले चोरी गरेको हल्ला फैलाइदिएका थिए । सोही विषयलाई लिएर उनीहरूबीच विवाद बढेको थियो ।

चोरीको आरोप लगाएपछि आलमले गुप्तालाई छलफलका लागि भन्दै कात्तिक ६ गते दिउँसो आफ्नै घरमा बोलाएको प्रहरी अनुसन्धानले देखाएको छ । घर पुगेपछि आरोपको विषयमा विवाद हुँदा आलमले फलामको जीआई पाइपले गुप्ताको टाउकोमा प्रहार गरेको र गम्भीर घाइते भएपछि फेरि आक्रमण गर्दा गुप्ताको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्र खड्का नभएको आरोप लगाएको भन्दै घरमै बोलाएर हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको बताउँछन् ।

‘नभएको आरोप लगाए भनेर घरमै बोलाएर हत्या गरेको देखिन्छ । चोरी गरेको हो/होइन भन्ने खुलिसकेको छैन,’ डीएसपी खड्काले भने, ‘हत्यापछि मदर्सामा पढ्ने दुई बालकलाई शव व्यवस्थापन गर्न प्रयोग गरेको देखिन्छ ।’

उनका अनुसार हत्या आरोपी आलमको घर मदर्सा नजिकै छ । ‘मदर्साका बालकलाई के प्रलोभन देखाएर शव व्यवस्थापनमा प्रयोग गरे भन्ने खुलिसकेको छैन,’ डीएसपी खड्काले भने ।

गुप्ताको मृत्युपछि घटना लुकाउन आलमले ती मदर्साका बालकको सहयोग लिएर शव कार्पेटमा पोको पारेको प्रहरीले जनाएको छ । ‘त्यसपछि कसैले शंका नगरून् भनेर शवलाई सिटी सफारी मार्फत केशलिया खोलाको सुनसरीतर्फ किनारमा लगेर फालेको देखिन्छ,’ प्रहरी भन्छ ।

प्रहरीले अभियुक्तहरूको साथबाट हत्यामा प्रयोग गरिएको एक थान जीआई पाइप, मृतक गुप्ताले प्रयोग गर्ने रेडमी कम्पनीको मोबाइल फोन र शव ओसार्न प्रयोग गरिएको कार्पेट बरामद गरेको जनाएको छ ।

भारतको वाराणसी स्थायी घर भएका मृतक गुप्ता विगत ४० वर्षदेखि विराटनगरमै बसेर ब्याट्री व्यवसाय गर्दै आएका थिए । उनी पछिल्लो समय विराटनगर–११ अल्कामार्गमा डेरा गरी बस्दैआएका थिए ।

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
23h ago
यस्तो भिडियो भाइरल भएपछि पक्राउ परे तीन जना

यस्तो भिडियो भाइरल भएपछि पक्राउ परे तीन जना

नवलपरासीमा सामाजिक सञ्जालमा घरायसी विवादको एउटा भिडियो भाइरल भएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका-५ विष्णुपुराका...

#वर्षीय #गुप्ता
Compare →

Related Stories

World News
Build #2612