Trending
Prev Story
Next Story

माइक्रोसफ्टले ६० हजार कर्मचारीलाई स्वेच्छिक अवकाशको विकल्प दिँदै

Ekantipur •
October 28, 2026 • 10:00 AM
1
1 reads 0 reactions

कम्पनीका कुल २ लाख २३ हजार कर्मचारीमध्ये करिब २७ प्रतिशतलाई अवकास योजनामा योग्य मानिए पनि डेटा सेन्टर, सेल्स, मार्केटिङ, क्वान्टम कम्युटिङ लगायत विधाका कर्मचारीले अवकास प्याकेजमा सहभागी हुन पाउने छैनन् ।

माइक्रोसफ्टले ६० हजार कर्मचारीलाई स्वेच्छिक अवकाशको विकल्प दिँदै

कम्पनीका कुल २ लाख २३ हजार कर्मचारीमध्ये करिब २७ प्रतिशतलाई अवकास योजनामा योग्य मानिए पनि डेटा सेन्टर, सेल्स, मार्केटिङ, क्वान्टम कम्युटिङ लगायत विधाका कर्मचारीले अवकास प्याकेजमा सहभागी हुन पाउने छैनन् ।

काठमाडौँ — माइक्रोसफ्टले आफ्ना ६० हजार कर्मचारीलाई स्वेच्छिक अवकासको योजना ल्याएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) पूर्वाधारमा लगानी बढाएर यसको कार्यक्षमता वृद्धि गरिरहेका बेला कम्पनीले कर्मचारीलाई स्वेच्छिक अवकासका लागि विकल्प दिन लागेको सीएनबीसी र ब्लुमबर्ग ले उल्लेख गरेका छन् ।

अमेरिका, क्यानाडा, भारत र बेलायतका उपाध्यक्ष र योभन्दा तल्लो पदका कर्मचारी अवकास योजनाका लागि योग्य हुने ब्लुमबर्गले लेखेको छ । तथापी, डेटा सेन्टर, सेल्स, मार्केटिङ, साइबर सुरक्षा र क्वान्टम कम्प्युटिङ विधाका कर्मचारीले स्वेच्छिक अवकास योजनामा सहभागी हुन नपाउने कम्पनीका जानकार अधिकारीलाई उद्रित गर्दै ब्लुमबर्गलले उल्लेख गरेको छ ।

माइक्रोसफ्टले कम्पनीका कुल २ लाख २३ हजार कर्मचारीमध्ये करिब २७ प्रतिशतलाई स्वेच्छिक अवकास योजनामा समावेश गरेको छ । कम्पनीले ओपनएआई, एन्थ्रोपिकजस्ता एआई कम्पनीलाई क्लाउड सेवा दिन र एआई कम्प्युटिङसम्बन्धी माग पूरा गर्न डेटा सेन्टरहरूमा उल्लेख्य लगानी गरिरहेको छ ।

‘सेप्टेम्बर चौमासमा मात्रै पूँजीगत खर्च ५० अर्ब डलर नाघ्ने माइक्रोसफ्टले जुलाइमा बताएको थियो,’ सीएनबीसीले लेखेको छ, ‘यही अवधिमा गत वर्ष पूँजीगत खर्च ३४.९ अर्ड डलर थियो ।’ यसै आर्थिक भारलाई सन्तुलनमा ल्याउन र एआईमार्फत कार्यदक्षता बढाउन स्वेच्छिक अवकास योजना अघि सारिएको अनुमान गरिएको छ ।

कर्मचारीहरूले डिसेम्बरको शुरुमा यो अफर स्वीकार गर्ने वा नगर्ने निर्णय गरिसक्नुपर्ने र सहभागी हुनेहरूले डिसेम्बर ३१ मा कम्पनी छाड्नेछन् । यसअघि पनि माइक्रोसफ्टले गत अप्रिलमा अमेरिकाका सिमित कामदारका लागि पहिलोपटक स्वेच्छिक निवृत्तिभरण कार्यक्रम ल्याएको थियो । जुलाईमा ४ हजार ८ सय कर्मचारी हटाउने योजना बनाएको थियो ।

सीएनबीसीको समाचारमा माइक्रोसफ्टकी कार्यकारी उपाध्यक्ष र चिफ पिपल अफिसर एमी कोलम्यानले कर्मचारीहरूलाई यसबारे परिपत्र पठाएको उल्लेख छ । परिपत्रमा भनिएको छ, ‘हामी जतिसक्दो लचिलो हुने र कर्मचारीहरूलाई आफ्नो नयाँ अध्यायका लागि विभिन्न विकल्प सिर्जना गर्ने गरी ल्याइएको यो स्वेच्छिक अवकास अफरले परिवर्तनप्रति हाम्रो शैली कसरी परिष्कृत भइरहेको छ भन्ने देखाउँछ ।’

विश्वको सबैभन्दा ठूलो सफ्टवेयर निर्माता कम्पनी, माइक्रोसफ्टले पछिल्ला वर्षहरूमा हजारौँ कमर्चारी निष्कासन गरेको छ । गत जुलाईमा मात्रै यसले सेवानिवृत्त हुने उमेरका कर्मचारीलाई स्वेच्छाले अवकाश लिने प्रस्ताव (बाइआउट) गरेको थियो । त्यसमा योग्य करिब ८ हजार ७ सय ५० जनामध्ये ३० प्रतिशतभन्दा बढीले उक्त प्रस्ताव स्वीकार गरेका थिए ।

-अन्तराष्ट्रिय समाचार एजेन्सीहरुको सहयोगमा तयार पारिएको ।

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
1w ago
माइक्रोसफ्टपछि गुगल पनि कर्मचारी कटौतीको बाटोमा, पाँच देशमा स्वेच्छिक अवकाशको प्रस्ताव

माइक्रोसफ्टपछि गुगल पनि कर्मचारी कटौतीको बाटोमा, पाँच देशमा स्वेच्छिक अवकाशको प्रस्ताव

काठमाडौं । प्रविधि कम्पनी माइक्रोसफ्टपछि गुगलले पनि खर्च कटौती गर्ने रणनीतिअन्तर्गत पाँच देशका कर्मचारीलाई स्वेच्छिक...

#कर्मचारी #स्वेच्छिक #माइक्रोसफ्ट
Compare →
Hamro Patro News
1w ago
गुगलले पाँच देशका कर्मचारीलाई दियो स्वेच्छिक अवकाशको प्रस्ताव

गुगलले पाँच देशका कर्मचारीलाई दियो स्वेच्छिक अवकाशको प्रस्ताव

काठमाडौं । प्रविधि कम्पनी गुगलले खर्च कटौती र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउने रणनीतिअन्तर्गत पाँच देशका कर्मचारीलाई स्वेच्छिक रूपमा जागिर छाड्न आर्थिक सुविधा दिने कार्यक्रम ल्याएको छ ।

#कर्मचारी #स्वेच्छिक #अवकाश
Compare →
Nagarik News
6d ago
सेवा प्रवाह प्रभावित भएपछि प्रदेश र स्थानीय तहमा थप कर्मचारी पठाउने मन्त्रालयको निर्णय

सेवा प्रवाह प्रभावित भएपछि प्रदेश र स्थानीय तहमा थप कर्मचारी पठाउने मन्त्रालयको निर्णय

मन्त्रालयले प्रदेश तथा स्थानीय तहमा कर्मचारी व्यवस्थापनका लागि आवश्यक कर्मचारी संख्या खुलाएर पठाउन आग्रह गरेको छ।

#कर्मचारी
Compare →
Arthasansar
1w ago
विद्युत् प्राधिकरणमा राेजगारीकाे अबसर, ४०५ कर्मचारी माग

विद्युत् प्राधिकरणमा राेजगारीकाे अबसर, ४०५ कर्मचारी माग

नेपाल विद्युत् प्राधिकरणले रिक्त पदपूर्तिका लागि ४०५ जना कर्मचारी माग गरेको छ । प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको विज्ञापनमार्फत अधिकृतस्तरका ८३...

#कर्मचारी
Compare →
Onlinekhabar
1w ago
नापी विभागले गरेका ८५७ जना कर्मचारीको सरुवा रद्द

नापी विभागले गरेका ८५७ जना कर्मचारीको सरुवा रद्द

१९ कात्तिक, काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नापी विभागद्वारा असोज २३ गते गरेका विभिन्न तहका ८५७ जना कर्मचारीको सरुवा निर्णय रद्द गरेको छ । सुगम तथा सुविधासम्पन कार्यालयहरूमा कार्यरत कर्मचारीहरूलाई …

#कर्मचारी
Compare →

Related Stories

Technology
Build #2611