Trending
Prev Story
Next Story

चाडपर्व नजिकिँदै जाँदा माटो र बाँसको सामग्रीको माग बढ्यो

Nagarik News •
October 28, 2026 • 08:10 AM
2
2 reads 0 reactions

राजविराज बजारमा माटो र बाँसले बनाएको सामग्रीको भाँडाकुँडा तथा अन्य सामग्रीको व्यपार बढेको छ।

चाडपर्व नजिकिँदै जाँदा माटो र बाँसको सामग्रीको माग बढ्यो

राजविराज बजारमा माटो र बाँसले बनाएको सामग्रीको भाँडाकुँडा तथा अन्य सामग्रीको व्यपार बढेको छ।

तिहार, छठजस्ता चाडपर्व नजिकिँदै जाँदा यहाँ भक्तजनहरूले अनिवार्य उक्त प्रकारका सामग्री खोजीखोजी खरिद गर्ने भएका कारण माग बढेको हो।

तिहारमा प्रयोग गरिने माटोको दियो, कलश, घैला तथा छठपर्वमा प्रयोग गरिने बाँसको कोनिया, नाङ्लो, ढाकीलगायतका सामग्रीको माग दसैँपछि बढेको स्थानीय व्यापारी बुचनीदेवी साहले जानकारी दिए।

उनले भने, 'बाँसले बनाएको सामग्री बेचेको एक दशक भयो। अन्य समयमा ठिकठिकै व्यापार भए पनि दसैँदेखि छठसम्म राम्रो व्यापार हुँदै आएको छ।'

अन्य सिजनमा दिनको एक हजारको हाराहारीमा व्यापार हुँदै आए पनि दसैँदेखि तिहारसम्म दोब्बर व्यापार हुँदै आएको उनले बताए। विवाह व्रतबन्ध, मृत्यु संस्कार घरमा लगाइने पूजाबाहेकमा माटो र बाँसका सामग्री आवश्यकता नपर्ने हुनाले किन्नुपर्ने बाध्यता छैन।

तर, तिहार र छठ मधेसमा सबैले अनिवार्य मनाउने हुनाले किन्नैपर्ने बाध्यता भएको राजविराज नगरपालिका वडा नं २ की ममता झाले बताए। उनले मधेसको हरेक चाडपर्व तथा पूजामा माटोका भाँडा र बाँसका सामग्री नभई नहुने हुनाले यो सिजनमा उक्त सामग्रीको व्यावसायिक कारोबार बढ्ने गरेको बताए।

जिल्लाको विभिन्न पालिकामा बसोबास गर्ने स्थानीय कुमालले बनाएको माटोका र मरिक (डोम) समुदायले बनाएको बाँसका सामग्रीले बजार लिएपछि स्थानीयस्तरको लगानी स्थानीयस्तरमै रहने सकारात्मक रहेको राजविराज नगरपालिकाका प्रमुख इसरत परविनले बताए।

उनले माटो र बाँसबाट निर्माण गरिएका सामग्री स्थानीयले आफ्नै ठाउँमा खरिदबिक्री गर्नु सकारात्मक पक्ष रहेको बताए। बाँस र माटोका सामग्री खरिदबिक्री गर्न जिल्लावासीले अन्य जिल्लाको भर पर्नुपरेको छैन।

प्रकाशित: ११ कार्तिक २०८३ १३:५५ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
1w ago
चाडपर्वको स्वागतमा घर लिपपोत गर्दै तराईका गृहिणी

चाडपर्वको स्वागतमा घर लिपपोत गर्दै तराईका गृहिणी

२० कात्तिक, सिरहा । तिहार तथा छठ नजिकिएसँगै तराईका गाउँबस्तीमा चाडपर्वको रौनक बढ्न थालेको छ। चाडपर्वलाई स्वागत गर्न गृहिणीहरू घर लिपपोत तथा सिंगारपटारमा व्यस्त भएका छन्। सिरहाको गोलबजार नगरपालिका–८, भाइजीटोल चोहर्वाका फुलकुमारी उराउ र सुनिलकुमारी उराउले …

#माटो #चाडपर्व
Compare →
Hamro Patro News
2d ago
बाँसको चोयाबाट बनेका सामग्रीको बिक्री बढ्न थाल्यो

बाँसको चोयाबाट बनेका सामग्रीको बिक्री बढ्न थाल्यो

छठ पर्व नजिकिएसँगै बाँसको चोयाबाट बनेका सामग्रीको बिक्री बढ्न थालेको छ । तिहारदेखि छठ पर्वसम्म पूजाआजामा प्रयोग हुने कोनिया, ढकिया, नाङ्लो, पङ्खालगायत सामग्रीको माग बढ्ने गरेको छ । इनरुवा उपमहानगर...

#बाँस #सामग्रीको
Compare →
Ekantipur
4d ago
गाउँघरमा तिहारको रौनक, मजदुरलाई महँगीको चिन्ता

गाउँघरमा तिहारको रौनक, मजदुरलाई महँगीको चिन्ता

गाउँघरमा तिहारको रौनक बढे पनि ज्याला मजदुरी गरेर जीविका चलाउने परिवारलाई सीमित आम्दानी र बढ्दो बजारभाउले चाडपर्वको खर्च धान्न मुस्किल छ ।

#बढे #चाडपर्व
Compare →
Bizshala
1w ago
तीन महिनामै २ अर्ब ४४ करोडको ‘भाइ मसला’ आयात, चाडपर्वले बढायो ड्राइफ्रुट्सको माग

तीन महिनामै २ अर्ब ४४ करोडको ‘भाइ मसला’ आयात, चाडपर्वले बढायो ड्राइफ्रुट्सको माग

काठमाण्डौ । तिहार तथा छठ पर्वलाई लक्षित गर्दै चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामै नेपालमा २ अर्ब ४४ करोड...

#चाडपर्व
Compare →
Arthasansar
4d ago
नेपाल संवत्काे  अवसरमा प्रधानमन्त्रीको शुभकामना  : ‘चाडपर्वहरूले सामाजिक एकता र सहिष्णुताको भावनालाई बलियो बनाउँछन्’

नेपाल संवत्काे अवसरमा प्रधानमन्त्रीको शुभकामना : ‘चाडपर्वहरूले सामाजिक एकता र सहिष्णुताको भावनालाई बलियो बनाउँछन्’

प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने...

#चाडपर्व
Compare →

Related Stories

Technology
Build #2612