Trending
Prev Story
Next Story

क्यानडाद्वारा नेपालसामु २५७ रनको लक्ष्य प्रस्तुत

Arthasansar •
October 17, 2026 • 01:38 PM
3
3 reads 0 reactions

ओमानमा जारी आइसिसी क्रिकेट विश्वकप लिग–२ श्रृङ्खलामा क्यानडाले नेपाललाई २५७ रनको लक्ष्य दिएको छ । अलअमरात क्रिकेट मैदानमा टस जितेर...

क्यानडाद्वारा नेपालसामु २५७ रनको लक्ष्य प्रस्तुत

ओमानमा जारी आइसिसी क्रिकेट विश्वकप लिग–२ श्रृङ्खलामा क्यानडाले नेपाललाई २५७ रनको लक्ष्य दिएको छ । अलअमरात क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २५६ रन बनायो । उसका लागि ओपनर युवराज सम्राले शतकीय पारी खेले ।

उनले ११७ बलमा ११ चौका र चार छक्कासहित १०५ रनको पारी खेलेका हुन् । एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा युवराजको यो पहिलो शतक हो । आरोन जोनसनले ३६, हर्ष ठाकरले ३४, कप्तान हम्जा तारिकले ३० र समित गोयलले १७ रन जोडे । नेपालका लागि बलिङतर्फ ललितनारायण राजवंशीले ४, कप्तान सन्दीप लामिछानेले ३, दीपेन्द्रसिंह ऐरीले २ तथा रोहितकुमार पौडेलले १ विकेट लिए । आजको खेलमा जित दर्ता गर्न सके नेपालले विश्वकप लिग–२ तालिकाको शीर्ष छमा स्थान सुरक्षित गर्नेछ ।

पराजित भएको अवस्थामा नेपालले अन्तिम खेलमा ओमानलाई हराउनैपर्ने समीकरण बन्नेछ । उता क्यानडा आज जित्नैपर्ने दबाबमा छ । आजको खेलमा पराजित भएमा उसको शीर्ष छको सम्भावना समाप्त हुनेछ । ताजा अवस्थामा अङ्क तालिकामा नेपाल छैटौँ र क्यानडा सातौँ स्थानमा छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
5h ago
क्रिकेट सहरको रक्षात्मक कला, भित्रन सक्छ उपाधि

क्रिकेट सहरको रक्षात्मक कला, भित्रन सक्छ उपाधि

सामान्य लक्ष्य दिएर पनि रक्षा गर्न सक्ने आत्मविश्वास नै अहिले सुदूरपश्चिमको सबैभन्दा ठूलो शक्ति बनेको छ।

#क्रिकेट #रनको #लक्ष्य
Compare →
Hamro Patro News
3d ago
जनकपुरविरुद्ध सुदूरपश्चिमले प्रस्तुत गर्‍यो १२१ रनको लक्ष्य

जनकपुरविरुद्ध सुदूरपश्चिमले प्रस्तुत गर्‍यो १२१ रनको लक्ष्य

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा जनकपुर बोल्ट्सविरुद्ध १२१ रनको लक्ष्य प्रस्तुत गरेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर ब्याट...

#रनको #लक्ष्य #प्रस्तुत
Compare →
Onlinekhabar
21h ago
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमले काठमान्डुलाई दियो १२६ रनको लक्ष्य

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमले काठमान्डुलाई दियो १२६ रनको लक्ष्य

२७ कात्तिक, काठमाडौं । कप्तान दीपेन्द्र सिंह ऐरीले संयमित ब्याटिङ गर्दै अर्धशतक बनाएपछि सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई १२६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको …

#रनको #लक्ष्य
Compare →

Related Stories

National (Nepal)
Build #2612