Trending
Prev Story
Next Story

ब्याजदर नबढाउने न्युजिल्यान्डको निर्णयले बजारमा हलचल किवी डलर कमजोर

Bizshala •
October 28, 2026 • 05:31 AM
2
2 reads 0 reactions

काठमाण्डौ । बजारको अपेक्षाविपरीत न्युजिल्यान्डको केन्द्रीय बैंकले ब्याजदर यथावत् राखेपछि अन्तर्राष्ट्रिय मुद्रा...

ब्याजदर नबढाउने न्युजिल्यान्डको निर्णयले बजारमा हलचल किवी डलर कमजोर

काठमाण्डौ । बजारको अपेक्षाविपरीत न्युजिल्यान्डको केन्द्रीय बैंकले ब्याजदर यथावत् राखेपछि अन्तर्राष्ट्रिय मुद्रा बजारमा तीव्र प्रतिक्रिया देखिएको छ। निर्णय सार्वजनिक भएसँगै न्युजिल्यान्डको किवी डलर कमजोर बनेको छ भने अस्ट्रेलियन डलर तुलनात्मक रूपमा बलियो भएको छ।

रिजर्भ बैंक अफ न्युजिल्यान्ड (आरबीएनजेड) ले आधिकारिक नगद ब्याजदर २.७५ प्रतिशतमा यथावत् राखेको हो। बजारका अधिकांश विश्लेषक तथा लगानीकर्ताले बैंकले ब्याजदर ०.२५ प्रतिशत बिन्दुले बढाएर ३ प्रतिशत पुर्‍याउने अपेक्षा गरेका थिए।

तर मौद्रिक नीति समितिमा चार मत ब्याजदर यथावत् राख्ने पक्षमा र तीन मत बढाउने पक्षमा परेको थियो। झिनो मतान्तरबाट भएको उक्त निर्णयपछि वित्तीय बजारमा तत्काल प्रतिक्रिया देखिएको हो।

निर्णयसँगै अमेरिकी डलरको तुलनामा किवी डलर १ प्रतिशतभन्दा बढी कमजोर भएको छ। अर्कोतर्फ अस्ट्रेलियन डलर न्युजिल्यान्डको मुद्राको तुलनामा करिब १३ वर्षयताकै उच्च स्तरमा पुगेको जनाइएको छ।

आरबीएनजेडले यसअघि गरिएका मौद्रिक कडाइका उपायले अर्थतन्त्रमा कस्तो प्रभाव पारेका छन् भन्ने थप मूल्यांकन गर्नुपर्ने आवश्यकता रहेको जनाएको छ। अपेक्षाभन्दा कमजोर मुद्रास्फीति, ज्याला वृद्धिमा देखिएको सुस्ती र घरेलु माग कमजोर रहनुलाई ब्याजदर नबढाउनुका प्रमुख आधारका रूपमा लिइएको छ।

यद्यपि, बैंकले ब्याजदर वृद्धिको सम्भावना पूर्ण रूपमा अन्त्य भएको संकेत भने गरेको छैन। इन्धन मूल्यमा हुन सक्ने वृद्धि र महँगीको दबाब कायम रहे आगामी बैठकहरूमा मौद्रिक नीति थप कडा बनाउनुपर्ने अवस्था आउन सक्ने आरबीएनजेडको संकेत छ।

न्युजिल्यान्डको वार्षिक मुद्रास्फीति आगामी त्रैमासिकमा ४.४ प्रतिशतसम्म पुग्न सक्ने अनुमान गरिएको छ। त्यसैले हाल ब्याजदर रोकिए पनि आगामी आर्थिक तथ्यांकले केन्द्रीय बैंकको अर्को कदम निर्धारण गर्ने देखिएको छ।

यता विश्वका अन्य प्रमुख केन्द्रीय बैंकका निर्णयतर्फ पनि लगानीकर्ताको नजर केन्द्रित छ। अमेरिकी फेडरल रिजर्भले ब्याजदर यथावत् राख्ने अपेक्षा गरिएको छ भने क्यानडाको केन्द्रीय बैंकबाट ब्याजदर वृद्धिको सम्भावना हेरिएको छ।

अस्ट्रेलियामा पनि मुद्रास्फीति दबाब बढ्दै गएपछि आगामी नीतिगत बैठकमा ब्याजदर बढ्न सक्ने अपेक्षा बलियो बन्दै गएको छ।

न्युजिल्यान्डको पछिल्लो निर्णयले विश्वका केन्द्रीय बैंकहरू एउटै दिशामा नहिँड्ने संकेत दिएको छ। मुद्रास्फीति, आर्थिक वृद्धि र घरेलु मागको अवस्थाअनुसार फरक–फरक मौद्रिक नीति अपनाइँदा मुद्रा बजारमा थप उतारचढाव देखिन सक्ने विश्लेषण गरिएको छ।

अब अमेरिकी फेडरल रिजर्भसहित प्रमुख केन्द्रीय बैंकका निर्णय तथा आगामी आर्थिक तथ्यांकले विश्व वित्तीय बजारको आगामी दिशा तय गर्न महत्वपूर्ण भूमिका खेल्नेछन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
5d ago
चुनावपछि अमेरिकी सेयर बजारमा ३ ट्रिलियन डलर गुमेको ट्रम्पको दाबी

चुनावपछि अमेरिकी सेयर बजारमा ३ ट्रिलियन डलर गुमेको ट्रम्पको दाबी

काठमाडौँ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनको नतिजापछि अमेरिकी सेयर बजारमा एकै दिन ३ ट्रिलियन डलर बराबरको बजार मूल्य गुमेको दाबी गरेका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्र...

#डलर #बजारमा
Compare →
Arthasansar
1w ago
डलर, पाउण्ड र युरो सहित अधिकांश विदेशी मुद्राको मूल्य घट्यो, कुन देशको विनिमयदर कति ?

डलर, पाउण्ड र युरो सहित अधिकांश विदेशी मुद्राको मूल्य घट्यो, कुन देशको विनिमयदर कति ?

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४९...

#डलर
Compare →
Nagarik News
1w ago
डलर साट्ने प्रलोभन देखाएर ठगी गर्ने व्यक्ति पक्राउ

डलर साट्ने प्रलोभन देखाएर ठगी गर्ने व्यक्ति पक्राउ

अमेरिकी डलर सस्तोमा सटही गरिदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

#डलर
Compare →
Onlinekhabar
2d ago
नेपालका बाढीपीडितका लागि अस्ट्रेलियाबाट ६० हजार डलर सहयोग

नेपालका बाढीपीडितका लागि अस्ट्रेलियाबाट ६० हजार डलर सहयोग

२६ कात्तिक, क्यानबेरा । नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि अस्ट्रेलियामा संकलन गरिएको ६० हजार अस्ट्रेलियन डलर सहयोग नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ। क्यानबेरास्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा रिच फर …

#डलर
Compare →

Related Stories

Business & Economy
Build #2612