Trending
Prev Story
Next Story

भारी वर्षाको पूर्वानुमानपछि स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन

Nagarik News •
October 28, 2026 • 04:21 AM
3
3 reads 0 reactions

सम्भावित भारी वर्षा र त्यसबाट बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भन्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन र आवश्यक पूर्वतयारी गर्न निर्देशन दिइएको छ।

भारी वर्षाको पूर्वानुमानपछि स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन

सम्भावित भारी वर्षा र त्यसबाट बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भन्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन र आवश्यक पूर्वतयारी गर्न निर्देशन दिइएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार जल तथा मौसम विज्ञान विभाग र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त जानकारीअनुसार कार्तिक १२ देखि १४ गतेसम्म देशका विभिन्न स्थानमा चट्याङ, हावाहुरीसहित मध्यमदेखि भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। त्यसलाई ध्यानमा राख्दै स्वास्थ्य सेवाको तयारी र विपद् प्रतिकार्य क्षमता सुदृढ बनाउन आग्रह गरिएको हो।

यस सम्बन्धमा स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाईले सातै प्रदेशका प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई पत्राचार गरेको छ। इकाईका प्रमुख डा. हेमन्त चन्द्र ओझाले जारी गरेको पत्रमा आवश्यक स्वास्थ्य सेवा र प्रतिकार्य क्षमता तयारी अवस्थामा राख्न भनिएको छ।

पत्रअनुसार प्रत्येक प्रदेशमा चौबिसै घण्टा सम्पर्कमा रहने एक जना आपतकालीन सम्पर्क व्यक्ति तोक्नुपर्नेछ। उक्त व्यक्तिको सम्पर्क विवरण इकाईमा उपलब्ध गराउनुका साथै सार्वजनिक गर्न पनि आग्रह गरिएको छ।

त्यसैगरी, सम्बन्धित हब तथा स्याटलाइट अस्पताल सञ्जालसँग समन्वय गरी आकस्मिक चिकित्सकीय टोली (ईएमटी) सहित आवश्यक स्वास्थ्य जनशक्तिलाई तयारी अवस्थामा राख्न भनिएको छ। स्वास्थ्य क्षेत्रका साझेदार निकायसँग समन्वय गरेर उपलब्ध जनशक्ति, औषधि, स्वास्थ्य सामग्री, उपकरण, एम्बुलेन्स तथा अन्य स्रोतसाधनको विवरण अद्यावधिक गर्न पनि निर्देशन दिइएको छ।

एम्बुलेन्स र स्वास्थ्य सामग्री तयारी अवस्थामा राख्न आग्रह विपद्का बेला घाइते तथा प्रभावित नागरिकलाई समयमै उपचार उपलब्ध गराउन प्रदेशमा रहेका एम्बुलेन्स प्रेषण केन्द्रसँग निरन्तर समन्वय गर्नुपर्ने पत्रमा उल्लेख छ। एम्बुलेन्स सेवालाई सहज, छिटो र प्रभावकारी रूपमा परिचालन गर्ने व्यवस्था मिलाउन पनि आग्रह गरिएको छ।

स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाईले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित घटना र अवस्थाको विवरण दैनिक रूपमा अनिवार्य पठाउन निर्देशन दिएको छ। यसका लागि ‘जिरो रिपोर्टिङ’ वा ‘इन्सिडेन्ट रिपोर्टिङ’ प्रणाली प्रयोग गर्न सबै प्रदेशका केन्द्रलाई आग्रह गरिएको छ।

सम्भावित विपद्का बेला स्वास्थ्य सेवा प्रभावित हुन नदिन, आवश्यक जनशक्ति र स्वास्थ्य सामग्रीको उपलब्धता सुनिश्चित गर्न तथा प्रभावित क्षेत्रमा तत्काल स्वास्थ्य सेवा पुर्‍याउन यी तयारीलाई प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: ११ कार्तिक २०८३ १०:०६ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
भाइटीकाकै दिन काठमाडौंमा असिनासहित भारी वर्षा, चिसियो मौसम

भाइटीकाकै दिन काठमाडौंमा असिनासहित भारी वर्षा, चिसियो मौसम

काठमाडौं- भाइटीकाको उल्लासमय वातावरणबीच बुधवार काठमाडौं उपत्यकामा असिनासहित भारी वर्षा भएको छ । दिउँसो अचानक परेको वर्षा र असिनाका कारण भाइटीका लगाउने तथा आफन्त र इष्टमित्रकहाँ टीका थाप्न जाने तया...

#भारी #वर्षा
Compare →
Bizshala
15h ago
आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

काठमाण्डौ । तिहारको भाइटीकाका दिन वर्षा भएपछि चिसो बढेको देशका विभिन्न भागमा आइतबारदेखि फेरि मौसम बदली हुने सम्भावना...

#वर्षा
Compare →
Ekantipur
19h ago
आइतबारदेखि वर्षा र हिमपातको सम्भावना, धानबाली भित्र्याउन मौसमविद्को सुझाव

आइतबारदेखि वर्षा र हिमपातको सम्भावना, धानबाली भित्र्याउन मौसमविद्को सुझाव

आइताबर विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ । यसको प्रभाव गण्डकी प्रदेशसम्म विस्तार हुनसक्ने मौसमविद्‌को भनाइ छ ।

#वर्षा
Compare →
Onlinekhabar
2d ago
बाहुनडाँगीमा जंगली हात्तीको त्रास : सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च

बाहुनडाँगीमा जंगली हात्तीको त्रास : सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च

२६ कात्तिक, झापा । मेचीनगर नगरपालिका–४ स्थित प्रसाद गौडाबाट जंगली हात्तीले नेपालतर्फ प्रवेश थालेपछि सो क्षेत्रमा सुरक्षा सतर्कता उच्च पारिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले नेपाल भारतको सीमा क्षेत्रमा पर्ने सो भूभागबाट हात्ती नेपाल …

#सतर्कता
Compare →

Related Stories

Health & Wellness
Build #2612