Trending
Prev Story
Next Story

हवाई सेवा नियमित बनाउनेबारे संघीय सरकारका निकायसँग छलफल गर्दै कर्णालीका मुख्यमन्त्री

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
3
3 reads 0 reactions

११ कात्तिक, सुर्खेत । कर्णाली प्रदेश सरकारले हिमाली जिल्लामा हवाई सेवा सञ्चालनका लागि ६० लाख रुपैयाँ विनियोजन गरे पनि नियमित उडानको प्रक्रिया टुंगिएको छैन । सेवा सञ्चालनका लागि कार्यविधि बनाई कार्यान्वनय गर्ने तयारी भइरहँदा नेपाल …

हवाई सेवा नियमित बनाउनेबारे संघीय सरकारका निकायसँग छलफल गर्दै कर्णालीका मुख्यमन्त्री

११ कात्तिक, सुर्खेत । कर्णाली प्रदेश सरकारले हिमाली जिल्लामा हवाई सेवा सञ्चालनका लागि ६० लाख रुपैयाँ विनियोजन गरे पनि नियमित उडानको प्रक्रिया टुंगिएको छैन । सेवा सञ्चालनका लागि कार्यविधि बनाई कार्यान्वनय गर्ने तयारी भइरहँदा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) तथा संघीय सरकारसँग छलफल तीव्र बनाएको छ ।

कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले यही विषयमा बुधबार संघीय सरकारका विभिन्न निकायसँग छलफल गर्दैछन् ।

यही विषयलाई अघि बढाउन कर्णाली प्रदेश सरकारकी प्रवक्ता उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काले संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलसँग छलफल गरेकी छन् । कर्णालीका हिमाली जिल्लामा हवाई उडान सञ्चालन र विस्तारका विषयमा भएको छलफल सकारात्मक रहेको मन्त्री खड्काले बताएकी छन् ।

यसैबीच, कर्णालीका हिमाली जिल्लामा हवाई सेवा सञ्चालनको विषयमा बुधबार बिहान ११ बजे मुख्यमन्त्रीले संघीय सरकारका विभिन्न निकायसँग छलफल गर्ने कार्यक्रम छ ।

प्रदेश सरकारले बजेट विनियोजन र कार्यविधि निर्माणको प्रक्रिया अघि बढाए पनि नियमित उडान सञ्चालनका लागि संघीय सरकार तथा नागरिक उड्डयन प्राधिकरणसँगको समन्वय महत्त्वपूर्ण देखिएको छ।

प्रदेश सरकारले सुर्खेतबाट हुम्ला, मुगु, डोल्पा, जुम्ला र कालीकोटमा हवाई सेवा सहुलियतका लागि चालु आर्थिक वर्षमा ६० लाख रुपैयाँ छुट्याएको छ । तर, सुर्खेतबाट हिमाली जिल्लामा नियमित उडान गर्ने प्रयास पटक–पटक भए पनि यात्रु अभाव र घाटाका कारण सेवा केही समयमै बन्द हुँदै आएको छ।

हवाई सेवासँगै कर्णालीको समग्र विकासका विषयमा मन्त्री खड्काले संघीय सरकारका अन्य मन्त्रीसँग पनि छलफल गरेकी छन् । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्याक र सामाजिक सुरक्षा मन्त्री सीता बादीसँग कर्णालीका बालबालिकाको स्वास्थ्य अवस्था सुधार, महिलाको जीवनस्तर उकास्ने आत्मनिर्भरमुखी योजना तथा लैङ्गिक र यौनिक अल्पसंख्याक समुदायका अधिकारका विषयमा छलफल भएको छ।

त्यस्तै, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग कर्णालीका १० वटै जिल्ला अस्पतालमा गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक सामग्री उपलब्ध गराउने विषयमा छलफल भएको मन्त्री खड्काले उल्लेख गरेकी छन्। कर्णाली प्रदेश अस्पतालमा मुटु तथा न्युरोसम्बन्धी उपचार सेवा विस्तार र स्वच्छ खाद्य उपभोगका विषय पनि छलफलमा समेटिएका छन्।

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग कृषि क्षेत्रको वैज्ञानिक सुधार, रैथाने बालीको उत्पादन तथा बजारीकरण, दिगो वन व्यवस्थापन र वन अतिक्रमण नियन्त्रणका विषयमा छलफल भएको छ। मन्त्री खड्काले कर्णालीको विकासका लागि संघीय सरकारका मन्त्रीहरू सकारात्मक रहेको बताउँदै छलफलका लागि समय उपलब्ध गराउने सबै मन्त्रीप्रति आभार व्यक्त गरेकी छन्।

कर्णालीका हुम्ला, मुगु र डोल्पालगायतका हिमाली जिल्लामा भौगोलिक विकटता र सडक यातायातको असहजताका कारण हवाई सेवा महत्त्वपूर्ण यातायातको माध्यम हो। नियमित उडान नहुँदा नागरिकले आवश्यकताका बेला सहज यात्रा गर्न कठिनाइ भोग्नुका साथै बिरामीलाई उपचारका लागि लैजान र अत्यावश्यक सामग्री ढुवानी गर्नसमेत समस्या हुने गरेको छ।

सुर्खेतबाट हिमाली जिल्लामा हवाई सेवा नियमित बनाउन प्रदेश सरकारले सहुलियतका लागि बजेट छुट्याएको भए पनि कार्यविधि स्वीकृति, उडान सञ्चालनको ढाँचा र सेवा निरन्तरता सुनिश्चित गर्ने विषय अझै टुंगिन बाँकी छ। यात्रु अभाव र सञ्चालन खर्चका कारण विगतमा सेवा बन्द भएकाले यसपटक उडानलाई कसरी नियमित र आर्थिक रूपमा टिकाउ बनाउने भन्ने चुनौतीसमेत छ।

बुधबार संघीय सरकारका विभिन्न निकायसँग हुने छलफलबाट हवाई उडान सञ्चालन र संघीय–प्रदेश समन्वयका विषयमा ठोस निष्कर्ष निस्कने अपेक्षा गरिएको छ । यद्यपि, छलफलबाट हुने निर्णय र कार्यान्वयनको समयतालिका सार्वजनिक भएपछि मात्रै हिमाली जिल्लाका नागरिकले हवाई सेवामा कस्तो सुविधा पाउनेछन् भन्ने स्पष्ट हुनेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2h ago
अमेरिकामा घण्टौँपछि खुल्यो हवाई सेवा

अमेरिकामा घण्टौँपछि खुल्यो हवाई सेवा

काठमाडौं । अमेरिकामा देशभरका विमानस्थलमा लगाइएको उडान रोक हटाइएको छ। प्राविधिक उपकरणमा समस्या आएपछि घण्टौँसम्म अवरुद्ध भएको हवाई सेवा शुक्रबार रातिदेखि पुनः सञ्चालनमा आएको हो। अमेरिकी अधिकारीहरूका...

#हवाई
Compare →
Arthasansar
5h ago
अमेरिकाको हवाई सेवा अस्तव्यस्त, देशभरका २२ ट्राफिक कन्ट्रोल सेन्टरमा सञ्चार समस्या

अमेरिकाको हवाई सेवा अस्तव्यस्त, देशभरका २२ ट्राफिक कन्ट्रोल सेन्टरमा सञ्चार समस्या

अमेरिकाभरका विमानस्थलबाट हुने उडान चार घण्टाभन्दा बढी समय रोकिएपछि पुनः सञ्चालनमा आएका छन्। हवाई ट्राफिक नियन्त्रण केन्द्रहरूमा देखिएको सञ्चार प्रणालीको...

#हवाई
Compare →
Nagarik News
1d ago
१९ वर्षीया गर्भवतीको हवाई उद्धार, थप उपचारका लागि काठमाडौं ल्याइयो

१९ वर्षीया गर्भवतीको हवाई उद्धार, थप उपचारका लागि काठमाडौं ल्याइयो

दुर्गम क्षेत्रका जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलालाई समयमै उपचारको पहुँच सुनिश्चित गर्न मन्त्रालयले हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ।

#हवाई
Compare →
Ekantipur
1d ago
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ४२ निकायको डेढ अर्ब बक्यौता

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ४२ निकायको डेढ अर्ब बक्यौता

विमानस्थल भन्सार कार्यालय, हिमालय एयरलाइन्स र होटल र्‍याडिसनको मात्रै बक्यौता १ अर्ब १३ करोड ६४ लाख रुपैयाँभन्दा बढी छ, जुन कुल बक्यौताको करिब ७३ प्रतिशत हो ।

#निकाय
Compare →

Related Stories

Politics & Governance
Build #2612