Trending
Prev Story
Next Story

हिम पर्वत हाइड्रोपावरको आईपीओ खुल्यो, स्थानीय र वैदेशिक रोजगारीमा रहेकाले भर्न पाउने

Arthasansar •
October 28, 2026 • 02:32 AM
2
2 reads 0 reactions

हिम पर्वत हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको छ। कम्पनीले...

हिम पर्वत हाइड्रोपावरको आईपीओ खुल्यो, स्थानीय र वैदेशिक रोजगारीमा रहेकाले भर्न पाउने

हिम पर्वत हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको छ। कम्पनीले बुधबार, कात्तिक ११ गतेदेखि पहिलो चरणमा यी दुई समूहका लागि कुल २१ लाख १२ हजार ५०० कित्ता सेयर बिक्री खुला गरेको हो।

कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ५९ करोड १५ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ५९ लाख १५ हजार कित्ता सेयर निष्कासन गरिनेछ।

पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १६ लाख ९० हजार कित्ता सेयर छुट्याइएको छ। यसमध्ये दोलखाको बिगु गाउँपालिका वडा नं. ५, ६, ७ र ८ तथा कालिन्चोक गाउँपालिका वडा नं. २, ३ र ४ का बासिन्दाका लागि १० लाख १४ हजार कित्ता छुट्याइएको छ। बाँकी ६ लाख ७६ हजार कित्ता ती दुई गाउँपालिकाका अन्य वडाका स्थानीयले आवेदन दिन पाउनेछन्।

त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख २२ हजार ५०० कित्ता सेयर निष्कासन गरिएको छ। सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा आवेदन दिन सक्नेछन्।

दुवै समूहका आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले छिटोमा कात्तिक २५ गतेसम्म र ढिलोमा मंसिर १० गतेसम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने छिटोमा कात्तिक १६ गते र ढिलोमा कात्तिक २५ गतेसम्म आवेदन दिने समय तोकिएको छ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले नेपाल इन्भेस्टमेन्ट बैंक, सिन्धु विकास बैंक र प्रभु बैंकको सिंगटी शाखा, लक्ष्मी सनराइज बैंकको सुनखानी एक्सटेन्सन काउन्टर तथा सिटिजन्स बैंकको चरिकोट शाखाबाट आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीले सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखाबाट वा सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1d ago
सुपरमाई हाइड्रोपावरको लाभांश घोषणा

सुपरमाई हाइड्रोपावरको लाभांश घोषणा

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको १४ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ४.४...

#हाइड्रोपावर
Compare →
Bizshala
1d ago
सुपरमाई हाइड्रोपावरको १८.४२१ प्रतिशत लाभांश प्रस्ताव

सुपरमाई हाइड्रोपावरको १८.४२१ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले सेयरधनीलाई कुल १८.४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।...

#हाइड्रोपावर
Compare →

Related Stories

Business & Economy
Build #2612