Trending
Prev Story
Next Story

दसैँ बिदामा पर्यटकको रोजाइमा राराताल

Ekantipur •
October 28, 2026 • 02:00 AM
1
1 reads 0 reactions

उनका अनुसार सुर्खेत हुँदै आउने हरेक दिन ५० भन्दा धेरै पर्यटकका गाडी राराताल जाने गरेका छन् । २०० भन्दा धेरै मोटरसाइकलमा पर्यटक आउने गरेका छन् ।

दसैँ बिदामा पर्यटकको रोजाइमा राराताल

उनका अनुसार सुर्खेत हुँदै आउने हरेक दिन ५० भन्दा धेरै पर्यटकका गाडी राराताल जाने गरेका छन् । २०० भन्दा धेरै मोटरसाइकलमा पर्यटक आउने गरेका छन् ।

दसैँको बिदा पारेर कर्णाली घुम्ने पर्यटकको संख्या बढेको छ । हिउँदमा हिउँ र वर्षायाममा हिलोले सताउने गरेको कर्णालीको सडकमा यो पटकको दसैँमा पर्यटकको ओहोरदोहोर निकै बढेको हो । यो पटक आन्तरिक तथा भारतीय पर्यटक धेरै आइरहेको स्थानीय दीपेन्द्र उपाध्यायले जानकारी दिए ।

उनका अनुसार सुर्खेत हुँदै आउने हरेक दिन ५० भन्दा धेरै पर्यटकका गाडी राराताल जाने गरेका छन् । २०० भन्दा धेरै मोटरसाइकलमा पर्यटक आउने गरेका छन् ।

अहिले पर्यटक नाग्म–गमगडी सडक हुँदै राराताल जाने र जुम्ला सदरमुकाम खलंगा हुँदै फर्किने गरेका छन् । उपाध्यायले भने, ‘अहिले पर्यटकको रोजाइमा रारा परिरहेको छ । यो दसैँमा नाग्म–गमगडी सडकमा निकै चहलपहल देखियो । कर्णालीको रारा हरेक पर्यटकको दुःख बिर्साउने गन्तव्य बनिरहेको छ,’ उनले भने, ‘कर्णालीको रारा हेर्न देशविदेशका पर्यटक पुग्ने गर्छन् ।’ सायद दसैँतिहारमा धेरै बिदा भएर होला, पर्यटक धेरै भित्रिए,’ उनले भने, ‘तर उचित खानपिन र कच्ची सडकको यात्राका कारण दोहोरिने मनसायमा कोही देखिँदैनन् ।’

विदेशीहरू प्रायः ट्रेकिङमै आउजाउ गरिरहेका हुन्छन् ।

पर्यटक बढेपछि नाग्म–गमगडी सडकमा खोलिएका होटल तथा पसलमा व्यापार बढेको छ । ‘बाटोमा अर्गानिक खान्की खान्छन्, अर्गानिक वस्तु लैजान्छन्,’ उनले भने । अहिले नाग्म हुँदै रारा पुग्ने र भुलभुले लेक हुँदै खालीको सडक भएर खलंगामा फर्कने पर्यटक धेरै छन् ।

खलंगा पुगेर चन्दननाथ मन्दिरको दर्शन गर्ने र डुडुल चैत्यको अवलोकन गरेर फर्किने पर्यटक धेरै भएको चन्दननाथ भैरवनाथ गुठी समितिका कार्यालय प्रमुख रत्नचन्द्र आचार्यले जानकारी दिए ।

कच्ची सडकमा धुलो धेरै छ । व्यवस्थित हस्पिटालिटी छैन । खानपिन र सरसफाइको अभाव छ । यति हुँदाहुँदै पनि पर्यटक ओइरिएका छन् । ‘पक्की सडक र व्यवस्थित बसोबास हुने हो भने थामी नसक्नु पर्यटक भित्रिने देखिन्छ,’ उनले भने ।

मुगुका प्रमुख जिल्ला अधिकारी पोषनाथ भण्डारीले यो पटक रारामा पर्यटक ओइरिएको बताए । ‘रारामा बस्ने ठाउँ नभएर गमगढी आउने गरेका छन् । दसैँतिहारको बिदा, सहज यातायातको पहुँचदेखि कर्णालीको अनुकूल सिजन भएकाले पर्यटक धेरै आइरहेका छन्,’ उनले भने ।

बाटोमा सिमीको गेडा र चाउचाउ, कोदोको ढिँडो, मार्सी चामलको भात, फापरको रोटी र चोतामुलाको सागले झनै पर्यटक आकर्षित गरिरहेको छ ।

सिंजाका खड्कबहादुर खत्रीले पर्यटकलाई बाटोमा संकेतहरू नहुँदा समस्या देखिएको बताए । उनले भने, ‘खाजा खाने स्थान, शौचालय र बास बस्ने स्थानसम्म संकेत राखिदिएको भए धेरै राम्रो हुने थियो ।’

अहिले राराताल सबैको रोजाइ बनिरहेको छ । कर्णाली राजमार्ग भएर दैनिक सयौँ सवारीसाधन ओहोरदोहोर गरिरहेका छन् । तर, एक पटक आएका पर्यटक अर्को पटक आउने र अरूलाई रारा आउन प्रोत्साहित गर्ने अवस्था नरहेको कालिकोट जिल्ला अदालतका प्रमुख रत्नवीर सुनारले बताए ।

‘न बाटो सरल र भरपर्दो छ, न त खानेबस्ने राम्रो प्रबन्ध नै छ,’ उनले भने, ‘सडकको स्तरोन्नति, व्यावसायिक होटल, रेस्टुरेन्ट र कलासंस्कृति झल्काउने खालका क्रियाकलापसमेत हुँदैनन् । केवल राराको सुन्दरता हेर्न मात्र पर्यटक आइपुग्ने गरेका छन् ।’ उनले कर्णालीले राराबाटै धेरै आम्दानी गर्न सक्ने भए पनि कसैलाई चासो नभएको बताए ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
हिमाली क्षेत्रमा जाने पर्यटक र पर्वतारोहीलाई राहत, उच्च उचाइको रोग व्यवस्थापनका लागि नेपालले ल्यायो पहिलो राष्ट्रिय मापदण्ड

हिमाली क्षेत्रमा जाने पर्यटक र पर्वतारोहीलाई राहत, उच्च उचाइको रोग व्यवस्थापनका लागि नेपालले ल्यायो पहिलो राष्ट्रिय मापदण्ड

नेपालका हिमाली क्षेत्रमा पदयात्रा तथा पर्वतारोहणका लागि जाने पर्यटक, पर्वतारोही र स्थानीय बासिन्दाको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै सरकारले उच्च उचाइमा लाग्ने रोग व्यवस्थापनका लागि पहिलो राष्ट...

#पर्यटक #जाने
Compare →
Onlinekhabar
5d ago
तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै

तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै

२२ कात्तिक, मुस्ताङ। तिहार बिदाका अवसरमा हिमाली जिल्ला मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ। तिहारको अघि र पछि लामो सरकारी बिदा परेकाले मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्या बढेका हुन्। यस वर्ष मौसम प्रतिकूलका कारण दसैँअघि र …

#पर्यटक #बिदा
Compare →
Bizshala
1d ago
बाढीपछि गोसाइँकुण्डमा फर्किन थाले पर्यटक, स्थानीय व्यवसायमा राहत

बाढीपछि गोसाइँकुण्डमा फर्किन थाले पर्यटक, स्थानीय व्यवसायमा राहत

काठमाण्डौ । बाढीका कारण सुस्ताएको रसुवाको गोसाइँकुण्ड क्षेत्रको पर्यटन व्यवसाय क्रमशः लयमा फर्किन थालेको छ। सडक तथा...

#पर्यटक
Compare →
Nagarik News
1d ago
बाढीपछि गोसाइँकुण्डमा बढ्न थाल्याे पर्यटकको चहलपहल

बाढीपछि गोसाइँकुण्डमा बढ्न थाल्याे पर्यटकको चहलपहल

धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरिपूर्ण रसुवाको प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्डमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन पुनः बढ्न थालेको छ।

#पर्यटक
Compare →

Related Stories

Technology
Build #2611