Trending
Prev Story
Next Story

प्रहरीको स्विप अपरेसन : पचहत्तर जना पक्राउ

Hamro Patro News •
October 28, 2026 • 12:30 AM
2
2 reads 0 reactions

सार्वजनिक स्थलमा हुने दुव्र्यवहार, चोरी, लुटपाट र गुन्डागर्दी जस्ता गतिविधि नियन्त्रण गर्न प्रहरीले सञ्चालन गरेको विशेष सुरक्षा अभियानमा ७५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरीपरिसर काठमाडौँले पछिल...

प्रहरीको स्विप अपरेसन : पचहत्तर जना पक्राउ

सार्वजनिक स्थलमा हुने दुव्र्यवहार, चोरी, लुटपाट र गुन्डागर्दी जस्ता गतिविधि नियन्त्रण गर्न प्रहरीले सञ्चालन गरेको विशेष सुरक्षा अभियानमा ७५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरीपरिसर काठमाडौँले पछिल्लो २४ घण्टामा सञ्चालन गरेको ‘स्विप अपरेसन’ का क्रममा ६० पुरुष, १४ महिला र अन्य एक जनालाई नियन्त्रणमा लिएको हो । अभियानका क्रममा अदालतबाट सजाय तोकिएका तथा विभिन्न मुद्दामा फरार रहेका १२ जना पनि पक्राउ परेका परिसरले जनाएको छ । पक्राउ पर्नेमा सार्वजनिक यातायात, सरकारी तथा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयआसपास र सर्वसाधारणको बढी आवतजावत हुने क्षेत्रमा केन्द्रित अभियानमार्फत प्रहरीले सार्वजनिक स्थलको सुरक्षा व्यवस्था प्रभावकारी बनाउने प्रयास गरेको जनाएको छ ।

जिल्ला प्रहरीपरिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले सार्वजनिक स्थलमा शान्ति सुव्यवस्था कायम गर्ने र आपराधिक गतिविधि रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले विशेष प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार सार्वजनिक यातायात तथा भिडभाड हुने स्थानमा सर्वसाधारणमाथि हातपात गर्ने, होहल्ला र हुलहुज्जत गर्ने, दुव्र्यवहार गर्ने, चोरी तथा लुटपाट गर्ने र बिचौलियाका गतिविधि सञ्चालन गर्नेलाई अभियानका क्रममा निगरानीमा राखिएको छ ।

Read full story at source ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
2d ago
तनहुँ प्रहरीको सर्च एण्ड स्विप अपरेसन : ३३ जना नियन्त्रणमा

तनहुँ प्रहरीको सर्च एण्ड स्विप अपरेसन : ३३ जना नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाईबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको सर्च एण्ड स्विप अपरेसनका क्रममा ३३ जनालाई नियन्त्रणमा लिएको छ।

#नियन्त्रण #प्रहरीको #स्विप
Compare →
Onlinekhabar
1w ago
यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना

यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना

२० कात्तिक, काठमाडौं । तिहार, नेपाल संवत् तथा छठपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू गरेको छ । चाडपर्वका समयमा शान्ति, सुरक्षा कायम राख्न तथा सम्भावित आपराधिक र अवाञ्छित गतिविधि नियन्त्रण गर्न …

#नियन्त्रण #प्रहरीको
Compare →

Related Stories

National (Nepal)
Build #2612