Trending
Prev Story
Next Story

चेम्बर अध्यक्ष र दक्षिण अफ्रिकाका राजदूतबीच भेटवार्ता

Arthasansar •
October 15, 2026 • 04:21 PM
3
3 reads 0 reactions

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र नेपालका लागि दक्षिण अफ्रिकाका राजदूत अनिल सुुकलालबीच द्विपक्षीय व्यापार, लगानी तथा...

चेम्बर अध्यक्ष र दक्षिण अफ्रिकाका राजदूतबीच भेटवार्ता

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र नेपालका लागि दक्षिण अफ्रिकाका राजदूत अनिल सुुकलालबीच द्विपक्षीय व्यापार, लगानी तथा निजी क्षेत्रको सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ । बुधबार चेम्बर भवनमा भएको भेटमा पूर्वाधार विकास, खानी तथा खनिज, ऊर्जा, कृषि प्रशोधन, सूचना प्रविधि र पर्यटनलगायतका क्षेत्रमा सहकार्यका सम्भावनाबारे विचार आदानप्रदान भएको थियो ।

सो अवसरमा चेम्बर अध्यक्ष अग्रवालले नेपाल र दक्षिण अफ्रिकाबीच आर्थिक सम्बन्ध सुदृढ बनाउन निजी क्षेत्रबीच प्रत्यक्ष व्यावसायिक सम्बन्ध, व्यापारिक प्रतिनिधिमण्डलको आदानप्रदान, बजार पहिचान तथा संयुक्त लगानीलाई प्राथमिकता दिनुपर्ने बताए । उनले नेपाली पश्मिना, चिया, कफी, मसला तथा हस्तकलाका सामग्री दक्षिण अफ्रिकी बजारमा प्रवद्र्धन गर्न सकिने उल्लेख गर्दै कृषि प्रशोधन, नवीकरणीय ऊर्जा र पर्यटन क्षेत्रमा पनि सहकार्यको पर्याप्त सम्भावना रहेको बताए । उत्पादनको गुणस्तर, प्राविधिक मापदण्ड, भन्सार शुल्क तथा ढुवानी खर्चसम्बन्धी जानकारी आदानप्रदान गर्न सके व्यापार विस्तारमा सहयोग पुग्ने उनको भनाइ थियो ।

अध्यक्ष अग्रवालले नेपालका उच्च मूल्यका कृषि उत्पादनलाई दक्षिण अफ्रिकाको सिँचाइ, शीतभण्डारण तथा कृषि प्रशोधनसम्बन्धी अनुभवसँग जोड्न सकिने बताए । कृषि उत्पादनको प्रशोधन, प्याकेजिङ, भण्डारण र बजार व्यवस्थापनमा संयुक्त परियोजना सञ्चालन गर्न सके निर्यात प्रवद्र्धन र रोजगारी सिर्जनामा समेत योगदान पुग्ने उनले उल्लेख गरे । त्यसैगरी, नवीकरणीय ऊर्जा, ऊर्जा भण्डारण, विद्युत् प्रसारण सञ्जाल तथा जलवायु अनुकूल पूर्वाधार विकासमा सहकार्यका अवसर पहिचान गर्नुपर्नेमा उनले जोड दिए । नेपालको हिमाली तथा सांस्कृतिक पर्यटनलाई दक्षिण अफ्रिकाको वन्यजन्तु तथा सफारी पर्यटनसँग जोडेर संयुक्त पर्यटन प्याकेज विकास गर्न सकिने सम्भावना पनि उनले औँल्याए ।

अध्यक्ष अग्रवालले नेपाल र दक्षिण अफ्रिकाबीचको व्यापारिक सम्बन्धलाई परिणाममुखी बनाउन चेम्बर, कूटनीतिक नियोग तथा सम्बन्धित सरकारी निकायबीच नियमित संवाद आवश्यक रहेको बताए । दुवै देशका निजी क्षेत्रका प्रतिनिधि सम्मिलित संयुक्त कार्यसमूह गठन, प्राथमिकताका वस्तु तथा सेवाको सूची निर्माण र सम्भावित लगानी परियोजनाको पहिचानमार्फत सहकार्य अघि बढाउन सकिने उनले उल्लेख गरे । दक्षिण अफ्रिकाका राजदूत प्रा. अनिल सुुकलालले नेपालसँग निजी क्षेत्रको सहकार्यलाई व्यावहारिक रूपमा अघि बढाउन सकिने सम्भावित क्षेत्रबारे चर्चा गर्दै पूर्वाधार विकास र खानी तथा खनिज क्षेत्रलाई प्राथमिकतामा राख्न सकिने बताए ।

राजदूत सुुकलालले दक्षिण अफ्रिकी कम्पनीहरूले मध्यपूर्वलगायत विभिन्न अन्तर्राष्ट्रिय बजारमा पूर्वाधार निर्माण तथा विकासका क्षेत्रमा काम गर्दै आएको उल्लेख गर्दै उनीहरूको अनुभव नेपालका पूर्वाधार आयोजनामा उपयोगी हुन सक्ने बताए । त्यसैगरी, खानी तथा खनिज अन्वेषणमा दक्षिण अफ्रिकासँग लामो अनुभव र प्राविधिक दक्षता रहेको उल्लेख गर्दै नेपालमा उपलब्ध खनिज स्रोतको पहिचान, सम्भाव्यता अध्ययन तथा विकासमा सहकार्य गर्न सकिने उनले बताए ।

राजदूत सुकलालले भारत र दक्षिण अफ्रिकाबीच निजी क्षेत्रको व्यापारिक सहकार्य पुनः सक्रिय बनाउने क्रममा विभिन्न क्षेत्रका उद्योगी तथा व्यवसायीलाई समेटेर सहकार्यका क्षेत्र पहिचान गर्ने पहल भइरहेको जानकारी दिए । उक्त अनुभवले नेपालसँगको व्यावसायिक सम्बन्ध विस्तारमा समेत सहयोग पुग्ने उनको भनाइ थियो । व्यापार विस्तारका क्रममा ढुवानी तथा पारवहन, भिसा प्रक्रिया, गुणस्तर मापदण्ड र लगानी स्वीकृतिसम्बन्धी अवरोध समाधान गर्न द्विपक्षीय समन्वय प्रभावकारी बनाउनुपर्नेमा पनि जोड दिइएको थियो । उक्त भेटमा दक्षिण अफ्रिकाका लागि नेपालका मानार्थ वाणिज्यदूत प्रदीपलाल श्रेष्ठ तथा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्रा, आईटी समितिका सभापति विज्ञान श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
दक्षिण अफ्रिकाकी सर्वाधिक सफल ओलम्पिक खेलाडी अब नेदरल्यान्ड्सबाट खेल्ने

दक्षिण अफ्रिकाकी सर्वाधिक सफल ओलम्पिक खेलाडी अब नेदरल्यान्ड्सबाट खेल्ने

केप टाउन । दक्षिण अफ्रिकाकी सर्वाधिक सफल ओलम्पिक खेलाडी तात्याना स्मिथले देश परिवर्तन गर्दै अब नेदरल्यान्ड्सका लागि प्रतिस्पर्धा गर्ने भएकी छन्। आफ्नो यो निर्णयले केही समर्थकहरूलाई ‘निराश पार्न वा ...

#दक्षिण #अफ्रिका
Compare →
Bizshala
1w ago
लाओससँग व्यापार र लगानी विस्तार गर्न नेपाल–लाओस चेम्बर अफ कमर्स गठनको पहल

लाओससँग व्यापार र लगानी विस्तार गर्न नेपाल–लाओस चेम्बर अफ कमर्स गठनको पहल

काठमाण्डौ । नेपाल र लाओसबीच व्यापार, पर्यटन, लगानी तथा सांस्कृतिक आदानप्रदान विस्तार गर्न नेपाल–लाओस चेम्बर अफ कमर्स...

#चेम्बर #कमर्स
Compare →
Nagarik News
3h ago
जलवायु संकटसँग जुध्न नेपाल र दक्षिण कोरियाबिच महत्त्वपूर्ण सम्झौता

जलवायु संकटसँग जुध्न नेपाल र दक्षिण कोरियाबिच महत्त्वपूर्ण सम्झौता

नेपाल र गणतन्त्र कोरिया (दक्षिण कोरिया) बिच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह ग्यास उत्सर्जन घटाउने उद्देश्यले जलवायु परिवर्तनसम्बन्धी सहकार्यको रूपरेखा सम्झौतामा हस्ताक्षर भएको छ।

#दक्षिण
Compare →
Onlinekhabar
3d ago
अनिश्चितताको भूमरीमा दक्षिण एसियाली खेलकुद

अनिश्चितताको भूमरीमा दक्षिण एसियाली खेलकुद

पाकिस्तानको आन्तरिक राजनीतिक अवस्था, कमजोर सुरक्षा व्यवस्था, आर्थिक मन्दी र क्षेत्रीय कूटनीतिक तनावजस्ता प्रमुख कारणले गर्दा आयोजक राष्ट्र पाकिस्तानले १४औँ दक्षिण एसियाली खेलकुद (साग) पटक–पटक सार्दै आएको छ। विगत केही वर्षयता तीव्र राजनीतिक अस्थिरताबाट पाकिस्तान गुज्रिरहेको …

#दक्षिण
Compare →

Related Stories

Business & Economy
Build #2612