Trending
Prev Story
Next Story

अध्यागमनले भन्यो- कात्तिक १२ देखि तीन दिन पदयात्रा नगर्नू

Nagarik News •
October 27, 2026 • 03:58 PM
2
2 reads 0 reactions

मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन सक्ने मौसमी विपद्को जोखिमलाई ध्यानमा राख्दै अध्यागमन विभागले तीन दिनसम्मका लागि पदयात्रा गतिविधि रोक्न अनुरोध गरेको छ।

अध्यागमनले भन्यो- कात्तिक १२ देखि तीन दिन पदयात्रा नगर्नू

उच्च पहाडी तथा हिमाली भू-भागमा प्रतिकूल मौसमका कारण विपद्को जोखिम बढेको भन्दै अध्यागमन विभागले आगामी तीन दिनका लागि पदयात्रा गतिविधि पूर्ण रूपमा रोक्न आग्रह गरेको छ।

विभागका निर्देशक सूर्यप्रसाद चापागाईंले सूचना जारी गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको चेतावनी अनुसार कात्तिक १२, १३ र १४ गते उच्च हिमाली र पहाडी क्षेत्रमा भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको उच्च जोखिम रहेकाले पदयात्रा स्थगन गर्न अनुरोध गरेका हुन्।

विपद्को जोखिमलाई मध्यनजर गर्दै विभागले ती तीन दिन उच्च पहाडी र हिमाली क्षेत्रका निषेधित स्थानहरूमा पदयात्राका लागि नयाँ अनुमतिपत्र जारी नगरिने बताएको छ।

यसअघि नै अनुमति लिएर पदयात्राका क्रममा तोकिएका क्षेत्रभित्र प्रवेश गरिसकेका पर्यटकहरूलाई जोखिमपूर्ण अवस्थामा जथाभावी नहिँड्न र सुरक्षित स्थान वा आश्रयस्थलमै बस्न विभागले आग्रह गरेको छ।

मौसमको प्रतिकूलताबाट हुन सक्ने मानवीय दुर्घटना टार्न पूर्वसतर्कताका रूपमा यस्तो कदम चालिएको विभागले जनाएको छ।

विभागले ट्रेकिङ एजेन्सी, पदयात्री, पथप्रदर्शक र सम्बन्धित सबै सरोकारवालाहरूलाई यो निर्देशनको कडा रूपमा पालना गर्न र गराउन सूचित गरेको छ।

साथै, जोखिम टरेको आधिकारिक जानकारी नआएसम्म हिमाली तथा उच्च पहाडी क्षेत्रको यात्रा पूर्ण रूपमा स्थगित गर्न सबैमा अनुरोध गरिएको छ।

प्रकाशित: १० कार्तिक २०८३ २१:४३ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3h ago
तराईमा बिहानैदेखि बाक्लो हुस्सु- पहाडमा वर्षा र हिमपातको सम्भावना

तराईमा बिहानैदेखि बाक्लो हुस्सु- पहाडमा वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा साधा...

#पहाडी #हिमाली #देखि
Compare →
Onlinekhabar
3h ago
पश्चिमी वायुको प्रभाव : तराई, उपत्यका र खोँचमा बिहान हुस्सु तथा कुहिरो लाग्ने

पश्चिमी वायुको प्रभाव : तराई, उपत्यका र खोँचमा बिहान हुस्सु तथा कुहिरो लाग्ने

२८ कात्तिक, काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ। नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो कोशी, बागमती र गण्डकी …

#पहाडी #हिमाली
Compare →
Ekantipur
19h ago
आइतबारदेखि वर्षा र हिमपातको सम्भावना, धानबाली भित्र्याउन मौसमविद्को सुझाव

आइतबारदेखि वर्षा र हिमपातको सम्भावना, धानबाली भित्र्याउन मौसमविद्को सुझाव

आइताबर विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ । यसको प्रभाव गण्डकी प्रदेशसम्म विस्तार हुनसक्ने मौसमविद्‌को भनाइ छ ।

#पहाडी #देखि
Compare →

Related Stories

Technology
Build #2612