Trending
Prev Story
Next Story

पदयात्रामा उच्च सतर्कता अपनाउन मनाङ प्रशासनको आग्रह

Ekantipur •
October 27, 2026 • 04:00 PM
3
3 reads 0 reactions

उच्च हिमाली तथा पहाडी क्षेत्रमा भारी वर्षा र हिमपातको सम्भावना रहेको भन्दै प्रशासनले पर्यटक, पदयात्री, पर्वतारोही साथै स्थानीयलाई सचेत रहन अनुरोध गरेको हो ।

पदयात्रामा उच्च सतर्कता अपनाउन मनाङ प्रशासनको आग्रह

उच्च हिमाली तथा पहाडी क्षेत्रमा भारी वर्षा र हिमपातको सम्भावना रहेको भन्दै प्रशासनले पर्यटक, पदयात्री, पर्वतारोही साथै स्थानीयलाई सचेत रहन अनुरोध गरेको हो ।

लमजुङ — चक्रीय अन्नपूर्ण पदमार्गमा पदयात्रा तथा हिमाल आरोहण गर्दा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय मनाङले आग्रह गरेको छ ।

उच्च हिमाली तथा पहाडी क्षेत्रमा भारी वर्षा र हिमपातको सम्भावना रहेको भन्दै प्रशासनले पर्यटक, पदयात्री, पर्वतारोही साथै स्थानीयलाई सचेत रहन अनुरोध गरेको हो ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार  १२ देखि १५ कार्तिकसम्म मौसम प्रतिकूल हुनसक्ने भन्दै मनाङ प्रशासनले मंगलबार सूचना जारी गर्दै सम्भावित वर्षा तथा हिमपातका कारण उच्च हिमाली क्षेत्रमा पदयात्रा र आरोहण जोखिमपूर्ण हुन सक्ने चेतावनी दिएको छ ।

प्रशासनले मुस्ताङ प्रवेश गर्ने थोराङ्ला पास, गोरखातर्फको लार्के पास, नार्पाभूमिबाट मनाङ ङिस्याङतर्फको काङ्ला पास, तिलिचो ताल, हिमलुङ हिमाल, लमजुङ हिमाल आसपासका पदयात्रा मार्ग र हिमाली क्षेत्रमा यात्रा गर्दा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

मौसमको अवस्था नबुझी पदयात्रा तथा आरोहणमा ननिस्कन, जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र मौसमसम्बन्धी अद्यावधिक सूचना लिएर मात्रै यात्रा योजना बनाउन प्रशासनले अनुरोध गरेको छ । पदयात्राका क्रममा बाटोमै रहेका पर्यटक तथा पदयात्रीलाई पनि मौसम र पदमार्गको अवस्थाबारे जानकारी लिएर सुरक्षित निर्णय गर्न आग्रह गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार सम्भावित विपद्लाई ध्यानमा राख्दै उद्धार तथा प्रतिकार्यका लागि आवश्यक तयारी गर्न सम्बन्धित निकायलाई अनुरोध गरिएको छ । पदयात्राका क्रममा कुनै विपद्जन्य घटना भएमा सम्बन्धित स्थानीय तह, जनप्रतिनिधि, नजिकको प्रहरी इकाइ वा सुरक्षा निकायलाई तत्काल जानकारी गराउन प्रशासनद्धारा जारी सूचनामा उल्लेख छ ।

विपद्का बेला तत्काल उद्धार तथा सहयोगका लागि सम्बन्धित निकायसँग समन्वय गर्न पनि प्रशासनले आग्रह गरेको छ । सम्भावित जोखिमबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न पर्यटक, पर्यटन व्यवसायी, पदयात्रा सञ्चालक र स्थानीयलाई सचेत तथा जिम्मेवार बन्न प्रशासनले अनुरोध गरेको छ ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2h ago
आज पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आज पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज हिमाली तथा पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका ह...

#हिमाली #पहाडी
Compare →
Onlinekhabar
4h ago
पश्चिमी वायुको प्रभाव : तराई, उपत्यका र खोँचमा बिहान हुस्सु तथा कुहिरो लाग्ने

पश्चिमी वायुको प्रभाव : तराई, उपत्यका र खोँचमा बिहान हुस्सु तथा कुहिरो लाग्ने

२८ कात्तिक, काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ। नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो कोशी, बागमती र गण्डकी …

#हिमाली #पहाडी
Compare →
Nagarik News
4h ago
पश्चिमी वायुको प्रभावले यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ।

#हिमाली #पहाडी
Compare →
Arthasansar
2d ago
न्युनचापीय प्रणालीको प्रभावले मौसममा फेरबदल

न्युनचापीय प्रणालीको प्रभावले मौसममा फेरबदल

नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युनचापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको छ । देशका हिमाली र पहाडी भू–भागमा आंशिक बादलीको...

#हिमाली #पहाडी
Compare →

Related Stories

Science & Climate
Build #2612