बाजुरा । प्रथम बडिमालिका कप खुला भलिबल प्रतियोगिताको उपाधि जाल्पा माध्यमिक विद्यालय पिनालेखले जितेको छ। मंगलबार सम्पन्न फाइनलमा त्रिवेणी नगरपालिकालाई सोझो सेटमा पराजित गर्दै जाल्पा माविले उपाधि जितेको हो।
बडीमालिका नेचर प्रालि बाजुराको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा जाल्पा माविले त्रिवेणी नगरपालिकालाई ३–० को सेटमा पराजित गरेको आयोजक प्रालिका अध्यक्ष कृष्ण ओलीले बताए।
स्रोतमा पूरा पढ्नुहोस् ( nepalpress.com )