Trending
Prev Story
Next Story

ओलीको कटाक्ष– ‘देवता जन्मिन बन्द भए, नक्कली भगवान् जन्मेर हैरान

Bizshala •
October 27, 2026 • 12:31 PM
5
5 reads 0 reactions

काठमाण्डौ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय ‘नक्कली भगवान्’ जन्मिन...

ओलीको कटाक्ष– ‘देवता जन्मिन बन्द भए, नक्कली भगवान् जन्मेर हैरान

काठमाण्डौ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय ‘नक्कली भगवान्’ जन्मिन थालेको टिप्पणी गरेका छन्।

मंगलबार काठमाडौंमा आयोजित मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै ओलीले धार्मिक तथा सांस्कृतिक प्रसंग जोडेर यस्तो टिप्पणी गरेका हुन्।

उनले प्राचीन धार्मिक कथाको उदाहरण दिँदै कुनै समय देवताहरूको संख्या धेरै भएको र पार्वतीको श्रापपछि देवताको जन्म रोकिएको प्रसंग सुनाए।

ओलीले भने, ‘२२–२३ सय वर्षअघि भगवानहरू छ्यासछ्यासती जन्मिँदा तेत्तिसकोटी जन्मिए। धन्न पार्वतीले श्राप दिइछन् र देवता जन्मिन पाएनन्।’ त्यसपछि उनले अहिले भने ‘नक्कली भगवान्’ जन्मिन थालेको टिप्पणी गरे।

कार्यक्रममा ओलीले नेपाली समाजमा विदेशी साधुसन्त वा विद्वान्प्रति बढी आकर्षण देखाउने तर आफ्नै देशका विद्वान्, चिन्तक र ग्रन्थलाई पर्याप्त महत्व नदिने प्रवृत्ति रहेको पनि बताए।

उनले दक्षिणतिरबाट आएका जोगीलाई सहजै सम्मान गर्ने तर आफ्नै समाजका विद्वान्लाई नचिन्ने प्रवृत्तिको आलोचना गरे।

ओलीले नेपाली लेखक तथा विद्वान्ले लेखेका ग्रन्थभन्दा विदेशी लेखकका पुस्तक र विचारलाई बढी उद्धृत गर्ने अभ्यास रहेको भन्दै स्वदेशी ज्ञान, साहित्य र बौद्धिक परम्परालाई पनि महत्व दिनुपर्ने धारणा राखे।

उनको सम्बोधन धार्मिक प्रसंगबाट सुरु भए पनि मुख्य जोड नेपाली समाजले आफ्नै ज्ञान, विद्वान् र बौद्धिक सम्पदालाई चिन्नुपर्ने विषयमा केन्द्रित थियो।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
तीन वर्षदेखि नक्कली स्न्यापच्याट एकाउन्टको हैरानीमा अभिनेत्री अदिती

तीन वर्षदेखि नक्कली स्न्यापच्याट एकाउन्टको हैरानीमा अभिनेत्री अदिती

काठमाडौँ । अभिनेत्री अदिती बुढाथोकी विगत तीन वर्षदेखि आफ्नो नाम र तस्बिर दुरुपयोग गरी खोलिएका नक्कली स्न्यापच्याट एकाउन्टबाट हैरान छिन् । आफ्नो पहिचान नक्कल गरेर नक्कली एकाउन्ट बनाउने र त्यसबाट वि...

#नक्कली #हैरान
Compare →
Nagarik News
1w ago
प्रवासी नेपालीलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओली

प्रवासी नेपालीलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रवासी नेपाली मञ्चका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

#केपी-ओली #ओली
Compare →
Onlinekhabar
1w ago
ओली-थापा संवादको अन्तर्य : मधेश सरकारदेखि विपक्षी मोर्चाबन्दीसम्म

ओली-थापा संवादको अन्तर्य : मधेश सरकारदेखि विपक्षी मोर्चाबन्दीसम्म

१८ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न कांग्रेस सभापति गगन थापा गुन्डु पुगेको विषयले राजनीतिक वृत्तमा चासो प्रकट गरेको छ । करिब एक घण्टा ओलीसँग संवाद गरेर सभापति थापा मंगलबार राति ८ …

#केपी-ओली #ओली
Compare →
Ekantipur
26m ago
पार्टीमै रहेर अन्य दललाई मत दिनेलाई कारबाही गरिन्छ : अध्यक्ष ओली

पार्टीमै रहेर अन्य दललाई मत दिनेलाई कारबाही गरिन्छ : अध्यक्ष ओली

एमाले बागमती प्रदेश संगठन कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी ओलीले त्यस्तो गतिविधिमा संलग्न भएको पाइएमा स्पष्टीकरण सोध्ने, छानबिन गर्ने र दोषी देखिए कारबाही गर्ने चेतावनी दिए ।

#केपी-ओली #ओली
Compare →

Related Stories

Politics & Governance
Build #2612