Trending
Prev Story
Next Story

तेस्रो टी-२० मा भारतद्वारा न्युजिल्याण्ड पराजित

Ekantipur •
October 27, 2026 • 10:30 AM
3
3 reads 0 reactions

न्युजिल्याण्डले दिएको १९९ रनको लक्ष्य भारतले १३ दशमलव २ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो ।

तेस्रो टी-२० मा भारतद्वारा न्युजिल्याण्ड पराजित

न्युजिल्याण्डले दिएको १९९ रनको लक्ष्य भारतले १३ दशमलव २ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो ।

काठमाडौं — ओपनर अभिषेक शर्माको उत्कृष्ट प्रदर्शनमा भारतले तेस्रो टी–२० मा न्युजिल्याण्डलाई ६ विकेटले पराजित गरेको छ । न्युजिल्याण्डले दिएको १९९ रनको लक्ष्य भारतले १३ दशमलव २ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । अभिषेक शर्माले ११३ रन बनाएका थिए । उनले ३८ बलमा ९ चौका र ११ छक्का प्रहार गरेका थिए । त्यसबाहेक ओपनर वैभव सूर्यवंशीले ४५ रन बनाएका थिए । सञ्जु सामसन १८ र श्रीयस आयर ५ रनमा आउट भए ।

यसअघि घरेलु टोली न्युजिल्याण्डले भारतलाई १९९ रनको लक्ष्य दिएको थियो । वेलिङ्गटनमा टस हारेपछि पहिला व्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ३ विकेट गुमाएर १ सय ९८ रनको योगफल बनाएको हो । घरेलु टोलीका लागि ड्यारिल मिचेलले सर्वाधिक ८९ रनको योगदान गरे । मिचेलले अविजित रही ५२ बलमा ५ चौका र ५ छक्का प्रहार गरेका थिए । त्यस्तै, फिन एलेनले ४० र बेभोन ज्याकोबले ३९ रन जोडेका थिए ।

आजको जितपछि भारतले ५ म्याचको सिरिज ३–० को अग्रता लिएको छ । यसअघिका दुवै म्याच भारतले ४ विकेटले जितेको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Nagarik News
8h ago
क्रिकेट सहरको रक्षात्मक कला, भित्रन सक्छ उपाधि

क्रिकेट सहरको रक्षात्मक कला, भित्रन सक्छ उपाधि

सामान्य लक्ष्य दिएर पनि रक्षा गर्न सक्ने आत्मविश्वास नै अहिले सुदूरपश्चिमको सबैभन्दा ठूलो शक्ति बनेको छ।

#रनको #लक्ष्य
Compare →

Related Stories

Sports
Build #2612